मधेश प्रदेशमा कार्यरत प्रहरीको सेवा सुविधाका लागि सरकार प्रतिवद्ध : गृहमन्त्री महतो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २९, २०८३
|
|
६ पटक हेरिएको
Shares
मधेश प्रदेशमा कार्यरत प्रहरीको सेवा सुविधाका लागि सरकार प्रतिवद्ध : गृहमन्त्री महतो

सारांश

  • मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले मधेश प्रदेशका आठवटै जिल्लामा कार्यरत्त प्रहरीहरुलाई सेवा सुविधा उपलब्ध गराउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
  • शुक्रबार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय एक दिवसीय अपराध अनुसन्धान समिक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री महतोले प्रदेश सरकारले ल्याउन लागेको बजेटमा मधेश प्रदेशका आठवटै जिल्लामा रहेको सम्पूर्ण प्रहरी चौकी, इलाका लगायतको स्तोरन्नती, संरचना निर्माणका साथै सेवा, सुविधा थप गरिएको जानकारी दिए ।
  • उनले आफूले विगतमा गरेको विभिन्न जिल्लाहरुको निरीक्षणको क्रममा प्रहरी चौकी, कारागार, प्रहरीहरु बस्ने स्थानहरुको अवस्था दयनीय रहेको देखिएको बताए ।

२९ जेठ, जनकपुर ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले मधेश प्रदेशका आठवटै जिल्लामा कार्यरत्त प्रहरीहरुलाई सेवा सुविधा उपलब्ध गराउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय एक दिवसीय अपराध अनुसन्धान समिक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री महतोले प्रदेश सरकारले ल्याउन लागेको बजेटमा मधेश प्रदेशका आठवटै जिल्लामा रहेको सम्पूर्ण प्रहरी चौकी, इलाका लगायतको स्तोरन्नती, संरचना निर्माणका साथै सेवा, सुविधा थप गरिएको जानकारी दिए ।

उनले आफूले विगतमा गरेको विभिन्न जिल्लाहरुको निरीक्षणको क्रममा प्रहरी चौकी, कारागार, प्रहरीहरु बस्ने स्थानहरुको अवस्था दयनीय रहेको देखिएको बताए । उनले सुरक्षालाई मधेश प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी दिँदै, अब आउन लागेको बजेटले आठवटै जिल्लाका मुख्य प्रहरी र इलाका चौकी तथा कारागारहरुको स्तरोन्नती गर्नका निम्ति बजेट छुट्टयाइएको जानकारी बताए । गृहमन्त्री महतोले फोरेन्सिक र डिजिटल प्रविधीको सहज उपलब्धतालाई मध्यनजर गर्दै प्रदेश सरकारले त्यसका लागि पनि बजेटमा व्यवस्था गर्न लागेको उल्लेख गरे । उनले सीसीटिभी क्यामेरा जडान, सवारी साधन खरीद, बहुवर्षीय योजनामा थप अनुदानलगायतका शिर्षकमा प्रहरीहरुकै निम्ति नौं करोड रुपैयाँ बजेटमा राखेको जानकारी दिए ।

मधेश प्रदेश सरकारले हाल पाँच तले ब्यारेक निर्माणका निम्ति ११ करोडको काम अगाडि बढाइसकेको गृहमन्त्री महतोको भनाइ छ । गृहमन्त्री महतोले आठवटै जिल्लामा रहेको अदालतहरुको स्तरोन्नती तथा सेवा सुविधा थप गर्नका निम्ति पनि बजेटमा विशेष व्यवस्था गरेको जानकारी दिए । उनले अपराध अनुसन्धान कुनै सामान्य प्रशासनिक कार्य नभई न्याय स्थापनाको पहिलो खुडकिलो रहेको बताउँदै अनुसन्धान सुदृढ भए मात्र न्याय सुलभ हुने बताए । न्याय सुलभ भए मात्र समाज विकासतर्फ जाने गृहमन्त्री महतोको भनाई थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेठ ३ देखि ७ सम्म महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
जेठ ३ देखि ७ सम्म महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन
पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन
नेकपाले गर्यो निर्वाचन आयोग पुगेर सनाखत
नेकपाले गर्यो निर्वाचन आयोग पुगेर सनाखत
स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि शिक्षकलाई केन्द्रमा राख्दै निर्वाचन आयोगको नयाँ स्रोत पुस्तिका
स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि शिक्षकलाई केन्द्रमा राख्दै निर्वाचन आयोगको नयाँ स्रोत पुस्तिका
शान्ति, सुशासन र पुनर्निर्माणमा सरकार गम्भीर होस् : विष्णुप्रसाद पौडेल
शान्ति, सुशासन र पुनर्निर्माणमा सरकार गम्भीर होस् : विष्णुप्रसाद पौडेल
घरमा धेरै रकम नराख्न अर्थ मन्त्रालयको आग्रह
घरमा धेरै रकम नराख्न अर्थ मन्त्रालयको आग्रह
स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन
स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन
बलिउड अभिनेता शाहरुखको सिग्नेचर स्टेप गिनिज बुकमा
बलिउड अभिनेता शाहरुखको सिग्नेचर स्टेप गिनिज बुकमा
सरकारले व्यापार उद्योग गर्ने होइन : सभापति देउवा
सरकारले व्यापार उद्योग गर्ने होइन : सभापति देउवा
प्रतिनिधिसभाः बाढीपहिरो र सडक दुर्घटनाका बिरामीको निःशुल्क उपचार गर्न माग
प्रतिनिधिसभाः बाढीपहिरो र सडक दुर्घटनाका बिरामीको निःशुल्क उपचार गर्न माग