सरकारबाट हुने गलत निर्णय रोक्न रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १५, २०८०
|
|
३२ पटक हेरिएको
Shares
सरकारबाट हुने गलत निर्णय रोक्न रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण

सारांश

  • सरकारबाट हुने गलत निर्णय रोक्न राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति रामचन्द्र पौडेललाई ध्यानाकर्षण गराएको छ ।
  • नेपालगञ्जका रिगलु भनिने योगराज ढकाल लगायतलाई आममाफी दिएको विषयमा असन्तुष्टि जनाउँदै रास्वपाले राष्ट्रपति पौडेललाई ध्यानाकर्षण गराएको हो।
  • रास्वपाका सभापति रवि लामिछानेसहितका नेताले सोमबार बिहान राष्ट्रपतिलाई भेटेर ३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको महामन्त्री मुकुल ढकालले जानकारी दिए।

१५ असोज, काठमाडौं । सरकारबाट हुने गलत निर्णय रोक्न राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति रामचन्द्र पौडेललाई ध्यानाकर्षण गराएको छ ।नेपालगञ्जका रिगलु भनिने योगराज ढकाल लगायतलाई आममाफी दिएको विषयमा असन्तुष्टि जनाउँदै रास्वपाले राष्ट्रपति पौडेललाई ध्यानाकर्षण गराएको हो।

रास्वपाका सभापति रवि लामिछानेसहितका नेताले सोमबार बिहान राष्ट्रपतिलाई भेटेर ३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको महामन्त्री मुकुल ढकालले जानकारी दिए। उनका अनुसार असोज १० गतेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णय बमोजिम आज बिहान १० बजे पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा राष्ट्रपति कार्यलयमा जघन्य अपराधअन्तर्गत फौजदारी कसुरमा सजाय पाएका व्यक्तिलाई संविधान दिवसको दिन माफी दिइनु विधिको शासनको मर्मको बर्खिलाप रहेको भनि राष्ट्रपतिलाई सरकारको ध्यानाकर्षण गराउन अनुरोध गरेको हो।

ध्यानाकर्षण पत्रमा संवैधानिक सर्वोच्चता, विधिको शासन र कानुनी राज्यको व्यवहारिक प्रत्याभूतिका लागि र सरकारले राजनीतिक मनशायका साथ गरेका सिफारिस र गलत निर्णयको बोझ राष्ट्रपति जस्तो सम्मानित संस्थामा पर्न नहुने उनीहरुको तर्क छ। जवाफमा पौडेलले मन्त्रिपरिषदले गरेको निर्णयको जस अपसजको भागी सरकार नै हुने बताएका छन्।  सरकारले सबै प्रक्रिया पूरा गरेर पठाएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न सक्ने संवैधानिक व्यवस्था नरहेको उनको भनाई छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना रिहा, एक बैंकिङ कसुरका फरार अभियुक्त
एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना रिहा, एक बैंकिङ कसुरका फरार अभियुक्त
जेनजीलाई गुटबन्दी र खुट्टा तानातान नगर्न शिक्षामन्त्री पुनको सुझाव
जेनजीलाई गुटबन्दी र खुट्टा तानातान नगर्न शिक्षामन्त्री पुनको सुझाव
समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर
समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर
रसुवा र संखुवासभामा पहिरो र बाढी : पासाङ ल्हामु राजमार्गसहित चीन जोड्ने नाका अझै अवरुद्ध
रसुवा र संखुवासभामा पहिरो र बाढी : पासाङ ल्हामु राजमार्गसहित चीन जोड्ने नाका अझै अवरुद्ध
आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति
आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति
इजरायल घटना: ३ नेपाली घाइते १२ सम्पर्कबिहीन,
इजरायल घटना: ३ नेपाली घाइते १२ सम्पर्कबिहीन,
विपिन जोशीको रिहाइको पहल गरिदिन कतारका राजालाई राष्ट्रपति पौडेलको आग्रह
विपिन जोशीको रिहाइको पहल गरिदिन कतारका राजालाई राष्ट्रपति पौडेलको आग्रह
परीक्षा केन्द्र होम सेन्टरबाट बाहिर १९ हजार ११७ जना विद्यार्थी परीक्षामा सहभागी
परीक्षा केन्द्र होम सेन्टरबाट बाहिर १९ हजार ११७ जना विद्यार्थी परीक्षामा सहभागी
अनुगमनपछि मन्त्री रावलको निर्देशनः ’मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नुहोस’
अनुगमनपछि मन्त्री रावलको निर्देशनः ’मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नुहोस’
सत्य, धर्म र न्यायको विजयको प्रतीक दसैँ : राष्ट्रपति
सत्य, धर्म र न्यायको विजयको प्रतीक दसैँ : राष्ट्रपति