मुख्यमन्त्री थापालाई विश्वासको मत दिन र नदिन राप्रपामा बेग्लाबेग्लै ह्वीप

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ८, २०८३
|
|
११९ पटक हेरिएको
Shares
मुख्यमन्त्री थापालाई विश्वासको मत दिन र नदिन राप्रपामा बेग्लाबेग्लै ह्वीप

सारांश

  • बागमतीका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने विषयले राप्रपामा थप विवाद बढेको छ ।
  • राप्रपाको २ समूहले आफ्ना प्रदेश सांसदलाई फरक-फरक ह्वीप जारी गरेका छन् ।
  • आइतबार प्रदेश प्रमुख सचेतक कुमारी तामाङले थापाको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी थिइन् ।

काठमाडौं । बागमतीका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने विषयले राप्रपामा थप विवाद बढेको छ ।

राप्रपाको २ समूहले आफ्ना प्रदेश सांसदलाई फरक-फरक ह्वीप जारी गरेका छन् । आइतबार प्रदेश प्रमुख सचेतक कुमारी तामाङले थापाको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी थिइन् । मतदान गर्न नसक्ने सांसदलाई तटस्थ रहन वा बैठकमा अनुपस्थित हुन भनिएको थियो ।

यसैगरी प्रमुख सचेतककै हैसियतमा डम्बर तामाङले अर्को ह्वीप जारी गर्दै बैठकमा अनिवार्य उपस्थित हुन र मुख्यमन्त्री थापालाई विश्वासको मत दिन भनेका छन् । उनको निर्देशनात्मक पत्रमा यही ‘भदौ ७ गतेको बैठकको निर्णय र दलका माननीय नेताज्यूको आदेश तथा राप्रपा संसदीय दलको विधान’ अनुसार भनिएको छ ।

मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै छन् । पार्टी निर्णयविपरीत सरकार गठन प्रक्रियामा सहभागी भएको र समर्थन जनाएको भन्दै राप्रपाले दलका नेता उद्धव थापालाई पदमुक्त गर्दै सदस्यता निलम्बन गर्ने निर्णय गरेको छ । यहाँ राप्रपाका ३ सांसद पार्टी निर्णयविपरीत मन्त्री बनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेसलाई स्वायत्त प्रदेश घोषणा गर्न सिके राउतको माग
मधेसलाई स्वायत्त प्रदेश घोषणा गर्न सिके राउतको माग
अस्पतालमा १० प्रतिशत निःशुल्क सेवा कसरी लिने ? यसमा के समावेश हुन्छ ?
अस्पतालमा १० प्रतिशत निःशुल्क सेवा कसरी लिने ? यसमा के समावेश हुन्छ ?
टिपरबाट बालुवा अनलोड गर्दा करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु
टिपरबाट बालुवा अनलोड गर्दा करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो
नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते
नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते
पर्सा अदालतले दियो रविलाई वारेसको अनुमति, तारेख धाउन नपर्ने
पर्सा अदालतले दियो रविलाई वारेसको अनुमति, तारेख धाउन नपर्ने
गृहमन्त्रीबारे छलफल गर्न रास्वपाले बोलायो संसदीय दलको बैठक
गृहमन्त्रीबारे छलफल गर्न रास्वपाले बोलायो संसदीय दलको बैठक
१८ करोड ८६ लाखको लगानीमा सानो गौचरन स्टेडियमको र्निर्माण कार्य सुरु
१८ करोड ८६ लाखको लगानीमा सानो गौचरन स्टेडियमको र्निर्माण कार्य सुरु
शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति
शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति
स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो : स्वास्थ्यमन्त्री मेहता
स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो : स्वास्थ्यमन्त्री मेहता