कुलिङ अफ पिरियड संसदीय छानविन समितिको म्याद सात दिन थपियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ९, २०८२
|
|
२६ पटक हेरिएको
Shares
कुलिङ अफ पिरियड संसदीय छानविन समितिको म्याद सात दिन थपियो

सारांश

  •   संघीय निजामति सेवा विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको  छेड्खानीका सम्बन्धमा छानविन गर्न गठित संसदीय विशेष छानविन समितिको म्याद सात दिन थपिएको छ ।
  • प्रतिनिधि सभाको शुक्रवारको बैठकमा समितिको म्याद थप सम्बन्धी सभामुख देवराज घिमिरेले प्रश्तुत गर्नुभएको प्रश्ताव सभाले स्वीकृत गरेको हो ।
  • असार २३ गते बसेको प्रतिनिधि सभा बैठकले निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे भएको छेडखानीको अध्ययन र छानविन गर्न संसदीय छानविन समिति गठन गरेको थियो ।

९ साउन, काठमाडौं । 

संघीय निजामति सेवा विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको  छेड्खानीका सम्बन्धमा छानविन गर्न गठित संसदीय विशेष छानविन समितिको म्याद सात दिन थपिएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा समितिको म्याद थप सम्बन्धी सभामुख देवराज घिमिरेले प्रश्तुत गर्नुभएको प्रश्ताव सभाले स्वीकृत गरेको हो ।

असार २३ गते बसेको प्रतिनिधि सभा बैठकले निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे भएको छेडखानीको अध्ययन र छानविन गर्न संसदीय छानविन समिति गठन गरेको थियो । समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई÷दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक÷एक जना रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?