सर्लाहीमा ११० के.जी. अवैध लागू औषध गाँजा बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २१, २०८१
|
|
३३ पटक हेरिएको
Shares
सर्लाहीमा ११० के.जी. अवैध लागू औषध गाँजा बरामद

सारांश

  • सर्लाही जिल्लाको लालबन्दी नगरपालिका-१५ स्थित कालिन्जोर खोलाको काँसघारीबाट ठूलो मात्रामा अवैध लागू औषध गाँजा बरामद गरिएको छ।
  • लागू औषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय लालबन्दीको संयुक्त टोलीले प्रहरी निरीक्षक (प्र.
  • नि.

२१ माघ,  सर्लाही । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका-१५ स्थित कालिन्जोर खोलाको काँसघारीबाट ठूलो मात्रामा अवैध लागू औषध गाँजा बरामद गरिएको छ। लागू औषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय लालबन्दीको संयुक्त टोलीले प्रहरी निरीक्षक (प्र.नि.) सुजन पाठकको कमाण्डमा विशेष सुराकीका आधारमा उक्त गाँजा बरामद गरेको हो।

अस्थायी प्रहरी पोष्ट परवानिपुरको सहयोगमा गरिएको खोजतलासका क्रममा कालिन्जोर खोलाको उत्तरपट्टि लुकाई राखिएको अवस्थामा २२ वटा पोका फेला परेको थियो। प्रत्येक पोकामा ५-५ केजी गाँजा गरी जम्मा ११० केजी अवैध गाँजा बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ। गाँजा रातो प्लास्टिकले बेरेर डोरीले बाँधिएको अवस्थामा फेला परेको थियो। स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको रोहबरमा गाँजा बरामद गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

गाँजा को कसले ल्याएको हो भन्ने विषयमा हाल अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। पछिल्लो समय सर्लाहीको विभिन्न क्षेत्रमा अवैध लागू औषध ओसारपसार तथा कारोबार बढ्दै गएको सुरक्षाकर्मीहरूले बताएका छन्। प्रहरीले लागू औषध तस्करी तथा बिक्री-वितरणमा संलग्न गिरोहको पहिचान गरी कडा कारबाही गर्ने जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थाइल्यान्डमा आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु
थाइल्यान्डमा आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु
बिहे भएको ६ दिनमै आतंकवादी आक्रमणमा मारिए भारतीय सेनामा कार्यरत विनय
बिहे भएको ६ दिनमै आतंकवादी आक्रमणमा मारिए भारतीय सेनामा कार्यरत विनय
संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दै
सामूहिक करणी आरोपमा गाउँपालिकाका दुई कर्मचारीसहित तीनजना पक्राउ
सामूहिक करणी आरोपमा गाउँपालिकाका दुई कर्मचारीसहित तीनजना पक्राउ
जङ्गल जोगाउन उपभोक्तालाई ग्यास सिलिण्डर र चुल्हो वितरण
जङ्गल जोगाउन उपभोक्तालाई ग्यास सिलिण्डर र चुल्हो वितरण
गृहमन्त्रीलाई रवि लामिछानेको प्रश्न : विनोद चौधरीको बयान लिइयो कि लिइएन ?
गृहमन्त्रीलाई रवि लामिछानेको प्रश्न : विनोद चौधरीको बयान लिइयो कि लिइएन ?
काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता
काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता
रोल्पामा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या
रोल्पामा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या
विराटनगरमा प्रहरीको नाममा अपहरण र लुटपाट, वाईसीएल कार्यकर्तासहित ३ जना पक्राउ
विराटनगरमा प्रहरीको नाममा अपहरण र लुटपाट, वाईसीएल कार्यकर्तासहित ३ जना पक्राउ
प्रधानमन्त्रीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति गठन
प्रधानमन्त्रीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति गठन