प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनकै उपज हो : डा. भट्टराई

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ७, २०८२
|
|
३९ पटक हेरिएको
Shares
प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनकै उपज हो : डा. भट्टराई

सारांश

  • पूर्वप्रधानमन्त्री डा.
  • बाबुराम भट्टराईले राजनीतिक पुनःसंरचनाको खोजीका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको टिप्पणी गरेका छन् ।
  • आइतबार राष्ट्रियसभा गृहमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनपछि आफू खुशी रहेको भन्दै जेनजी आन्दोलनकै उपज प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको बताए ।

७ मंसिर, काठमाडौं ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजनीतिक पुनःसंरचनाको खोजीका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको टिप्पणी गरेका छन् । आइतबार राष्ट्रियसभा गृहमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनपछि आफू खुशी रहेको भन्दै जेनजी आन्दोलनकै उपज प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको बताए ।

उनले यो आन्दोलनले पुरानो ढङगले चल्दैन भन्ने कुरा नेपालमा स्थापित गराएको समेत बताए । उनले भने, ‘विश्वको औषतभन्दा १० गुणा तल रहेको समाजले अहिलेको जेनजी पुस्ताले सोचेको विचार पूराना दल र नेताबाट हुन सक्दैन थियो । त्यसैले त्यो गुम्सिएर बसेको अन्तरविरोध नै भदौ २३ र २४ गते विस्फोट हो । त्यो विस्फोटपछि म खुशी छु । अब दुनियाले बुझ्नेगरी पुरानो ढङगले चल्दैन भन्ने कुरा नेपालमा स्थापित भयो ।’ उनले राजनीतिक पुनःसंरचनाको खोजी नभए विश्वसँग जोडिएर जान नसक्ने बताउँदै नेपाल र जेनजी पुस्ताले अपेक्षा अनुसार काम गर्न प्रगतिशील लोकतान्त्रिक पार्टी रहेको बताए ।

‘अब पार्टी र दल मात्र म भन्दिन राजनीतिक पुनःसरचना गर्न खोजिएको हो । त्यसो नगरे विश्वसँग हामी जोडिएर जान सक्दैनौ । अहिलेको नेपाल र जेनजी पुस्ताले जे अपेक्षा गरेका हुन् त्यो पुरा गर्न सकिदैन । त्यसैले प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको छ । यो पार्टी भनेको जेनजी आन्दोलनको उपज हो र जेनजी पुस्ताको पार्टी हो भनेर बुझ्न जरुरी छ,’उनले भने । पूर्वप्रधानमन्त्री भट्टराईले पार्टीको एजेण्डा भनेकै जेनजी पुस्ताको चेतना र आवश्यकतासँग जोडिएका कुराको मागहरु पुर्ति गर्ने बताए । डा.भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकताबाट ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ निर्माण गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पछिल्लो २४ घण्टामै गाजामा भएको इजरायली आक्रमणमा ५२ प्यालेस्टिनीको मृ*त्यु
पछिल्लो २४ घण्टामै गाजामा भएको इजरायली आक्रमणमा ५२ प्यालेस्टिनीको मृ*त्यु
राष्ट्र बैंकले स्थापना गर्‍यो ‘डिजिटल फाइनान्स इन्नोभेसन हब’
राष्ट्र बैंकले स्थापना गर्‍यो ‘डिजिटल फाइनान्स इन्नोभेसन हब’
झिनो अंकले घट्यो नेप्से, ६ अर्ब ५७ करोडको कारोबार
झिनो अंकले घट्यो नेप्से, ६ अर्ब ५७ करोडको कारोबार
विद्युत बक्यौताबारे तत्कालीन प्रधानमन्त्री दाहालसँग संसद्ले स्पष्टिकरण लिनुपर्छः योगेश भट्टराई
विद्युत बक्यौताबारे तत्कालीन प्रधानमन्त्री दाहालसँग संसद्ले स्पष्टिकरण लिनुपर्छः योगेश भट्टराई
सुदन गुरुङलाई रवि लामिछानेले भने– ‘मलाई अन्याय भयो, जेनजी मुभमेन्टको साथमा छौँ’
सुदन गुरुङलाई रवि लामिछानेले भने– ‘मलाई अन्याय भयो, जेनजी मुभमेन्टको साथमा छौँ’
चुनाव हारेपछि रुस गएका पूर्ववडाध्यक्ष तिलक युद्धमा मारिए
चुनाव हारेपछि रुस गएका पूर्ववडाध्यक्ष तिलक युद्धमा मारिए
जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन
जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन
छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण
छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण
यस्तो छ आज विदेशी मुद्राको विनियम दर, कुन देशको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनियम दर, कुन देशको कति ?
यो दुई तिहाइको हैन षडयन्त्रको सरकार हो : प्रचण्ड
यो दुई तिहाइको हैन षडयन्त्रको सरकार हो : प्रचण्ड
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...