Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आज विश्व रक्तदाता दिवस

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ३१, २०८०
|
|
५३ पटक हेरिएको
Shares
आज विश्व रक्तदाता दिवस

सारांश

  • सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारे सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्न हरेक वर्षको जुन १४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
  • आजको दिनलाई रक्तदातालाई धन्यवाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ ।
  • रक्तदातालाई प्रोत्साहन गर्न नसक्दा हरेक वर्ष रगतको अभाव हुने गरेको छ ।

काठमाण्डाै – आज विश्व रक्तदाता दिवस, ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ मनाइँदैछ ।

सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारे सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्न हरेक वर्षको जुन १४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । आजको दिनलाई रक्तदातालाई धन्यवाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ । रक्तदातालाई प्रोत्साहन गर्न नसक्दा हरेक वर्ष रगतको अभाव हुने गरेको छ ।

नेपाल रेडक्रस, केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका अनुसार नियमित रुपमा रक्तदानका कार्यक्रम हुन सकेको छैन । यही कारण रगतको अभाव देखिने गरेको केन्द्रका उपनिर्देशक डाक्टर प्रकाशकुमार यादवले बताउनुभयो । रक्तदाताको अभावमा सङ्घ संस्था तथा क्लबहरुले पनि कार्यक्रम गर्ने क्रम घटेको छ ।

आफूले रगत दान गरे पनि आफूलाई चाहिएको बेला रगत नपाउने समस्यालगायतका कारण कतिपय रक्तदाताले रगत दानलाई नियमित गर्ने गरेका छैनन् । रगतदानका लागि सचेतनामूलक कार्यक्रम नहुँदा र रक्तदातालाई प्रोत्साहन गर्न नसक्दा हरेक वर्ष रगतको अभाव हुने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विशेष महाधिवेशनले गर्‍यो आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय
विशेष महाधिवेशनले गर्‍यो आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय
मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री रायको राजीनामा
मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री रायको राजीनामा
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनवाइ आज
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनवाइ आज
प्रधानमन्त्रीलाई र्‍याप हान्न बोलाएको होइन : ज्ञानेन्द्र शाही
प्रधानमन्त्रीलाई र्‍याप हान्न बोलाएको होइन : ज्ञानेन्द्र शाही
व्यवसायीहरु मर्ने र बैंकहरु धनी बन्ने प्रवृत्ति अन्त्य होस्ः सांसद तामाङ
व्यवसायीहरु मर्ने र बैंकहरु धनी बन्ने प्रवृत्ति अन्त्य होस्ः सांसद तामाङ
स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि शिक्षकलाई केन्द्रमा राख्दै निर्वाचन आयोगको नयाँ स्रोत पुस्तिका
स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि शिक्षकलाई केन्द्रमा राख्दै निर्वाचन आयोगको नयाँ स्रोत पुस्तिका
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर