आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ १७, २०८२
|
|
३३ पटक हेरिएको
Shares
आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

सारांश

  • निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढाएको छ ।
  • आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ ।
  • आचारसंहिताको पूर्ण पालनाका गराउन आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ ।

१७ माघ, काठमाडौँ ।

निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढाएको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ । आचारसंहिताको पूर्ण पालनाका गराउन आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा हालसम्म राजनीतिक दल, उम्मेदवार र संस्था गरी २१ वटा स्पष्टीकरण सोधिएको थियो ।

त्यसमध्ये पाँच वटाको मात्रै जवाफ प्राप्त भएको र बाँकी जवाफका लागि ताकेता भइरहेको आयोगले जनाएको छ । आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या एवम् भ्रमपूर्ण र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनीकार्य गर्ने व्यक्ति वा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनी दायरामा ल्याउन पहल भइरहेको आयोगले जनाएको छ । आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत सूचना सदाचार प्रवर्द्धन इकाइ पूर्णरूपमा क्रियाशील रहेको आयोगले जनाएको छ ।

सो इकाइले पत्ता लगाएका कूल ३०२ हानिकारक सूचना निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय (इलेक्ट्रिोनिक) कारोबार ऐन, २०६३ र प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारवाहीका लागि सम्बद्ध निकायमा पठाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

निर्वाचनको मर्यादा र स्वच्छतामा प्रश्न उठाउने गरी कुनै गतिविधि भएका आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश/जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला आचारसंहिता अनुगमन अधिकृत समक्ष लिखित, मौखिक एवम् विद्युतीय माध्यमबाट उजुरी दिन सकिने आयोगले प्रष्ट पारेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेयर मूल्य हालसम्मकै उच्च भएका यी ११ कम्पनी
सेयर मूल्य हालसम्मकै उच्च भएका यी ११ कम्पनी
मध्यपूर्वमा तनाव चुलिँदा एसियाली शेयर बजारमा भारी गिरावट
मध्यपूर्वमा तनाव चुलिँदा एसियाली शेयर बजारमा भारी गिरावट
एनपीएल खेल्न काठमाडौं गुर्खाजका माइकल लेभिट नेपाल आइपुगे
एनपीएल खेल्न काठमाडौं गुर्खाजका माइकल लेभिट नेपाल आइपुगे
पूर्वराष्ट्रपतिका छोरा र भतिजी बने कांग्रेस समानुपातिक सांसद
पूर्वराष्ट्रपतिका छोरा र भतिजी बने कांग्रेस समानुपातिक सांसद
नवलपरासीमा प्रहरीले गोली चलाएको भन्दै अमरेशकुमारले मागे सरकारको जवाफ
नवलपरासीमा प्रहरीले गोली चलाएको भन्दै अमरेशकुमारले मागे सरकारको जवाफ
तीनकुने घटनाको सबै जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ : कांग्रेस
तीनकुने घटनाको सबै जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ : कांग्रेस
कारोबारसहित बढ्यो सेयर बजार, सबै सेक्टरमा वृद्धि
कारोबारसहित बढ्यो सेयर बजार, सबै सेक्टरमा वृद्धि
एकीकृत सामाजिक सुरक्षा कोषको अवधारणा लागू गरिने
एकीकृत सामाजिक सुरक्षा कोषको अवधारणा लागू गरिने
सहकारी पीडित आमोद चतुर्वेदी झुन्डिएको अवस्थामा मृत भेटिए
सहकारी पीडित आमोद चतुर्वेदी झुन्डिएको अवस्थामा मृत भेटिए
विदेश पठाउने नाममा ३० लाख ठगी आरोपमा ३ जना पक्राउ
विदेश पठाउने नाममा ३० लाख ठगी आरोपमा ३ जना पक्राउ