कुलिङ पिरियडबारे एमालेको संशोधनमा कांग्रेसले दियो प्रष्टिकरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ९, २०८२
|
|
२९ पटक हेरिएको
Shares
कुलिङ पिरियडबारे एमालेको संशोधनमा कांग्रेसले दियो प्रष्टिकरण

सारांश

  • सत्तारुढ दल नेकपा एमालेले सत्ता साझेदार नेपाली कांग्रेसलाई संघीय निजामती विधेयकबारे आफ्ना सांसदहरूको संशोधन प्रस्ताव स्वतन्त्र रुपले राखेका बताएको छ ।
  • राष्ट्रिय सभामा रहेको निजामती विधेयकमा कुलिङ पिरियड हटाउनेबारेमा एमाले सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
  • यसबारेमा संसद्मा बहस भइरहेको छ ।

९ साउन, काठमाडौं ।

सत्तारुढ दल नेकपा एमालेले सत्ता साझेदार नेपाली कांग्रेसलाई संघीय निजामती विधेयकबारे आफ्ना सांसदहरूको संशोधन प्रस्ताव स्वतन्त्र रुपले राखेका बताएको छ । राष्ट्रिय सभामा रहेको निजामती विधेयकमा कुलिङ पिरियड हटाउनेबारेमा एमाले सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसबारेमा संसद्मा बहस भइरहेको छ ।

कांग्रेसको जिज्ञासामा आफ्ना सांसदहरू संशोधन हाल्नका लागि स्वतन्त्र रहेको कुरा एमालेले बताएको कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकपछि बैठकबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक घिमिरेले कांग्रेसले कुलिङ पिरियडमा एमाले सांसदहरूको संशोधनबारे बुझ्दा एमालेले संशोधनका लागि सांसदहरू स्वतन्त्र रहेको र त्यहीअनुसार संशोधन आएको बताएको जानकारी दिए ।

‘उहाँहरूको समग्र पार्टीको तर्फबाट कुरा के आएको छ भने सांसदहरूले आफ्नो ढंगले संशोधन प्रस्ताव राखे । सांसदहरू स्वतन्त्र हुन्छन् । आफ्ना संशोधनहरू राख्न स्वतन्त्र हुन्छन्,’ घिमिरेले भने ।सरकारले ल्याएकै भूमि ऐनमा पनि कांग्रेसका केही सांसदहरुले संशोधन राखेकाले यसलाई सामान्य रुपमा बुझ्नुपर्ने उनले बताए । भूमि ऐनमा हाम्रा १०/१२ जना सांसदहरूले राख्नुभयो । तर त्यो सरकारबाटै आएको थियो । सरकारबाटै आएको विधेयकमा पनि राख्ने प्रचलन भएकाले राखिएको हो भन्ने छ । छलफल गरेर अघि बढ्ने विषय छ,’ उनले भने । कुलिङ पिरियडबारे थप छलफल गरेर टुंग्याइने पनि प्रमुख सचेतक घिमिरेले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उच्च अदालतले रविलाई थुनामा पठाउनुका पाँच आधार
उच्च अदालतले रविलाई थुनामा पठाउनुका पाँच आधार
नेपाल औषधि लिमिटिडसँग जिटुजीमार्फत औषधि खरिद गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
नेपाल औषधि लिमिटिडसँग जिटुजीमार्फत औषधि खरिद गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
सशस्त्र प्रहरी बल विपद् उद्धारमा अब्बल बन्दै गएको छ: गृहमन्त्री लेखक
सशस्त्र प्रहरी बल विपद् उद्धारमा अब्बल बन्दै गएको छ: गृहमन्त्री लेखक
वीरगञ्जको कपडा गोदाममा छापा हान्दा सशस्त्रमाथि आक्रमण ३ जना घाइते
वीरगञ्जको कपडा गोदाममा छापा हान्दा सशस्त्रमाथि आक्रमण ३ जना घाइते
लुम्बिनीमा ‘विश्वशान्ति कार्यक्रम’हुँदै, २५ अर्बपति सहितका प्रतिनिधिहरु आउने
लुम्बिनीमा ‘विश्वशान्ति कार्यक्रम’हुँदै, २५ अर्बपति सहितका प्रतिनिधिहरु आउने
उज्यालो नेपाल पार्टीको पहिलो चितवन जिल्ला भेला आज, कुलमानले सम्बोधन गर्ने
उज्यालो नेपाल पार्टीको पहिलो चितवन जिल्ला भेला आज, कुलमानले सम्बोधन गर्ने
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
ताराखोला-३ का अध्यक्ष भण्डारी मृत भेटिए
ताराखोला-३ का अध्यक्ष भण्डारी मृत भेटिए
हिमपात र चिसो छल्न बेँसीतिर झर्दै भेडीगोठ
हिमपात र चिसो छल्न बेँसीतिर झर्दै भेडीगोठ
बाढीले भेडीगोठका २६ बाख्रा पुरिए
बाढीले भेडीगोठका २६ बाख्रा पुरिए