पक्राउ परेको ९ दिनमै मधेश प्रदेशका पूर्वप्रमुख अहिराजविरुद्ध मुद्दा दायर
सारांश
- बलात्कार आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झाविरुद्ध मुद्दा दायर भएको छ ।
- ४ साउनमा पक्राउ परेका झालाई प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले आज मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
- बलात्कारको कसुरमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद भए पनि अहिराजविरुद्धको मुद्दा भने ९ दिनमै अदालतमा टेकाइएको छ ।
१३ साउन, काठमाडौं ।
बलात्कार आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झाविरुद्ध मुद्दा दायर भएको छ । ४ साउनमा पक्राउ परेका झालाई प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले आज मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया