दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै 

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २७, २०८३
|
|
८ पटक हेरिएको
Shares
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै 

सारांश

  • बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ ।
  • आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको नेपालीहरूको महान् चाड बडादशैं कोजाग्रत पूर्णिमासम्म १५ दिन मनाइन्छ ।
  • नवरात्रभर घर तथा दशैंघरमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्रहरूको पाठपारायण गर्दै शक्तिस्वरूपा नवदुर्गाका नौवटा रूपको उपासना गर्ने परम्परा छ ।

काठमाडौं । बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको नेपालीहरूको महान् चाड बडादशैं कोजाग्रत पूर्णिमासम्म १५ दिन मनाइन्छ ।

नवरात्रभर घर तथा दशैंघरमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्रहरूको पाठपारायण गर्दै शक्तिस्वरूपा नवदुर्गाका नौवटा रूपको उपासना गर्ने परम्परा छ । नवरात्रको पहिलो दिन शैलपुत्री र दोस्रो दिन ब्रह्मचारिणीको आराधना गरिएपछि तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिएको हो । यसपछि क्रमशः चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ ।

हिन्दू धर्मावलम्बीहरूले असत्यमाथि सत्य र असुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा यो पर्व मनाउने गर्दछन् ।

यसैबीच, नवरात्रको तेस्रो दिन आज काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरहरूमा बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति रहेको छ । राजधानीका गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र संकटा लगायतका मन्दिरहरूमा दर्शनार्थीहरूको घुइँचो लागेको छ ।

त्यस्तै, उपत्यकाबाहिरका प्रमुख शक्तिपीठहरू ताप्लेजुङको पाथीभरा, धरानको दन्तकाली, भोजपुरको सिद्धकाली र गोरखाको मनकामना लगायतका प्रसिद्ध मन्दिरहरूमा पनि पूजाआजा तथा दर्शन गर्ने श्रद्धालुहरूको उल्लेख्य भीड लाग्ने गरेको छ ।

मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक  अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
नेपाली मिति लोड हुँदैछ...

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज तिहारको मुख्य दिन भाइटीका मनाइँदै
आज तिहारको मुख्य दिन भाइटीका मनाइँदै
मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रका विरुद्ध एमाले अगाडि बढेको छ : महासचिव पोखरेल
मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रका विरुद्ध एमाले अगाडि बढेको छ : महासचिव पोखरेल
सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष-उपाध्यक्षसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा
सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष-उपाध्यक्षसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा
तीन दिने कार्यक्रम तय गरेर लुम्बिनीमा भण्डारी, राजनीतिक भेटघाट तीव्र
तीन दिने कार्यक्रम तय गरेर लुम्बिनीमा भण्डारी, राजनीतिक भेटघाट तीव्र
तनहुँको बस दुर्घटनामा २ जनाको ज्यान गयो, २७ जना घाइतेलाई मणिपाल रिफर
तनहुँको बस दुर्घटनामा २ जनाको ज्यान गयो, २७ जना घाइतेलाई मणिपाल रिफर
तेलङ्गानामा कार तालमा खस्दा पाँच जनाको मृत्यु
तेलङ्गानामा कार तालमा खस्दा पाँच जनाको मृत्यु
प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार
प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार
भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलन अघि बढाउँछौँ : प्रचण्ड
भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलन अघि बढाउँछौँ : प्रचण्ड
आज पनि अवरुद्ध छन् देशका यी १० मुख्य राजमार्ग
आज पनि अवरुद्ध छन् देशका यी १० मुख्य राजमार्ग
प्रधानमन्त्रीले जलवायु न्यायका लागि राष्ट्रसंघ महासभामा उठाउँदैछन् ५ विषय
प्रधानमन्त्रीले जलवायु न्यायका लागि राष्ट्रसंघ महासभामा उठाउँदैछन् ५ विषय