सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

हर्क साम्पाङले खोजे संसद्‌मा प्रधानमन्त्री बालेनको हाजिरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १९, २०८३
|
|
३२४ पटक हेरिएको
Shares
हर्क साम्पाङले खोजे संसद्‌मा प्रधानमन्त्री बालेनको हाजिरी

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा प्रधानमन्त्री बालेन शाह बालेनको हाजिरी खोजेका छन् ।
  •  प्रतिनिधिसभा नियमावलीको नियम ४ मा सभाको बैठकमा आसन ग्रहण गर्नुअघि प्रत्येक सदस्यले बैठक कक्ष बाहिर रहेको उपकक्षमा राखिएको हाजिरी पुस्तिका वा विद्युतीय उपस्थिति उपकरणमा उपस्थिति जनाउनु पर्ने व्यवस्था छ ।
  •  बैठकमा सदस्यको उपस्थितिसम्बन्धी जानकारी सचिवालयले विद्युतीय माध्यमबाट सार्वजनिक गर्न सक्नेछ ।

१९ जेठ, काठमाडौं ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा प्रधानमन्त्री बालेन शाह बालेनको हाजिरी खोजेका छन् । प्रतिनिधिसभा नियमावलीको नियम ४ मा सभाको बैठकमा आसन ग्रहण गर्नुअघि प्रत्येक सदस्यले बैठक कक्ष बाहिर रहेको उपकक्षमा राखिएको हाजिरी पुस्तिका वा विद्युतीय उपस्थिति उपकरणमा उपस्थिति जनाउनु पर्ने व्यवस्था छ । बैठकमा सदस्यको उपस्थितिसम्बन्धी जानकारी सचिवालयले विद्युतीय माध्यमबाट सार्वजनिक गर्न सक्नेछ ।नियमावलीको यही नियम स्मरण गर्दै साम्पाङले प्रधानमन्त्री बालेनको हाजिरी खोजेका हुन् ।

‘प्रधानमन्त्री ज्यू यहाँ आउँदाखेरि आजिर गर्नुभएको छ कि छैन ?’ साम्पाङले भने, ‘यदि उहाँले हाजिर गर्नुभएको छैन भने उहाँ यो प्रतिनिधिसभाको सदस्य नरहेको ठहर हुन्छ ।’ प्रतिनिधिसभा सदस्य नरहेको अवस्थामा प्रधनमन्त्री पद स्वत: रद्द हुने उनको आग्रह छ । साथै, प्रधानमन्त्रीले नेपालले भारतको जमिन कहाँ कहाा मिचेको छ भनेर जानकारी दिनुपर्ने माग गरे । गल्त गरेको भए माफी माग गर्नुपर्ने आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ