पर्यटक उद्धारको नाममा फेक रेस्क्यु धन्दा, तीन करोड रुपैयाँ शंकास्पद कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ ११, २०८२
|
|
२३ पटक हेरिएको
Shares
पर्यटक उद्धारको नाममा फेक रेस्क्यु धन्दा, तीन करोड रुपैयाँ शंकास्पद कारोबार

सारांश

  • नेपालमा पदयात्रा तथा पर्वतारोहणका लागि आएका विदेशी पर्यटकलाई लक्षित गरी उद्धार तथा उपचारको आवरणमा गैरकानुनी गतिविधि भइरहेको तथ्य खुलेको छ ।
  • केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रमुख मनोज कुमार केसीले उक्त गतिविधि आर्थिक हिनामिनासँग सम्बन्धित रहेको आशंका गर्दै सघन अनुसन्धान गरिएको जानकारी दिए ।
  • आइतबार आयोजित पत्रकार सम्मेलनमा सिआइबी प्रमुख केसीले करिब साढे दुई महिनादेखि ‘फेक रेस्क्यु’ सम्बन्धी छुट्टै युनिट तथा कार्यदल गठन गरी अनुसन्धान अघि बढाइएको बताए ।

११  माघ, काठमाडौं ।

नेपालमा पदयात्रा तथा पर्वतारोहणका लागि आएका विदेशी पर्यटकलाई लक्षित गरी उद्धार तथा उपचारको आवरणमा गैरकानुनी गतिविधि भइरहेको तथ्य खुलेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रमुख मनोज कुमार केसीले उक्त गतिविधि आर्थिक हिनामिनासँग सम्बन्धित रहेको आशंका गर्दै सघन अनुसन्धान गरिएको जानकारी दिए । आइतबार आयोजित पत्रकार सम्मेलनमा सिआइबी प्रमुख केसीले करिब साढे दुई महिनादेखि ‘फेक रेस्क्यु’ सम्बन्धी छुट्टै युनिट तथा कार्यदल गठन गरी अनुसन्धान अघि बढाइएको बताए । अनुसन्धानका क्रममा नेपाल राष्ट्र बैंकबाट प्राप्त एक हजारभन्दा बढी कारोबारको विवरण अध्ययन गरिएको उनले बताए ।

केसीका अनुसार प्रारम्भिक चरणमा ‘माउन्टेन रेस्क्यु सर्भिस’ का १ हजार २४८ वटा कारोबारमध्ये १७१ वटा शंकास्पद देखिएका छन् । यस्तै, ‘नेपाल चाटर्ड सर्भिस’ का ४७१ कारोबारमध्ये ७५ वटा शंकास्पद रहेको पाइएको छ । अनुसन्धानका क्रममा करिब तीन करोड रुपैयाँ बराबरको शंकास्पद ट्रान्जेक्सन देखिएको सिआइबीले जनाएको छ । उनले भने, ‘साढे दुई महिनाभित्रमा हामीले फेक रिर्सच सम्बन्धि एउटा छुटै युनिट कार्यदल बनाएर कार्य गर्यौं । हजार भन्दा बढी राष्ट्र बैंकबाट प्राप्त रमकहरुको अनुसन्धान गर्यौं । डाटाहरु हेर्दा पहिलो चरणमा माउन्टेन रेस्क्यु सर्भिस भन्नेले १२४८ वटा मध्ये एक सय ७१ वटा शंकास्पद देखियो ।

नेपाल चाटर्स सर्भिसले ४७१ मा ७५ जना शंकास्पद् छ । लगभग तीन करोड चाँही शंकास्पद् ट्रान्जेक्सन देखिएको अवस्था छ । धेरै समय र धेरै अनुसन्धान गर्यौं । हामीसँग प्रमाण भएको कुरा कानुनी दायरामा ल्याउनुपर्छ भनेर लागेका छौं । नक्कली उद्धार अहिले पनि भइरहेको छ । पहिला मात्रै होइन ।’ उनले नक्कली उद्धारको गतिविधि विगतमा मात्र नभई हाल पनि भइरहेको दाबी गर्दै यसप्रकारका गैरकानुनी कार्य नियन्त्रणका लागि अनुसन्धानलाई निरन्तरता दिइने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिदामा राखेको महानगरको तालिम शिक्षकद्वारा बहिष्कार
बिदामा राखेको महानगरको तालिम शिक्षकद्वारा बहिष्कार
हेलिकोप्टर दुर्घटनामा घाइते भएका मनाङ एयरका पाइलट सेढाईंको निधन
हेलिकोप्टर दुर्घटनामा घाइते भएका मनाङ एयरका पाइलट सेढाईंको निधन
सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ : मन्त्री खड्का   
सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ : मन्त्री खड्का   
तराईं-मधेशमा आज होली मनाइँदै
तराईं-मधेशमा आज होली मनाइँदै
कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने नेकपाको निर्णय
कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने नेकपाको निर्णय
कैलालीमा स्रोत नखुलेको १७ लाखभन्दा बढी रकमसहित दुईजना पक्राउ
कैलालीमा स्रोत नखुलेको १७ लाखभन्दा बढी रकमसहित दुईजना पक्राउ
नेप्से परिसूचक ३ हजार विन्दुमाथि, १८ अर्ब ५२ करोडको सेयर कारोबार
नेप्से परिसूचक ३ हजार विन्दुमाथि, १८ अर्ब ५२ करोडको सेयर कारोबार
६ दिनपछि बढ्यो सेयर बजार, सबै सेक्टरमा वृद्धि
६ दिनपछि बढ्यो सेयर बजार, सबै सेक्टरमा वृद्धि
उपरदाङगढी बन्यो चितवनको नयाँ पर्यटकीय गन्तव्य
उपरदाङगढी बन्यो चितवनको नयाँ पर्यटकीय गन्तव्य
सामाजिक सुरक्षा कोषको आवद्धता धनी बन्न होइनः महान्यायाधिवक्ता बडाल
सामाजिक सुरक्षा कोषको आवद्धता धनी बन्न होइनः महान्यायाधिवक्ता बडाल