विपक्षी दलले आजको संसद पनि अवरोध गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १४, २०८१
|
|
३१ पटक हेरिएको
Shares
विपक्षी दलले आजको संसद पनि अवरोध गर्ने

सारांश

  • नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिएसम्म संसदमा अवरोध कायमै रहने विपक्षी दलका नेताहरुले बताएका छन् ।
  • विपक्षी दलहरू माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी सहितका दलहरूले बुधबार पनि संसदमा अवरोध गरेका थिए ।
  • उनीहरूले घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री ओलीले जवाफ दिनुपर्ने माग राख्दै आएका छन् ।

१४ चैत, काठमाडौँ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिएसम्म संसदमा अवरोध कायमै रहने विपक्षी दलका नेताहरुले बताएका छन् ।

विपक्षी दलहरू माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी सहितका दलहरूले बुधबार पनि संसदमा अवरोध गरेका थिए । उनीहरूले घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री ओलीले जवाफ दिनुपर्ने माग राख्दै आएका छन् । यही माग राख्दै विपक्षी दलहरुले बुधबार प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरुद्ध पारेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले भने संसदमा जवाफ दिन्न भनेर सार्वजनिक अभिव्यक्ति दिएकाले संसदको अवरोध तत्काल नखुल्ने देखिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सचेतक रुपासोशी चौधरी भन्छिन्, ‘हामीले काबिल कर्मचारी किन हटाएको भनेर सोधेका हौं । सदनमा आएर जवाफ दिए भइहाल्छ ।

अन्यथा, प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्दैन ।’ प्रधानमन्त्रीले सार्वजनिक रुपमा बाटोमा जवाफ दिँदै हिड्नु भएको छ । त्यही कुरा सदनमा गरे भइहाल्यो । जवाफ दिनुपर्ने ठाउँ सदन हो सार्वजनिक बाटो होइन । यो बोध प्रधानमन्त्रीलाई हुनुपर्छ’, माओवादी सचेतक चौधरी भन्छिन्, ‘हामी प्रधानमन्त्रीलाई जवाफ दिने ठाउँ कुन हो भनेर बोध गराउन खोज्दैछौं ।’ सभामुख देवराज घिमिरे भने सहजरुपमा संसद सन्चालनको प्रयासमा प्रमुख सचेतक र सचेतकहरुसँग छलफलमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
गर्मीसँगै उखु जुस व्यापारीको आम्दानी बढ्दै
गर्मीसँगै उखु जुस व्यापारीको आम्दानी बढ्दै
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, सोसल मिडियामाथिको प्रतिबन्ध हटाउने तयारी
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, सोसल मिडियामाथिको प्रतिबन्ध हटाउने तयारी
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
रवि लामिछानेलाई हिरासतमै राख्नुपर्ने अदालतको यी ५ आधार
रवि लामिछानेलाई हिरासतमै राख्नुपर्ने अदालतको यी ५ आधार
शिक्षकको ह*त्या गरेको आरोपमा ११ जना पक्राउ
शिक्षकको ह*त्या गरेको आरोपमा ११ जना पक्राउ
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन गर्न माग
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन गर्न माग
जथाभावी करार र अस्थायी कर्मचारी नहटाउन प्रधानमन्त्रीको निर्देशन
जथाभावी करार र अस्थायी कर्मचारी नहटाउन प्रधानमन्त्रीको निर्देशन
ललिता निवास क्षेत्र सात दिन भित्र खालि गर्न काठमाडौं महानगरको सूचना
ललिता निवास क्षेत्र सात दिन भित्र खालि गर्न काठमाडौं महानगरको सूचना
निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृ*त्यु
निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृ*त्यु