प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनकै उपज हो : डा. भट्टराई

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ७, २०८२
|
|
२६ पटक हेरिएको
Shares
प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनकै उपज हो : डा. भट्टराई

सारांश

  • पूर्वप्रधानमन्त्री डा.
  • बाबुराम भट्टराईले राजनीतिक पुनःसंरचनाको खोजीका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको टिप्पणी गरेका छन् ।
  • आइतबार राष्ट्रियसभा गृहमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनपछि आफू खुशी रहेको भन्दै जेनजी आन्दोलनकै उपज प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको बताए ।

७ मंसिर, काठमाडौं ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजनीतिक पुनःसंरचनाको खोजीका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको टिप्पणी गरेका छन् । आइतबार राष्ट्रियसभा गृहमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनपछि आफू खुशी रहेको भन्दै जेनजी आन्दोलनकै उपज प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको बताए ।

उनले यो आन्दोलनले पुरानो ढङगले चल्दैन भन्ने कुरा नेपालमा स्थापित गराएको समेत बताए । उनले भने, ‘विश्वको औषतभन्दा १० गुणा तल रहेको समाजले अहिलेको जेनजी पुस्ताले सोचेको विचार पूराना दल र नेताबाट हुन सक्दैन थियो । त्यसैले त्यो गुम्सिएर बसेको अन्तरविरोध नै भदौ २३ र २४ गते विस्फोट हो । त्यो विस्फोटपछि म खुशी छु । अब दुनियाले बुझ्नेगरी पुरानो ढङगले चल्दैन भन्ने कुरा नेपालमा स्थापित भयो ।’ उनले राजनीतिक पुनःसंरचनाको खोजी नभए विश्वसँग जोडिएर जान नसक्ने बताउँदै नेपाल र जेनजी पुस्ताले अपेक्षा अनुसार काम गर्न प्रगतिशील लोकतान्त्रिक पार्टी रहेको बताए ।

‘अब पार्टी र दल मात्र म भन्दिन राजनीतिक पुनःसरचना गर्न खोजिएको हो । त्यसो नगरे विश्वसँग हामी जोडिएर जान सक्दैनौ । अहिलेको नेपाल र जेनजी पुस्ताले जे अपेक्षा गरेका हुन् त्यो पुरा गर्न सकिदैन । त्यसैले प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको छ । यो पार्टी भनेको जेनजी आन्दोलनको उपज हो र जेनजी पुस्ताको पार्टी हो भनेर बुझ्न जरुरी छ,’उनले भने । पूर्वप्रधानमन्त्री भट्टराईले पार्टीको एजेण्डा भनेकै जेनजी पुस्ताको चेतना र आवश्यकतासँग जोडिएका कुराको मागहरु पुर्ति गर्ने बताए । डा.भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकताबाट ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ निर्माण गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बझाङमा एमालेको सुरुवाती अग्रता
बझाङमा एमालेको सुरुवाती अग्रता
उपत्यकाबाट बाहिरिने सबै नाका पूर्णरुपमा अवरुद्ध, खुलाउने प्रयास जारी
उपत्यकाबाट बाहिरिने सबै नाका पूर्णरुपमा अवरुद्ध, खुलाउने प्रयास जारी
सर्लाहीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु, अर्की बहिनी घाइते
सर्लाहीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु, अर्की बहिनी घाइते
राप्रपाका युवाहरू आपसमै भिडेपछि अधिवेशन स्थगित
राप्रपाका युवाहरू आपसमै भिडेपछि अधिवेशन स्थगित
मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत
मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत
फेटामा मोतियाबिन्दुका कारण कसैले पनि आँखा गुमाउनु नपरोस : युवा नेता उमेश दुबे
फेटामा मोतियाबिन्दुका कारण कसैले पनि आँखा गुमाउनु नपरोस : युवा नेता उमेश दुबे
काभ्रेको बाढी प्रभावित क्षेत्रमा पुगेर मन्त्री घिसिङले भने: पुनर्निर्माण चाँडै हुनेछ
काभ्रेको बाढी प्रभावित क्षेत्रमा पुगेर मन्त्री घिसिङले भने: पुनर्निर्माण चाँडै हुनेछ
सर्वोच्चको तेस्रो आदेश– सम्पत्ति छानबिनको सबै काम तत्कालका लागि रोक्नू
सर्वोच्चको तेस्रो आदेश– सम्पत्ति छानबिनको सबै काम तत्कालका लागि रोक्नू
कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण र लगानी वृद्धि सरकारको प्राथमिकतामाः प्रधानमन्त्री
कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण र लगानी वृद्धि सरकारको प्राथमिकतामाः प्रधानमन्त्री
गाजामा युद्धविराम सम्भावना : हमासले बन्धक मुक्त र इजरायलले कैदीहरू रिहा गर्ने
गाजामा युद्धविराम सम्भावना : हमासले बन्धक मुक्त र इजरायलले कैदीहरू रिहा गर्ने