महाशिवरात्रिमा पशुपति आएका साधु सन्तलाई दक्षिणासहित विदाइ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन १६, २०८१
|
|
२३ पटक हेरिएको
Shares
महाशिवरात्रिमा पशुपति आएका साधु सन्तलाई दक्षिणासहित विदाइ

सारांश

  • साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेका हुन् ।
  • साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले गरेको थियो ।
  • गुठी संस्थान र कोषले साधुसन्तहरूको वर्गिकरण गर्दै त्यहिअनुसारको खर्चको व्यवस्था गर्दै आएको छ।

१६ फागुन, काठमाडौं : महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेका हुन् । साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले गरेको थियो ।

गुठी संस्थान र कोषले साधुसन्तहरूको वर्गिकरण गर्दै त्यहिअनुसारको खर्चको व्यवस्था गर्दै आएको छ। नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी दक्षिणा दिने प्रचलन रहेको छ । वर्ग अनुसार दुई सय देखि ९ हजारसम्म दक्षिणा दिइएको गुठी संस्थानका सहायक प्रशासक बैकुण्ठ प्रसाद रेग्मीले जानकारी दिए ।

साधुसन्त बिदाइकै लागि गुठी संस्थानले छुट्याएको बजेटमा आधा रकम थप गर्दै कोषले साधुसन्तको विदाइ गर्ने गरेको उनले बताए।महाशिवरात्रिमा पशुपतिनाथमा दर्शनका लागि आएका साधुसन्तलाई पशुपतिनाथको विभिन्न स्थानमा  राखी खाने,बस्ने एवम् धुनीका लागि काठको व्यवस्था गरिएको थियो । महाशिवरात्रिका लागि विभिन्न स्थानबाट आएका साधुसन्तलाई फागुन कृष्ण औंसीका दिन दक्षिणासहित बिदाइ गर्ने प्राचीन परम्परा रहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल बार निर्वाचन : कसको मत कति ?
नेपाल बार निर्वाचन : कसको मत कति ?
एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्रको शुभारम्भ
एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्रको शुभारम्भ
त्रिशूलीमा खस्यो ट्रक : चालकको मृत्यु, सहचालक घाइते
त्रिशूलीमा खस्यो ट्रक : चालकको मृत्यु, सहचालक घाइते
इप्पान सरोकारवाला होइन साझेदार निकाय हो : ऊर्जामन्त्री श्रेष्ठ
इप्पान सरोकारवाला होइन साझेदार निकाय हो : ऊर्जामन्त्री श्रेष्ठ
पहिरोले राप्ती राजमार्ग अवरुद्ध
पहिरोले राप्ती राजमार्ग अवरुद्ध
प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने पूर्वमन्त्री रामनाथ अधिकारीको घोषणा
प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने पूर्वमन्त्री रामनाथ अधिकारीको घोषणा
एमाले महाधिवेशन : भोट खसाल्ने ठाउँमा मोबाइल र उम्मेदवारको लिस्ट लैजान रोक
एमाले महाधिवेशन : भोट खसाल्ने ठाउँमा मोबाइल र उम्मेदवारको लिस्ट लैजान रोक
माइतीघरको जेनजी प्रदर्शनमा युवाहरूको भिड बढ्दै
माइतीघरको जेनजी प्रदर्शनमा युवाहरूको भिड बढ्दै
विकट गाउँमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र
विकट गाउँमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र
उद्योगमा विद्युतको लाइन जोड्ने सरकारको निर्देशनप्रति प्राधिकरणका कर्मचारीको चेतावनी
उद्योगमा विद्युतको लाइन जोड्ने सरकारको निर्देशनप्रति प्राधिकरणका कर्मचारीको चेतावनी