Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सकियो : निर्वाचन आयोग

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष २५, २०८२
|
|
३७ पटक हेरिएको
Shares
प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सकियो : निर्वाचन आयोग

सारांश

  • निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मतदाता शिक्षा प्रयोजनका लागि प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सम्पन्न गरिएको जानकारी दिएको छ ।
  • शुक्रबार पत्रकार सम्मेलनको आयोजनागरी प्रवक्ता नारायणप्रसाद भट्टराईले हालसम्म २६ जिल्लाको मतदाता नामावली छपाइ सम्पन्न भएको र आजैदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु भएको जानकारी दिए ।
  • समानुपातिकतर्फको मतपत्रमा बन्दसूची पेश गर्ने ६४ ओटा दलहरूका जम्मा ५८ ओटा चुनाव चिन्ह समावेश रहेको उनले बताए ।

 काठमाडौं ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मतदाता शिक्षा प्रयोजनका लागि प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सम्पन्न गरिएको जानकारी दिएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजनागरी प्रवक्ता नारायणप्रसाद भट्टराईले हालसम्म २६ जिल्लाको मतदाता नामावली छपाइ सम्पन्न भएको र आजैदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु भएको जानकारी दिए । समानुपातिकतर्फको मतपत्रमा बन्दसूची पेश गर्ने ६४ ओटा दलहरूका जम्मा ५८ ओटा चुनाव चिन्ह समावेश रहेको उनले बताए ।

उनले भने,‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत मतदाता शिक्षा प्रयोजनका लागि प्रत्यक्ष र समानुपातिकतर्फको जम्मा १० लाख नमूना मतपत्र छपाइ सम्पन्न गरिएको छ । नमूना मतपत्र समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो कागजमा कालो रङ्गको र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ सेतो कागजमा रातो रङ्गको रहेको छ । हालसम्म २६ जिल्लाको मतदाता नामावली छपाइ सम्पन्न भएको छ । साथै आजैदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु भएको छ ।समानुपातिकतर्फको मतपत्रमा बन्दसूची पेश गर्ने ६४ ओटा दलहरूका जम्मा ५८ ओटा चुनाव चिन्ह समावेश छन् । मतदाता संख्याको आधारमा समानुपातिकतर्फ सरदर दुई करोड थान मतपत्र छपाइ गरिनेछ ।’ त्यस्तै उनले आसन्न आम निर्वाचनमा सामाजिक सञ्जालका माध्यमबाट मतदाता शिक्षा प्रदान गर्ने, निर्वाचनसम्बन्धी जानकारी, सूचना एवम् गतिविधि सम्प्रेषण गर्ने र सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने मिथ्या सूचना, दुष्प्रचार, घृणास्पद अभिव्यक्ति, अपव्याख्या, डिप फेक (गहिरो भ्रम) झुटो साइट वा एकाउन्ट, निन्दा वा मानहानी लगायतका विषयमा अनुगमन गरी गैरकानुनी कार्यलाई कानुन बमोजिम दण्डित गर्न नियामक निकायहरूसँग सहकार्य गर्ने नीति आयोगले लिएको पनि बताए । उनको अनुसार यसै सन्दर्भमा यो हप्ता सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक मेटा तथा टिकटकका प्रतिनिधिसँग संवाद भएको छ भने मेटा, टिकटक, एक्स (ट्वीटर) लाई पत्राचार समेत आयोगले गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कञ्चनपुरमा हत्या अभियोगमा फरार भएका कांग्रेसका नेता बोहरा पक्राउ
कञ्चनपुरमा हत्या अभियोगमा फरार भएका कांग्रेसका नेता बोहरा पक्राउ
वर्षमान पुनले देशको अर्थतन्त्र ध्वस्त पारे : प्रधानमन्त्री ओली
वर्षमान पुनले देशको अर्थतन्त्र ध्वस्त पारे : प्रधानमन्त्री ओली
मुख्यमन्त्री सिँहद्वारा संस्कृत विद्यालय निरीक्षण
मुख्यमन्त्री सिँहद्वारा संस्कृत विद्यालय निरीक्षण
निलम्बित न्यायाधीश गिरी डिल्लीबजार कारागार चलान
निलम्बित न्यायाधीश गिरी डिल्लीबजार कारागार चलान
भानुआटुमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, २ सय जना घाइते
भानुआटुमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, २ सय जना घाइते
माघ महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?
माघ महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?
रुपन्देही-३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने
रुपन्देही-३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने
म:म पसलमा ग्यास विस्फोट घटनामा थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो
म:म पसलमा ग्यास विस्फोट घटनामा थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो
तोलामा २१ सय घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?
तोलामा २१ सय घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?
मन्त्रिपरिषद् घोषणा गरेलगत्तै फ्रान्सका प्रधानमन्त्रीको राजीनामा
मन्त्रिपरिषद् घोषणा गरेलगत्तै फ्रान्सका प्रधानमन्त्रीको राजीनामा