बैंकिङले बढायो सेयर बजार, नेप्से २७३४ अंकमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ८, २०८३
|
|
४४८ पटक हेरिएको
Shares
बैंकिङले बढायो सेयर बजार, नेप्से २७३४ अंकमा

सारांश

  • अघिल्लो दिन १४.
  • १७ अंक बढेको सेयर बजार शुक्रबार ७.
  • ९० अंक बढेको छ ।

८ साउन, काठमाडौं ।

अघिल्लो दिन १४.१७ अंक बढेको सेयर बजार शुक्रबार ७.९० अंक बढेको छ । यो वृद्धिसँगै बजारको परिसूचक नेप्से २७३४ अंकमा कायम भएको छ । आज बजारको वृद्धिमा बैंकिङको सबैभन्दा महत्त्वपूर्ण योगदान रह्यो । नेप्सेको आजको अंक गत जेठ २७ यताकै उच्च हो । दिउँसो ११ : ४६ बजे नेप्से परिसूचक २७४७ अंकसम्म पुगेको थियो, जुन अंक दिनभरको लागि अधिकतम रह्यो । त्यसपछि अन्तिमसम्म नै बजारको वृद्धि सुस्तायो । आज १४३ कम्पनीको मूल्य बढ्दा ११८ को घटेको छ भने १५ को स्थिर रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ६ अर्ब २६ करोडको भयो । सबैभन्दा शक्तिशाली समूह बैंकिङले आज बजारको वृद्धिलाई ठूलो योगदान दियो । नेप्से जम्मा ०.२८ प्रतिशत बढ्दा बैंकिङ समूह सबैभन्दा धेरै १.१७ प्रतिशत बढ्यो । १ प्रतिशतभन्दा धेरै बढ्ने समूह बैंकिङ मात्रै रह्यो ।

त्यस्तै विकास बैंक ०.९६, होटल तथा पर्यटन ०.४२, जीवन बीमा ०.१३, माइक्रोफाइनान्स ०.३६, निर्जीवन बीमा ०.०२, प्रतिशत बढे । व्यापार ०.३५, अन्य ०.२६, उत्पादन तथा प्रशोधन ०.५९, जलविद्युत् ०.१२ तथा फाइनान्स ०.१५ प्रतिशत घटे । हालै सूचीकृत भएको नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै सगरमाथा जलविद्युतको ६.५९, खानीखोला हाइड्रोपावरको ६.००, झापा इनर्जीको ५.५० तथा दरामखोला हाइड्रो इनर्जीको ४.६८ प्रतिशत मूल्य बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ७.३८, बोटलर्स नेपाल बालाजुको ३.००, नाडेप लघुवित्तको २.८९, सोलु हाइड्रोपावरको २.८९ प्रतिशत मूल्य घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, कुमारी बैंक, आँखुखोला जलविद्युत् र रिलायन्स स्पिनिङ मिल्स छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घट्यो
प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घट्यो
सुदूरपश्चिमका मुख्यमन्त्री भारतको औपचारिक भ्रमणमा जाँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भारतको औपचारिक भ्रमणमा जाँदै
तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु
तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु
ज्येष्ठ नागरिकको अधिकार र सम्मान स्मरण गर्दै आज ज्येष्ठ नागरिक दिवस मनाइँदै
ज्येष्ठ नागरिकको अधिकार र सम्मान स्मरण गर्दै आज ज्येष्ठ नागरिक दिवस मनाइँदै
अमेरिकासँग वार्ता गर्नुको तुक छैन: इरानी सांसद
अमेरिकासँग वार्ता गर्नुको तुक छैन: इरानी सांसद
थापाथली पुगे श्रम संस्कृतिका सांसद आरेन राई, भने- सुकुमवासीको पक्षमा हामी हुनेछौं
थापाथली पुगे श्रम संस्कृतिका सांसद आरेन राई, भने- सुकुमवासीको पक्षमा हामी हुनेछौं
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
जेनजी आन्दोलनमा गोली आदेशको सत्यता अनुसन्धानबाटै आउनुपर्छ: महान्यायाधिवक्ता
जेनजी आन्दोलनमा गोली आदेशको सत्यता अनुसन्धानबाटै आउनुपर्छ: महान्यायाधिवक्ता
उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने, एनपीएलको खेल तालिका सार्वजनिक,
उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने, एनपीएलको खेल तालिका सार्वजनिक,