सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

निर्मला ह*त्या प्रकरणका सात वर्ष : अनुसन्धान जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ११, २०८२
|
|
४५ पटक हेरिएको
Shares
निर्मला ह*त्या प्रकरणका सात वर्ष : अनुसन्धान जारी

सारांश

  • भीमदत्त नगरपालिका–२ स्थित उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन ।
  • विसं २०७५ साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी बालिका पन्तको शव साउन ११ गते घरनजिकैको उखुबारीमा भेटिएको थियो ।
  • घटनापछि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन मुलुकभर आन्दोलनसमेत भयो ।

११ साउन, काठमाडौं ।

भीमदत्त नगरपालिका–२ स्थित उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । विसं २०७५ साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी बालिका पन्तको शव साउन ११ गते घरनजिकैको उखुबारीमा भेटिएको थियो । घटनापछि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन मुलुकभर आन्दोलनसमेत भयो ।

सरकारले पनि घटनाको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिका साथै राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीले विभिन्न छुट्टाछुट्टै छानबिन समिति गठन भए । प्रहरीको सबैभन्दा बढी स्रोत साधनको खर्च यसै प्रकरणमा भए पनि हालसम्म प्रहरीले उपलब्धि हात पार्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराले अहिले पनि प्रहरीले निर्मला पन्तको घटना प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

“अनुसन्धानका क्रममा अहिलेसम्म एक सय २४ जनाको डिएन परीक्षण भएको छ भने छ सय ५५ जनालाई कार्यालयमा बोलाएर सोधपुछ भइसकेको छ”, उहाँले भन्नुभयो, “सिआइबीबाट १० टोलीले अनुसन्धान गरिसकेको छ अहिले पनि सिआइबी र प्रहरीले अनुसन्धान जारी राखेको छ ।” घटना भएको एक महिनापछि २०७५ भदौ ४ गते जिल्ला प्रहरी कार्यालयले भीमदत्त नगरपालिका–१९ बागफाटाका दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । अभियुक्त भनिएका विष्ट मानसिक रोगी भएको र प्रहरीले फसाउन खोजेको भन्दै यहाँ आन्दोलनले उग्ररुप लिएको थियो । पछि विष्ट सरकारी वकिलको कार्यालयबाट रिहा भएका थिए

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपालाई प्रचण्डले भने- तपाईंहरू जस्तै धेरै मत ल्याएर भाँडो न भुइँमा भएको नेता हुँ
रास्वपालाई प्रचण्डले भने- तपाईंहरू जस्तै धेरै मत ल्याएर भाँडो न भुइँमा भएको नेता हुँ
बाराबाट ११ किलो चरेससहित एक जना पक्राउ
बाराबाट ११ किलो चरेससहित एक जना पक्राउ
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौंका विभिन्न स्थानमा हावाहुरीसहित भीषण वर्षा
काठमाडौंका विभिन्न स्थानमा हावाहुरीसहित भीषण वर्षा
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६४१ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६४१ जनालाई कारबाही
एमाले लुम्बिनी प्रदेशको नेतृत्वका लागि मतदान हुँदै
एमाले लुम्बिनी प्रदेशको नेतृत्वका लागि मतदान हुँदै
इङ्ल्यान्ड विरुद्धको निर्णायक टेस्टबाट बाहिरिए भारतीय बलर जसप्रित बुमराह
इङ्ल्यान्ड विरुद्धको निर्णायक टेस्टबाट बाहिरिए भारतीय बलर जसप्रित बुमराह
स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो : स्वास्थ्यमन्त्री मेहता
स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो : स्वास्थ्यमन्त्री मेहता
यू–१९ विश्वकप फाइनलः उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै
यू–१९ विश्वकप फाइनलः उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै
कावासोती घटनामा ​स्थानीय र प्रशासनबीच १० बुँदे सहमति
कावासोती घटनामा ​स्थानीय र प्रशासनबीच १० बुँदे सहमति