विद्युतीय पासोमा परेर सिरहामा १३ वर्षीया बालिकाको मृत्यु, एक महिनापछि खुल्यो रहस्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २५, २०८१
|
|
३६ पटक हेरिएको
Shares
विद्युतीय पासोमा परेर सिरहामा १३ वर्षीया बालिकाको मृत्यु, एक महिनापछि खुल्यो रहस्य

सारांश

  • विद्युतीय पासोमा परेर सिरहामा १३ वर्षीया बालिकाको मृत्यु भएको खुलेको छ ।
  • लामो समय गुपचुप रहेको यो विषय करिब एक महिनापछि बाहिर आएको हो ।
  • विद्युतीय पासोमा परेर मृत्यु हुनेमा गोलबजार नगरपालिका–९ कि १३ वर्षीया गुलसना खातुन छिन् ।

२५ चैत, काठमाडौं ।

विद्युतीय पासोमा परेर सिरहामा १३ वर्षीया बालिकाको मृत्यु भएको खुलेको छ । लामो समय गुपचुप रहेको यो विषय करिब एक महिनापछि बाहिर आएको हो । विद्युतीय पासोमा परेर मृत्यु हुनेमा गोलबजार नगरपालिका–९ कि १३ वर्षीया गुलसना खातुन छिन् । २९ फागुनमा उनी बिहान ९ बजेतिर घाँस काट्न भन्दै घरबाट निस्केकी थिइन्

तर घरमा नफर्केको भन्दै परिवारले खोजतलासका लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा निवेदन दिएका थिए । खोजतलासकै क्रममा ती बालिकाको शव १२ चैतमा गोलबजार–९ मा रहेको घुर्मी खोलामा भेटिएको थियो । प्लास्टिकको बोराभित्र कोचिएको अवस्थामा शव फेला परेपछि हत्याको आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मधेश प्रदेश प्रहरीको टोली र स्थानीय सिरहाको टोली अनुसन्धानमा खटिएको थियो । अनुसन्धानका क्रममा आइतबार मात्रै प्रहरीले गोलबजार–९ गोविन्दपुरका २४ वर्षीय जनक भनिने बीरबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरको छ ।

उनीविरुद्ध कर्तव्य ज्यानको कसुरमा सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद समेत लिएर अनुसन्धान अघि बढाइएको सिरहा प्रहरीका प्रवक्ता वीरेन्द्रकुमार पासवनाले बताए । प्रहरीका अनुसार सार्कीले थापेको विद्युतीय पासोमा परेर ती बालिकाको मृत्यु भएको पाइएको छ । सार्कीले जनावरबाट मकै जोगाउन भन्दै बारीमा विद्युतीय पासो थापेका थिए । त्यही पासोमा परेर ती बालिकाको मृत्यु भएको पाइएको पासवानले बताए । ती बालिका घाँस काट्दै जाने क्रममा मकैबारीमा थापिएको विद्युतीय पासोमा परेको पाइएको छ । आफूले थापेको पासोमा परेर बालिकाको मृत्यु भएपछि उनले बोरामा प्याक गरेर शव फालेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन सांस्कृतिक पर्वले सहयोग पु¥याउँदछ : राष्ट्रपति
आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन सांस्कृतिक पर्वले सहयोग पु¥याउँदछ : राष्ट्रपति
चन्दाले हैन भ्रष्टहरूको सम्पत्ति राष्ट्रियकरण गरेर सिंहदरबार बनाऊ : हर्क साम्पाङ
चन्दाले हैन भ्रष्टहरूको सम्पत्ति राष्ट्रियकरण गरेर सिंहदरबार बनाऊ : हर्क साम्पाङ
ओली सरकारले १०० दिनमा जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लुटने काम गर्‍यो: प्रभु साह
ओली सरकारले १०० दिनमा जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लुटने काम गर्‍यो: प्रभु साह
नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ सडकखण्ड
नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ सडकखण्ड
तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु
तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु
सबै स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौंः प्रधानमन्त्री ओली
सबै स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौंः प्रधानमन्त्री ओली
आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल ग्रे लिष्टबाट छिटो बाहिरिने छ  : अर्थमन्त्री
नेपाल ग्रे लिष्टबाट छिटो बाहिरिने छ  : अर्थमन्त्री
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
एमाले बागमती निर्वाचन : मतदान शुक्रबार विहानदेखि
एमाले बागमती निर्वाचन : मतदान शुक्रबार विहानदेखि