यू–१९ विश्वकप फाइनलः उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै
सारांश
- दुई टिमबीचको उपाधि भिडन्त दिउँसो १२ः१५ देखि मलेसियाको बायुमास ओभलमा सुरु हुनेछ ।
- सेमिफाइनलमा भारतले इंग्ल्याण्ड तथा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हराउँदै फाइनलको यात्रा गरेका थिए ।
- भारत यसपटक पनि उपाधि रक्षा गर्ने योजनामा छ ।

काठमाडौँ – आइसिसी यू–१९ महिला टी–२० विश्वकपको फाइनलमा आज भारत र दक्षिण अफ्रिका भिड्दै छन् । दुई टिमबीचको उपाधि भिडन्त दिउँसो १२ः१५ देखि मलेसियाको बायुमास ओभलमा सुरु हुनेछ ।

सेमिफाइनलमा भारतले इंग्ल्याण्ड तथा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हराउँदै फाइनलको यात्रा गरेका थिए । भारत यसपटक पनि उपाधि रक्षा गर्ने योजनामा छ । दक्षिण अफ्रिका पहिलोपटक उपाधिको खोजीमा छ । प्रतियोगितामा नेपाल पनि सहभागि थियो । नेपाल समूह चरणबाटै बिहिरिएको थियो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया