सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्नु चिन्ताजनक : मन्त्री सिंह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २०, २०८२
|
|
४० पटक हेरिएको
Shares
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्नु चिन्ताजनक : मन्त्री सिंह

सारांश

  •   उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सामूदायिक विद्यालयहरूमा विद्यार्थीको चाप घट्दो क्रममा रहेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
  • डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले समयानुकूल शैक्षिक संस्थाहरूले आफूलाई अनुकूल बनाउनु आवश्यक रहेको बताए ।
  • ‘अहिलेको समयमा सामूदायिक विद्यालयहरुमा विद्यार्थीको चाप घट्दै गइरहेको छ ।

२० भदौ, काठमाडौं । 

उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सामूदायिक विद्यालयहरूमा विद्यार्थीको चाप घट्दो क्रममा रहेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले समयानुकूल शैक्षिक संस्थाहरूले आफूलाई अनुकूल बनाउनु आवश्यक रहेको बताए ।

‘अहिलेको समयमा सामूदायिक विद्यालयहरुमा विद्यार्थीको चाप घट्दै गइरहेको छ । बिल्डिङ छन्, इन्फ्रास्ट्रक्चर छन्, तर समयको मागअनुसार तिनीहरूको सदुपयोग गर्न सक्नुपर्छ,’ सिंहले भने, ‘क्याम्पसको व्यवस्थापनले अब सोच्नुपर्ने अवस्था आएको छ ।’ उनले शिक्षा प्रणालीमा आएको परिवर्तनप्रति प्रकाश पार्दै विगतको तुलनामा अहिले शैक्षिक क्षेत्र धेरै फरक भइसकेको उल्लेख गरे । ‘पहिला विषयहरू कम थिए, स्कूल पनि थोरै थिए, अहिले भने मल्टिपल च्वाइसहरू छन्,’ उनले भने, ‘शिक्षामा आएको यो परिवर्तन राजनीतिक परिवर्तनको परिणाम हो ।’

गुणस्तरीय शिक्षा लिन अब विदेश जानुपर्ने आवश्यकता नरहेको बताउँदै उनले अनुशासन र मेहनतका साथ अध्ययन गर्न विद्यार्थीहरूलाई सुझाव दिए । उनले मेहनत बिना केही सम्भव नहुँने भन्दै अवसरको महत्व बुझ्नुपर्नेमा जोड दिए । उनले भने, ‘क्वालिटी एजुकेशन लिनका लागि अब हामीले विदेश नै जानुपर्छ भन्ने छैन । तर मेहनत बिना केही सम्भव छैन मेहनत हामी सबैले गर्नैपर्छ । अनुशासनमा बसेर प्राप्त गरेको अवसरहरुको महत्वलाई विद्यार्थीहरुले बुझ्नुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनिर्वाचित अध्यक्ष चौधरीले दिए सम्पूर्ण निर्माण व्यवसायीलाई धन्यवाद
नवनिर्वाचित अध्यक्ष चौधरीले दिए सम्पूर्ण निर्माण व्यवसायीलाई धन्यवाद
अनुमति विना काठमाडौं आएका ७ जना भारतीय नागरीक सीआईबीको नियन्त्रणमा
अनुमति विना काठमाडौं आएका ७ जना भारतीय नागरीक सीआईबीको नियन्त्रणमा
राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्ष वितेपनि मुगुमा सडक कालोपत्रे हुन सकेन
राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्ष वितेपनि मुगुमा सडक कालोपत्रे हुन सकेन
जिब्रो छेड्ने जात्राको पूर्वतयारीः हात नभएको लिङ्गो उठाइयो
जिब्रो छेड्ने जात्राको पूर्वतयारीः हात नभएको लिङ्गो उठाइयो
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव : मंगलबारसम्म हावाहुरीसहित पानी पर्ने संभावना
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव : मंगलबारसम्म हावाहुरीसहित पानी पर्ने संभावना
विद्युत प्राधिकरण घाटामा रहेको तथ्यांक सार्वजनिक गरेपछि ऊर्जामन्त्रीसँग मागियो सदनमा जवाफ
विद्युत प्राधिकरण घाटामा रहेको तथ्यांक सार्वजनिक गरेपछि ऊर्जामन्त्रीसँग मागियो सदनमा जवाफ
‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’
‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’
सरकार, दल र जेनजीबीच पहिलो पटक वार्ता हुँदै
सरकार, दल र जेनजीबीच पहिलो पटक वार्ता हुँदै
वाइडबडी विमान खरिद प्रकरणः अख्तियार प्रमुख राईमाथि महाअभियोग लगाउन काँग्रेस सांसद पन्तको माग
वाइडबडी विमान खरिद प्रकरणः अख्तियार प्रमुख राईमाथि महाअभियोग लगाउन काँग्रेस सांसद पन्तको माग