Press 4K
मंगलबार, ३० भाद्र २०८३

सांसद बन्न अर्बपति देखि सञ्चार उद्यमी सम्मले दिए उम्मेद्वारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ७, २०८२
|
|
३१ पटक हेरिएको
Shares
सांसद बन्न अर्बपति देखि सञ्चार उद्यमी सम्मले दिए उम्मेद्वारी

सारांश

  • फागुन २१ को प्रतिनिधिसभा तर्फको निर्वाचनका लागि यसपटक प्रत्यक्षतर्फ उद्योगी व्यवसायीहरुले बाक्लो सङ्ख्यामा उम्मेद्वारी दर्ता गराएका छन् ।
  • उम्मेद्वारी दर्ता गराउनेमा शेयरकारोबारी, सहकारी सञ्चालक देखि ठुला उद्योगी व्यवसायी सम्म रहेका छन् ।
  • आगामि निर्वाचनका लागि करीब दुई दर्जनभन्दा बढी उद्योगी व्यवसायीले उम्मेद्वारी दर्ता गराएका छन् ।

 

काठमाडौँ ।

फागुन २१ को प्रतिनिधिसभा तर्फको निर्वाचनका लागि यसपटक प्रत्यक्षतर्फ उद्योगी व्यवसायीहरुले बाक्लो सङ्ख्यामा उम्मेद्वारी दर्ता गराएका छन् । उम्मेद्वारी दर्ता गराउनेमा शेयरकारोबारी, सहकारी सञ्चालक देखि ठुला उद्योगी व्यवसायी सम्म रहेका छन् । आगामि निर्वाचनका लागि करीब दुई दर्जनभन्दा बढी उद्योगी व्यवसायीले उम्मेद्वारी दर्ता गराएका छन् । तिनै मध्येका एकहुन नेपालकै पहिलो अर्बपति बिनोद चौधरी, उनले नेपाली कांग्रेसबाट नवलपरासी पश्चीम क्षेत्र नं –१ बाट मंगलबार आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन् । चौधरीको यो दोस्रो चुनावी प्रतिस्पर्धा हो ।

राजनीतिमा व्यवसायीको आकर्षण बढ्नुको मुख्य कारण नीति निर्माण तहमा पुग्ने चाहना रहेको उनीहरू बताउँछन् । उद्योगमैत्री कानुन, कर प्रणालीमा सुधार, लगानी सुरक्षाजस्ता मुद्दालाई संसदमा बलियो ढंगले उठाउन आफूहरू आवश्यक रहेको उनीहरूको तर्क छ । नीति बनाउने ठाउँमै नपुगेसम्म उद्योग–व्यवसायका समस्या समाधान नहुने उनिहरुको तर्क छ । करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेलले पनि रुपन्देही–२ बाट कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका छन् । यो उनको पहिलो चुनावी प्रतिस्पर्धा हो । पठाओका प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यातले काठमाडौँ–१ बाट स्वतन्त्र रूपमै उम्मेदवारी दिएका छन् । उनले यसअघि नै आफुले स्वतन्त्र रुपमा निवार्चनमा भाग लिने जानकारी गराएका थिए । यस्तै, नेपाली कांग्रसका तर्फबाट पर्सा–४ मा टिकट पाएका अनिलकुमार रुंगटा पनि स्थापित उद्योगी हुन् । कास्की–१ बाट नुर ओभर्सिज म्यानपावरका सञ्चालक तिलक रानाभाट नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिएका छन् ।

मुक्तिनाथ विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा सञ्चालक समितिका पूर्व अध्यक्ष भरतराज ढकालले स्याङ्जा–१ बाट कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका छन् । व्यवसायी पृष्ठभूमिबाट प्रतिनिधिसभा चुनाव लड्न लागेका अर्का व्यक्ति हुन् । मेडिकल व्यवसायी सुनीलकुमार शर्मा । कांग्रेसले मोरङ–३ मा उम्मेदवार बनाएका काठमाडौं मेडिकल कलेज र नोबल मेडिकल कलेजका सञ्चालक शर्माले जलविद्युत् आयोजनामा पनि लगानी गर्न लागेका छन् । उनी यसअघिको निर्वाचनमा मोरङ–३ बाटै निर्वाचित भएका थिए । सञ्चार उद्यमीका रूपमा चिनिने ऋषिराज धमला रौतहट–१ बाट चुनावी मैदानमा उत्रिएका छन् । प्रभु शाहको पार्टी आम जनता पार्टीले उनलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षसमेत रहेका डीपी अर्याल काठमाडौँ–९ बाट उम्मेदवार बनेका छन् । उनको कृषि फार्म, ट्राभल सर्भिस, सहकारी, इँटा उद्योग, रेमिटेन्स कम्पनी, एजुकेशन कन्सल्टेन्सी, सेक्युरिटी सर्भिस, ट्रेकिङ सर्भिस, होटेलसहितमा लगानी छ । उनी अघिल्लो निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनेका थिए । युवा शेयर कारोबारी हरि ढकालले पनि चितवन–१ बाट दोस्रो पटक उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता ढकाल यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । कांग्रेसका तर्फबाट रसुवामा उम्मेदवार बनेका मोहन आचार्य, धादिङ–२ बाट टिकट पाएका रमेशप्रसाद धमला, एमालेबाट कपिलवस्तु–३ मा उम्मेदवारी दिएका वीरेन्द्रप्रसाद कनौडिया तथा झापा–४ बाट उम्मेदवार बनेका एलपी साँवा लिम्बू पनि विभिन्न व्यवसाय तथा उद्यमसँग सम्बन्धित व्यक्तिहरू हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले सांसदको प्रश्नः घुसकाण्ड र मानवतस्करीप्रति सरकारको मौनता लाज हराएको शासन कि भ्रष्टारको सुरक्षित शासन ?
एमाले सांसदको प्रश्नः घुसकाण्ड र मानवतस्करीप्रति सरकारको मौनता लाज हराएको शासन कि भ्रष्टारको सुरक्षित शासन ?
एनसेलको शेयर खरिदबिक्रीविरुद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
एनसेलको शेयर खरिदबिक्रीविरुद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी देवी न्यौपानेले लिइन् शपथ
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी देवी न्यौपानेले लिइन् शपथ
सन्दीप लामिछानेविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत पुग्यो
सन्दीप लामिछानेविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत पुग्यो
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य  
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य  
सात महिनामै वैदेशिक अध्ययनमा बाहिरियो ६४ अर्ब १५ करोड
सात महिनामै वैदेशिक अध्ययनमा बाहिरियो ६४ अर्ब १५ करोड
२० करोडको कोकिनसहित मलेसियन नागरिक पक्राउ
२० करोडको कोकिनसहित मलेसियन नागरिक पक्राउ
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प
माओवादी स्थायी समिति : सुरु भयो दोस्रो दिनको बैठक
माओवादी स्थायी समिति : सुरु भयो दोस्रो दिनको बैठक
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व संकलन
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व संकलन

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...