देवताल गाउँपालिकाको सार्वजनिक अनुरोध!
देवताल गाउँपालिकाको सार्वजनिक अनुरोध!

आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ १७, २०८२
|
|
४८ पटक हेरिएको
Shares
आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

सारांश

  • निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढाएको छ ।
  • आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ ।
  • आचारसंहिताको पूर्ण पालनाका गराउन आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ ।

१७ माघ, काठमाडौँ ।

निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढाएको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ । आचारसंहिताको पूर्ण पालनाका गराउन आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा हालसम्म राजनीतिक दल, उम्मेदवार र संस्था गरी २१ वटा स्पष्टीकरण सोधिएको थियो ।

त्यसमध्ये पाँच वटाको मात्रै जवाफ प्राप्त भएको र बाँकी जवाफका लागि ताकेता भइरहेको आयोगले जनाएको छ । आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या एवम् भ्रमपूर्ण र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनीकार्य गर्ने व्यक्ति वा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनी दायरामा ल्याउन पहल भइरहेको आयोगले जनाएको छ । आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत सूचना सदाचार प्रवर्द्धन इकाइ पूर्णरूपमा क्रियाशील रहेको आयोगले जनाएको छ ।

सो इकाइले पत्ता लगाएका कूल ३०२ हानिकारक सूचना निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय (इलेक्ट्रिोनिक) कारोबार ऐन, २०६३ र प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारवाहीका लागि सम्बद्ध निकायमा पठाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

निर्वाचनको मर्यादा र स्वच्छतामा प्रश्न उठाउने गरी कुनै गतिविधि भएका आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश/जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला आचारसंहिता अनुगमन अधिकृत समक्ष लिखित, मौखिक एवम् विद्युतीय माध्यमबाट उजुरी दिन सकिने आयोगले प्रष्ट पारेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज रामनवमी देशभर श्रद्धा भक्तिपूर्वक मनाइँदै
आज रामनवमी देशभर श्रद्धा भक्तिपूर्वक मनाइँदै
बुटवलबाट विराटनगरका लागि छुटेको ट्रक, अवैध समानसहित सर्लाही प्रहरीको नियन्त्रणमा
बुटवलबाट विराटनगरका लागि छुटेको ट्रक, अवैध समानसहित सर्लाही प्रहरीको नियन्त्रणमा
धारिलो हतियार प्रहार गरी बारामा एक जनाको हत्या, तीन जना पक्राउ
धारिलो हतियार प्रहार गरी बारामा एक जनाको हत्या, तीन जना पक्राउ
मुग्लिनमा गुडिरहेको बसमाथि ढुंगा खसेर अनियन्त्रित भइ पल्टिँदा ११ जना घाइते
मुग्लिनमा गुडिरहेको बसमाथि ढुंगा खसेर अनियन्त्रित भइ पल्टिँदा ११ जना घाइते
रामेछापको उमाकुण्डमा भाइरल फ्लुको संक्रमण हुँदा विद्यालय बन्द
रामेछापको उमाकुण्डमा भाइरल फ्लुको संक्रमण हुँदा विद्यालय बन्द
शिक्षकद्वारा बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास
शिक्षकद्वारा बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास
रास्वपा नेताको घरबाट ५० लाख बराबरको अवैध सामग्री बरामद
रास्वपा नेताको घरबाट ५० लाख बराबरको अवैध सामग्री बरामद
भारतका चार राज्यका पाँच विधानसभा सिटमा उपचुनावको घोषणा
भारतका चार राज्यका पाँच विधानसभा सिटमा उपचुनावको घोषणा
हङकङ भ्रमणमा जाँदै कोशीकी राज्यमन्त्री शोभा चेम्जोङ
हङकङ भ्रमणमा जाँदै कोशीकी राज्यमन्त्री शोभा चेम्जोङ
व्यक्ति हत्यामा संलग्न व्यक्ति १७ वर्षपछि पक्राउ
व्यक्ति हत्यामा संलग्न व्यक्ति १७ वर्षपछि पक्राउ