ललितपुरमा आज पनि निषेधाज्ञा र कर्फ्यु जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २८, २०८२
|
|
३४ पटक हेरिएको
Shares
ललितपुरमा आज पनि निषेधाज्ञा र कर्फ्यु जारी

सारांश

  • जनधनको सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षणलाई मध्यनजर गर्दै गत भदौ २३ गतेदेखि लगाइएको निषेधाज्ञा र कर्फ्यु ललितपुरमा आज पनि जारी छ ।
  • जिल्ला प्रशासन कार्यालय ललितपुरले सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्यु आइतबारसम्म जारी रहने जानकारी दिएको छ ।
  •   स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशअनुसार शनिबार बिहान ११ः०० बजे देखि बेलुकी ५ः०० बजेसम्म निषेधाज्ञा लागू हुने प्रशासन कार्यालयले जनाएको छ ।

२८ भदौ, काठमाडौं ।

जनधनको सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षणलाई मध्यनजर गर्दै गत भदौ २३ गतेदेखि लगाइएको निषेधाज्ञा र कर्फ्यु ललितपुरमा आज पनि जारी छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्यु आइतबारसम्म जारी रहने जानकारी दिएको छ ।  स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशअनुसार शनिबार बिहान ११ः०० बजे देखि बेलुकी ५ः०० बजेसम्म निषेधाज्ञा लागू हुने प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै, सोही दिन बेलुकी ७ः०० बजे देखि भाद्र २९ गते बिहान ६ः०० बजे सम्म कर्फ्यु लाग्ने पनि जानकारी गराइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार अत्यावश्यक कार्यका लागि बिहान ६ः०० बजे देखि ११ः०० बजे र बेलुका ५ः०० बजे देखि ७ः०० बजे सम्म आवतजावत गर्न अनुमति दिइएको छ । एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, परिचयपत्र सहितका सञ्चारकर्मी, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधी ओसारपसार गर्न सकिने छ । सरकारी कार्यालय, बैङ्क र वित्तीय संस्थाका कर्मचारीहरू परिचयपत्र देखाएर आफ्नो कार्यालयसम्म जान पाउनेछन् भने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुले आफ्नो टिकट देखाएर विमानस्थलसम्म आवतजावत गर्न सक्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच अर्बभन्दा बढी बजेट फिर्ता, कहाँबाट कति?
पाँच अर्बभन्दा बढी बजेट फिर्ता, कहाँबाट कति?
राजुनाथ पाण्डेलाई काठमाडौँ महानगरले सोध्यो स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए कारबाही
राजुनाथ पाण्डेलाई काठमाडौँ महानगरले सोध्यो स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए कारबाही
डलर बलियो हुँदा रेमिट्यान्समा रेकर्ड, चैतमै भित्रियो २ खर्ब ९ अर्ब
डलर बलियो हुँदा रेमिट्यान्समा रेकर्ड, चैतमै भित्रियो २ खर्ब ९ अर्ब
बैंकका ६८ वटा शाखा र ६९ एटीएममा क्षति पुगेको छ : गभर्नर पौडेल
बैंकका ६८ वटा शाखा र ६९ एटीएममा क्षति पुगेको छ : गभर्नर पौडेल
प्रदेश सांसद गुरुङले बेलायतबाट पठाएको राजीनामा अस्वीकृत, स्वयम् उपस्थित हुन निर्देशन
प्रदेश सांसद गुरुङले बेलायतबाट पठाएको राजीनामा अस्वीकृत, स्वयम् उपस्थित हुन निर्देशन
बाढीपहिरोले १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
बाढीपहिरोले १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
अमेरिका-इरानबीच दुई साताका लागि युद्धविराम
अमेरिका-इरानबीच दुई साताका लागि युद्धविराम
बानेश्वर क्षेत्र तनावग्रस्त, पत्रकार लगायत कयौ प्रहारी घाइते
बानेश्वर क्षेत्र तनावग्रस्त, पत्रकार लगायत कयौ प्रहारी घाइते
तोलामा २ हजार ७ सय रुपैयाँ बढ्यो सुन
तोलामा २ हजार ७ सय रुपैयाँ बढ्यो सुन
मलंगवामा पहिलो पटक ओभेरियन डर्मोइड सिस्टको सफल शल्यक्रिया
मलंगवामा पहिलो पटक ओभेरियन डर्मोइड सिस्टको सफल शल्यक्रिया