मन्त्रिपरिषद् घोषणा गरेलगत्तै फ्रान्सका प्रधानमन्त्रीको राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २०, २०८२
|
|
७७ पटक हेरिएको
Shares
मन्त्रिपरिषद् घोषणा गरेलगत्तै फ्रान्सका प्रधानमन्त्रीको राजीनामा

सारांश

  • फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार प्रधानमन्त्री सेबस्टियन लेकोर्नुको राजीनामा स्वीकार गरेका छन् ।
  • उनले आफ्नो मन्त्रिपरिषद् घोषणा गरेको केही घण्टामै राजीनामा दिएका थिए ।
  • उनको राजीनामाले युरोपको प्रमुख राष्ट्रलाई पुनः नयाँ राजनीतिक गतिरोधमा पुर्‍याएको छ ।

२० असोज, पेरिस ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार प्रधानमन्त्री सेबस्टियन लेकोर्नुको राजीनामा स्वीकार गरेका छन् । उनले आफ्नो मन्त्रिपरिषद् घोषणा गरेको केही घण्टामै राजीनामा दिएका थिए । उनको राजीनामाले युरोपको प्रमुख राष्ट्रलाई पुनः नयाँ राजनीतिक गतिरोधमा पुर्‍याएको छ । राष्ट्रपति म्याक्रोनले गत महिना पूर्व रक्षामन्त्री लेकोर्नुलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । तर आइतबार साँझ सार्वजनिक गरिएको नयाँ मन्त्रिपरिषद्ले राजनीतिक वृत्तमा तीव्र आलोचना निम्त्याएको थियो ।

नयाँ मन्त्रिपरिषद्मा पनि अधिकांशतः पुरानै रहेपछि आलोचना भएको हो । लेकोर्नुमाथि आगामी वर्षका लागि मितव्ययिता बजेट संसद्बाट स्वीकृत गराउने कठिन जिम्मेवारी थियो । संसद्मा सांसदहरू स्पष्ट रूपमा विभाजित छन् । उनका दुई तत्काल पूर्ववर्तीहरू, फ्रान्स्वा बायरो र मिशेल बार्नियर खर्च योजनाको गतिरोधकै कारण विधायिकाबाट हटाइएका थिए । फ्रान्सको सार्वजनिक ऋण अहिले ऐतिहासिक उच्चतम स्तरमा पुगेको गत हप्ताको आधिकारिक तथ्याङ्कले देखाएको छ । देशको ऋण– कुल गार्हस्थ्य उत्पादन (जिडिपी) अनुपात अहिले युरोपेली सङ्घमा ग्रीस र इटालीपछि तेस्रो उच्च रहेको छ । यो युरोपेली सङ्घ (इयु) नियमले अनुमति दिएको ६० प्रतिशतको झण्डै दोब्बर नजिक छ ।

अघिल्ला तीन वर्षमा सरकारले संसद्मार्फत मतदानबिना नै वार्षिक बजेट पारित गर्ने विधि अपनाएको थियो । संविधानले यस्तो प्रक्रिया अनुमति दिए पनि विपक्षीहरूले यसको कडा आलोचना गर्दै लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएका थिए । तर लेकोर्नुले गत हप्तामात्र सांसदहरूलाई बजेट विधेयकमा प्रत्यक्ष मतदान गर्न सक्षम बनाउने आश्वासन दिएका छन् । राष्ट्रपति म्याक्रोनले आफ्नो राजनीतिक शक्ति सुदृढ गर्ने उद्देश्यले गत वर्ष मध्यतिर आकस्मिक संसदीय निर्वाचनको घोषणा गरेका थिए । तर उक्त कदम उल्टो साबित भयो । परिणामस्वरूप विधानसभामा म्याक्रोन–समर्थक गठबन्धन अल्पमतमा रह्यो । यसले आजको राजनीतिक अस्थिरता झनै गहिरो बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६३ जनाको हस्ताक्षरसहित मधेसको मुख्यमन्त्रीका लागि दाबी पेस हुँदै
६३ जनाको हस्ताक्षरसहित मधेसको मुख्यमन्त्रीका लागि दाबी पेस हुँदै
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
यस्तो छ सोमबार तरकारी तथा फलफूलको मूल्य
यस्तो छ सोमबार तरकारी तथा फलफूलको मूल्य
मधेश प्रदेशका सबै स्थानीय तहलाई कर्मचारीको विवरण बुझाउन प्रदेश सरकारको अल्टिमेटम
मधेश प्रदेशका सबै स्थानीय तहलाई कर्मचारीको विवरण बुझाउन प्रदेश सरकारको अल्टिमेटम
ढल्केबर सबस्टेसन ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित
ढल्केबर सबस्टेसन ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित
साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार छौं : मोदी
साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार छौं : मोदी
जीप दुर्घटनामा घाइते युवतीको भोलिपल्ट मृत्यु, चालक पक्राउ
जीप दुर्घटनामा घाइते युवतीको भोलिपल्ट मृत्यु, चालक पक्राउ
सवारी दुर्घटना: ८ जनाको मृत्यु, ९० घाइते
सवारी दुर्घटना: ८ जनाको मृत्यु, ९० घाइते
रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने
रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने
नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल