भूमि विधेयक संसदीय समितिबाट पारित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र ५, २०८२
|
|
२९ पटक हेरिएको
Shares
भूमि विधेयक संसदीय समितिबाट पारित

सारांश

  • आज बसेको प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले विधेयक बहुमतले पारित गरेको हो ।
  • विधेयकको पक्षमा सत्ता गठबन्धनका एमाले र कांग्रेसका सांसदहरू उभिएका छन् भने माओवादी केन्द्र र राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) ले विरोध गरेका छन् ।
  • उनीहरूले विधेयकमा फरक मत राख्ने भएका छन् ।

लामो समयदेखि विवादमा रहेको भूमिसम्बन्धी विधेयक संसदीय समितिबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले विधेयक बहुमतले पारित गरेको हो ।

विधेयकको पक्षमा सत्ता गठबन्धनका एमाले र कांग्रेसका सांसदहरू उभिएका छन् भने माओवादी केन्द्र र राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) ले विरोध गरेका छन् । उनीहरूले विधेयकमा फरक मत राख्ने भएका छन् । माओवादी सांसद रुपा चौधरी र रास्वपा सांसद अशोक चौधरीले विधेयकको विषयमा थप धारणा राख्न खोजेका थिए । तर, सत्तापक्षले बहुमतमा विधेयक पारित गरेको हो ।

लामो समयदेखि विवादमा रहेको विधेयक संसदीय समितिमा पनि पटकपटक छलफलमा आएको थियो । मधेशकेन्द्रित दलहरूले पनि विधेयकको विरोध गर्दै आएका थिए । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासहित केही नेताले विधेयकको विरोध गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै
राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै
भूकम्प अपडेट : चीनमा मृत्यु हुनेको संख्या ९५ पुग्यो
भूकम्प अपडेट : चीनमा मृत्यु हुनेको संख्या ९५ पुग्यो
कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर
कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर
सिरहामा १७ वर्षीया किशोरी मृत्युको घटनामा एसपीको नेतृत्वमा छानबिन समिति गठन
सिरहामा १७ वर्षीया किशोरी मृत्युको घटनामा एसपीको नेतृत्वमा छानबिन समिति गठन
जसपा नेपाल सर्लाहीका अध्यक्ष रणधिर यादवलाई केन्द्रीय मान्यता
​संसदीय छानबिन समितिको कार्यादेशमा सहमति खोज्न बालुवाटारमा शीर्ष नेताको बैठक
​संसदीय छानबिन समितिको कार्यादेशमा सहमति खोज्न बालुवाटारमा शीर्ष नेताको बैठक
जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाएको आरोपमा एकजना पक्राउ
जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाएको आरोपमा एकजना पक्राउ
अर्थ मन्त्रालयले एकसाथ गर्‍यो ३० उपसचिवको सरुवा
अर्थ मन्त्रालयले एकसाथ गर्‍यो ३० उपसचिवको सरुवा
संसद् बैठकअघि प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
संसद् बैठकअघि प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
प्रचण्डकी छोरी गंगाको घरमा फेला परेको श*वको सनाखत
प्रचण्डकी छोरी गंगाको घरमा फेला परेको श*वको सनाखत