राष्ट्रपति भवनमा सर्वदलीय बैठक सुरु, को–को छन् सहभागी ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २४, २०८२
|
|
२९ पटक हेरिएको
Shares
राष्ट्रपति भवनमा सर्वदलीय बैठक सुरु, को–को छन् सहभागी ?

सारांश

  •   राष्ट्रपति रामचन्द्र पाैडेलको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ ।
  • शीतलनिवासमा सुरु भएकाे बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित सबै मन्त्रीहरू सहभागी छन् ।
  • बैठकमा चुनावकाे तयारीबारेमा दलकाे धारणा लिने बुझिएकाे छ ।

२४ असोज, काठमाडौं । 

राष्ट्रपति रामचन्द्र पाैडेलको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ । शीतलनिवासमा सुरु भएकाे बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित सबै मन्त्रीहरू सहभागी छन् । बैठकमा चुनावकाे तयारीबारेमा दलकाे धारणा लिने बुझिएकाे छ । बैठकमा कांग्रेस, एमाले, माओवादीलगायत दलका नेताहरूकाे सहभागिता रहेकाे राष्ट्रपति पाैडेलकाे सचिवालयले जानकारी दिएकाे छ ।

बैठकमा कांग्रेसका उपसभापति  पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेल र महासचिव शंकर पाेखरेल, माओवादी केन्द्रबाट नेताहरू नारायणकाजी श्रेष्ठ र वर्षमान पुनलगायत सहभागी छन् । रास्वपाबाट कार्यवाहक सभापति डीपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य सहभागी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?