सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

संविधान संशोधनका नाममा लोकतन्त्र कमजोर पार्ने प्रयास स्वीकार्य हुँदैन : श्रेष्ठ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ९, २०८३
|
|
२५९ पटक हेरिएको
Shares
संविधान संशोधनका नाममा लोकतन्त्र कमजोर पार्ने प्रयास स्वीकार्य हुँदैन : श्रेष्ठ

सारांश

  • पूर्वउपप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संविधान संशोधनका नाममा संविधानको मूल मर्म र लोकतान्त्रिक व्यवस्थामाथि आघात पुर्याउने प्रयास स्वीकार्य नहुने बताएका छन् ।
  • नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले संविधान संशोधनको प्रक्रिया जिम्मेवार र संविधानको मूल भावनालाई संरक्षण गर्ने ढंगबाट अघि बढ्नुपर्ने बताए ।
  • उनले संविधानको आधारभूत मर्म र लोकतन्त्रको रक्षा पहिलो प्राथमिकता हुनुपर्ने उल्लेख गर्दै आवश्यकता अनुसार मात्रै संशोधन गर्न सकिने धारणा राखे ।

 

९ साउन, काठमाडौं ।

पूर्वउपप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संविधान संशोधनका नाममा संविधानको मूल मर्म र लोकतान्त्रिक व्यवस्थामाथि आघात पुर्याउने प्रयास स्वीकार्य नहुने बताएका छन् । नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले संविधान संशोधनको प्रक्रिया जिम्मेवार र संविधानको मूल भावनालाई संरक्षण गर्ने ढंगबाट अघि बढ्नुपर्ने बताए । उनले संविधानको आधारभूत मर्म र लोकतन्त्रको रक्षा पहिलो प्राथमिकता हुनुपर्ने उल्लेख गर्दै आवश्यकता अनुसार मात्रै संशोधन गर्न सकिने धारणा राखे ।

‘हामी संविधानको मूल अन्तरवस्तुको चिरहरण वा अपहरण हुन नदिई संविधान र लोकतन्त्रको रक्षालाई मुख्य बनाएर आवश्यकता अनुसार संविधान संशोधन गर्न तयार छौं । तर संविधान संशोधनका नाममा संविधान र लोकतन्त्रको हत्या गर्न दिने छैनौं । त्यसकाविरुद्ध हामी उभिनुपर्छ,’ उनले भने । त्यसैगरी, श्रेष्ठले प्राज्ञिक तथा शैक्षिक संस्थालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने विषय र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने विषयलाई एउटै रूपमा बुझ्न नहुने बताए । उनले ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने कुरा पनि त्यसैसँग तुलना गर्न नमिल्ने उल्लेख गरे । उनले भने,‘प्राज्ञिक र शैक्षिक संस्थाहरुलाई राजनीतिबाट मुक्त राख्नुपर्छ भन्नु र विद्यार्थी संगठनप्रति प्रतिवन्ध लगाइनुपर्छ भन्नु एउटै कुरा होइन । ट्रेड युनियन बन्द गर्नुपर्छ भन्ने कुरा एउटै होइन ।’ उनले वर्तमान सरकारको नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै ‘दलीयकरणबाट मुक्त’ भन्ने दाबी व्यवहारमा लागू नभएको टिप्पणी गरे । ‘दलीयकरणबाट मुक्त गर्ने भन्ने नाममा आफ्नै पक्षमा फैसला गर्ने न्यायाधीशलाई संवैधानिक नियुक्ति दिने, कामु प्रधानन्यायाधीशको निर्देशन नमानेका कर्मचारीलाई संवैधानिक निकायको प्रमुख बनाउने जस्ता काम भएका छन् । त्यसलाई दलीयकरणबाट मुक्त भन्न मिल्छ कि मिल्दैन भन्ने समीक्षा हुनुपर्छ,’ श्रेष्ठले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागी पीडितलाई तत्काल १५ हजार र अस्थायी आवासका लागि ५० हजार दिने तयारी
आगलागी पीडितलाई तत्काल १५ हजार र अस्थायी आवासका लागि ५० हजार दिने तयारी
जसपा नेपालको २८ बुँदे मागसहित मलंगवामा प्रदर्शन
जसपा नेपालको २८ बुँदे मागसहित मलंगवामा प्रदर्शन
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि सुरु
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि सुरु
काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले गराए उच्चमा निवेदन दर्ता
काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले गराए उच्चमा निवेदन दर्ता
कांग्रेसको मधेश प्रदेश सम्मेलन आज
कांग्रेसको मधेश प्रदेश सम्मेलन आज
एमालेको एघारौँ महाधिवेशन प्रतिनिधि छान्न आज देशभर चुनाव
एमालेको एघारौँ महाधिवेशन प्रतिनिधि छान्न आज देशभर चुनाव
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
मधेस प्रदेशका मुख्यमन्त्री द्वारा बारा जिल्लाको कलैयामा एकै दिन विभिन्न कार्यक्रम सम्पन्न 
मधेस प्रदेशका मुख्यमन्त्री द्वारा बारा जिल्लाको कलैयामा एकै दिन विभिन्न कार्यक्रम सम्पन्न 
दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दल आन्दोलित, महामन्त्री भन्छन्– आजै सडकमा उत्रिन्छौं
दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दल आन्दोलित, महामन्त्री भन्छन्– आजै सडकमा उत्रिन्छौं
मन्त्री र पार्टीका सांसदसँगको छलफलमा रवि लामिछाने
मन्त्री र पार्टीका सांसदसँगको छलफलमा रवि लामिछाने