मन्त्री र पार्टीका सांसदसँगको छलफलमा रवि लामिछाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ३, २०८३
|
|
७६ पटक हेरिएको
Shares
मन्त्री र पार्टीका सांसदसँगको छलफलमा रवि लामिछाने

सारांश

  •   सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्री तथा सांसदको कार्यशैली र संसदमा उनीहरूको प्रस्तुतिबारे आन्तरिक छलफल गरेको छ।
  •   बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रास्वपा सभापति रवि लामिछानेको उपस्थितिमा छलफल भएको हो।
  • बैठकमा सभापति लामिछानेले संसदमा प्रस्तुत हुँदा सांसद र मन्त्रीहरूले अवलम्वन गर्ने व्यवहार र भाषाप्रति विशेष चासो राखेका छन्।

३ भदौ, काठमाडौं । 

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्री तथा सांसदको कार्यशैली र संसदमा उनीहरूको प्रस्तुतिबारे आन्तरिक छलफल गरेको छ।  बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रास्वपा सभापति रवि लामिछानेको उपस्थितिमा छलफल भएको हो। बैठकमा सभापति लामिछानेले संसदमा प्रस्तुत हुँदा सांसद र मन्त्रीहरूले अवलम्वन गर्ने व्यवहार र भाषाप्रति विशेष चासो राखेका छन्।

पछिल्लो समय संसदमा प्रश्नोत्तरका क्रममा मन्त्रीहरूले सांसदहरूलाई चेतावनीपूर्ण शैलीमा जवाफ दिने गरेको र आफ्ना मागहरू सम्बोधन नहुँदा सांसदहरूले पनि अमर्यादित वा रुखो व्यवहार देखाउने गरेको भनेर आलोचना भइरहेको छ। यसै सन्दर्भमा रास्वपाले सांसदसँग छलफल गरेको हो।  छलफलका क्रममा जनताका मुद्दालाई संसदमा कसरी प्रभावकारी र मर्यादित ढंगले प्रस्तुत गर्ने भन्ने विषयमा पनि विचार–विमर्श जारी रहेको जनाइएको छ। संसदमा रास्वपाका तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार र संयमित बनाउनुपर्नेमा सभापति लामिछानेले जोड दिएका छन्। रास्वपाका सांसदहरूले संसदीय समिति र संसदमा असन्तुष्टि व्यक्त गर्दा शैलीगत सन्तुलन गुमाइरहेको भन्दै आलोचना भइरहेको छ। त्यसलाई ध्यानमा राखेर सभापति लामिछानेले सुधारका लागि निर्देशन दिएको जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एडीबीबाट प्राप्त १४ अर्ब ३८ करोड ऋण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
एडीबीबाट प्राप्त १४ अर्ब ३८ करोड ऋण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
पत्रकार सुरेश रजकको हत्याविरुद्ध मन्थलीमा अन्तरक्रिया, सहयोग संकलन सुरु
पत्रकार सुरेश रजकको हत्याविरुद्ध मन्थलीमा अन्तरक्रिया, सहयोग संकलन सुरु
“समृद्ध नेपाल र सुखी नेपाली” को सफल कार्यान्वयनको नतिजा शुरु भयोः प्रधानमन्त्री
“समृद्ध नेपाल र सुखी नेपाली” को सफल कार्यान्वयनको नतिजा शुरु भयोः प्रधानमन्त्री
बमको धम्की आएपछि एयर इन्डियाको अर्को विमान थाइल्याण्डमा आपतकालीन अवतरण
बमको धम्की आएपछि एयर इन्डियाको अर्को विमान थाइल्याण्डमा आपतकालीन अवतरण
अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने
अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने
बढ्यो सुनको मुल्य कतिमा हुदैछ कारोबार ?
बढ्यो सुनको मुल्य कतिमा हुदैछ कारोबार ?
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज
ग्रीन कार्डको प्रलोभनमा मानब बेचबिखन, आरोपी पक्राउ
ग्रीन कार्डको प्रलोभनमा मानब बेचबिखन, आरोपी पक्राउ
१४ सयले घट्यो सुनको मूल्य
१४ सयले घट्यो सुनको मूल्य
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक