Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रंगेलीमा विद्यार्थी पक्राउको विरोधमा विराटनगरमा प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २५, २०८१
|
|
३९ पटक हेरिएको
Shares
रंगेलीमा विद्यार्थी पक्राउको विरोधमा विराटनगरमा प्रदर्शन

सारांश

  • मोरङको रंगेली नगरपालिकामा नगरप्रहरीमाथि आक्रमण र कार्यवाहक मेयर, प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकाहरुलाई छाड्न माग गर्दै विद्यार्थीहरूले विराटनगरमा प्रदर्शन गरेका छन् ।
  • शुक्रबार दिउँसो महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीले कोशी राजमार्गअन्तर्गत विराटनगरको रोडशेष चोकमा यातायात अवरुद्ध गरेर पक्राउ परेकालाई छाड्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
  • विद्यार्थीले केही समय सडक अवरुद्ध गरेका थिए ।

 

२५ जेठ, विराटनगर । मोरङको रंगेली नगरपालिकामा नगरप्रहरीमाथि आक्रमण र कार्यवाहक मेयर, प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकाहरुलाई छाड्न माग गर्दै विद्यार्थीहरूले विराटनगरमा प्रदर्शन गरेका छन् ।

शुक्रबार दिउँसो महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीले कोशी राजमार्गअन्तर्गत विराटनगरको रोडशेष चोकमा यातायात अवरुद्ध गरेर पक्राउ परेकालाई छाड्न माग गर्दै प्रदर्शन गरेका हुन् । विद्यार्थीले केही समय सडक अवरुद्ध गरेका थिए । बिहीबार दिउँसो रंगेली नगरपालिकाका कार्यवाहक मेयर एवं रंगेली-८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि बिहीबार विद्यार्थीले  दुर्व्यवहार गरेका थिए  विद्यार्थीले आक्रमण गर्दा ४ जना नगरप्रहरी सामान्य घाइते भएका थिए ।

आक्रमण र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सदस्य सदस्य दीपक यादवसहित ६ जनालाई पक्राउ गरेको थियो। उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउने तयारी छ । तर, पक्राउ परेकालाई विनासर्त छाड्न माग गर्दै विद्यार्थीले शुक्रबार विराटनगरमा प्रदर्शन गरेका हुन् ।पक्राउको विरोधमा रंगेलीमा पनि विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोस्रोपटक म्याद थपका लागि रास्वपा सभापति लामिछानेलाई आज अदालत लगिँदै
दोस्रोपटक म्याद थपका लागि रास्वपा सभापति लामिछानेलाई आज अदालत लगिँदै
कुलिङ अफ पिरियड संसदीय छानविन समितिको म्याद सात दिन थपियो
कुलिङ अफ पिरियड संसदीय छानविन समितिको म्याद सात दिन थपियो
त्रिशूली नदीमा दुई बालिका बेपत्ता
त्रिशूली नदीमा दुई बालिका बेपत्ता
प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सकियो : निर्वाचन आयोग
प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सकियो : निर्वाचन आयोग
प्रधानमन्त्रीको जवाफ चाहिने अडानमा विपक्षी, राष्ट्रियसभा बैठक स्थगित
प्रधानमन्त्रीको जवाफ चाहिने अडानमा विपक्षी, राष्ट्रियसभा बैठक स्थगित
कम्युनिष्ट किताब पढेर मात्रै जनयुद्ध सुरु भएको होइन : प्रचण्ड
कम्युनिष्ट किताब पढेर मात्रै जनयुद्ध सुरु भएको होइन : प्रचण्ड
परराष्ट्र र श्रम मन्त्रालयले काम नै गर्न सकेनन् : ज्ञानेन्द्र शाही
परराष्ट्र र श्रम मन्त्रालयले काम नै गर्न सकेनन् : ज्ञानेन्द्र शाही
रास्वपाले थप्यो ६ जना पदाधिकारी, स्वर्णिम बने उपसभापति
रास्वपाले थप्यो ६ जना पदाधिकारी, स्वर्णिम बने उपसभापति
हस्तकला महासंघले पाटन दरबार स्क्वायरमा कला तथा हस्तकला प्रदर्शनी गर्ने
हस्तकला महासंघले पाटन दरबार स्क्वायरमा कला तथा हस्तकला प्रदर्शनी गर्ने
प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगमा दर्ता भएका दलका नेताहरुसँग छलफल गर्दै
प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगमा दर्ता भएका दलका नेताहरुसँग छलफल गर्दै