मधेश सरकारसँग चार बुँदे सहमतिपछि आमरण अनशन स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ७, २०८१
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  • हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा नयाँ कमला पुल निर्माण संघर्ष समिति र मधेश प्रदेश सरकारबीच चार बुँदे सहमति भएको छ ।
  • वार्ताबाट चार बुँदे सहमति भएपछि समितिले आफ्नो आन्दोलन स्थगन गरेको छ।
  • समितिका प्रतिनिधि र मधेश प्रदेश सरकारका बीचमा भएको वार्तामा नयाँ कमला पुलको निर्माण कार्य तत्काल सुरु गरिने सहमति भएको छ।

 

७ भदौ, जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा नयाँ कमला पुल निर्माण संघर्ष समिति र मधेश प्रदेश सरकारबीच चार बुँदे सहमति भएको छ ।

वार्ताबाट चार बुँदे सहमति भएपछि समितिले आफ्नो आन्दोलन स्थगन गरेको छ। समितिका प्रतिनिधि र मधेश प्रदेश सरकारका बीचमा भएको वार्तामा नयाँ कमला पुलको निर्माण कार्य तत्काल सुरु गरिने सहमति भएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेटमा संघ सरकारमार्फत आवश्यक बजेटको व्यवस्था गर्ने प्रयास गर्ने र संघ सरकारबाट बजेट उपलब्ध नगरिएमा, सम्पूर्ण खर्च मधेश प्रदेश सरकारकै श्रोतबाट व्यवस्था गरिने सहमति भएको छ।

यसबाहेक, पुल निर्माणका लागि आवश्यक डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार पार्न २०८१ मंसिर १ भित्र बोलपत्र आह्वान गरिने सहमति भएको छ । यो संगै संघर्ष समितिले आफ्ना सबै कार्यक्रमहरू आजको मितिबाट स्थगित गरेको छ। सहमति पत्रमा मुख्यमन्त्री सतिशकुमार सिंह र संघर्ष समितिका संयोजक इन्जिनियर प्रविण यादवले हस्ताक्षर गरेका छन् । गत भदौ ४ गतेदेखि संघर्ष समितिका संयोजक इन्जिनियर यादवको नेतृत्वमा १० जना आमरण अनशन बसेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगर कार्यपालिकाको कार्यालय कविलासी सर्लाहीको सार्वजनिक अनुरोध !!!
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
२४ अंकले घट्यो नेप्से, ११ अर्ब २३ करोडको कारोबार
२४ अंकले घट्यो नेप्से, ११ अर्ब २३ करोडको कारोबार
गाडीको ठक्करबाट तिलोत्तमामा एक जनाको मृत्यु
गाडीको ठक्करबाट तिलोत्तमामा एक जनाको मृत्यु
मधेश प्रदेश सरकार गठनविरुद्ध सात दलका सांसदहरू धर्नामा
मधेश प्रदेश सरकार गठनविरुद्ध सात दलका सांसदहरू धर्नामा
देउवाले कांग्रेसका शीर्ष नेताहरूलाई बोलाए छलफलमा
देउवाले कांग्रेसका शीर्ष नेताहरूलाई बोलाए छलफलमा
कर्णालीका मुख्यमन्त्री शाहीले लिए सपथ 
कर्णालीका मुख्यमन्त्री शाहीले लिए सपथ 
सरकारलाई लेखा समितिको निर्देशन- लक्ष्य बनाएरै बेरुजु फर्छ्योट गर्नू
सरकारलाई लेखा समितिको निर्देशन- लक्ष्य बनाएरै बेरुजु फर्छ्योट गर्नू
राष्ट्रिय लोककला, परम्परागत चित्रकला तथा शिल्प–हस्तकला सम्मेलन २०८२ सम्पन्न
राष्ट्रिय लोककला, परम्परागत चित्रकला तथा शिल्प–हस्तकला सम्मेलन २०८२ सम्पन्न
‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलिसकेको अवस्थामा एक जनाको श*व फेला
‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलिसकेको अवस्थामा एक जनाको श*व फेला