एमाले महाधिवेशनको उदघटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १८, २०८२
|
|
२६ पटक हेरिएको
Shares
एमाले महाधिवेशनको उदघटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने

सारांश

  • एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने एमालेले जनाएको छ ।
  • स्वयंसेवक परिचालन समिति संयोजक भानुभक्त ढकालले उदघाटनको खुल्लासत्रमा उल्लेख्य सहभागिता हुने भएकाले १० हजार स्वयंसेवक परिचालन गर्ने बताएका हुन् ।
  • बन्दसत्रमा त्रमा करिब ५०० स्वयंसेवक खटाइने उनले बताए ।

१८ मंसिर, काठमाडौं ।

एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने एमालेले जनाएको छ । स्वयंसेवक परिचालन समिति संयोजक भानुभक्त ढकालले उदघाटनको खुल्लासत्रमा उल्लेख्य सहभागिता हुने भएकाले १० हजार स्वयंसेवक परिचालन गर्ने बताएका हुन् । बन्दसत्रमा त्रमा करिब ५०० स्वयंसेवक खटाइने उनले बताए ।

एमालेको ११ औं महाधिवेशनको उदघाटन यही मंसिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुने तय भएको छ । संयोजक ढकालका अनुसार स्वयंसेवक पार्टीका विभिन्न २४ जनसंगठन र विभिन्न कमिटीबाट खटाइने छ । एमालेले हालै गठन गरेको राष्ट्रिय स्वयंसेवक फोर्स (एनभीएफ)ले पनि स्वयंसेवाको समन्वय गर्नेछ ।उदघाटन समारोहको मञ्च व्यवस्थापन, शौचालयलगायत आवश्यक पूर्वाधार निर्माणका लागि स्वयंसेवक परिचालन भइसकेका छन् ।

उदघाटनका दिन पूर्वबाट आउने सवरीसाधानलाई जगातीस्थित इँटा तथा टायल कारखानामा र पश्चिमबाट आउने सवारीसाधनलाई गठ्ठाघरबाट कमेरोटार क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको एमालेले जनाएको छ । एमाले महाधिवेशन यही मंसिर २७ गतेदेखि २९ गतेसम्म हुनेछ । महाधिवेशनमा आयोजक र निर्वाचित गरी २ हजार ४०० प्रतिनिधि रहने एमालेले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
युनिटी कप टी–२० खेल्न राष्ट्रिय टिमले पायो यूएईको भिसा
युनिटी कप टी–२० खेल्न राष्ट्रिय टिमले पायो यूएईको भिसा
जनता समाजवादी पार्टी, नेपालको चुनावी घोषणा–पत्र सार्वजनिक
जनता समाजवादी पार्टी, नेपालको चुनावी घोषणा–पत्र सार्वजनिक
एकीकृत समाजवादीले बनायो एमसीसी अनुगमन समिति
एकीकृत समाजवादीले बनायो एमसीसी अनुगमन समिति
विश्व स्वास्थ्य संगठन महासभाको उपाध्यक्षमा नेपाल निर्वाचित
विश्व स्वास्थ्य संगठन महासभाको उपाध्यक्षमा नेपाल निर्वाचित
गौर हत्याकाण्डमा सर्वोच्चको आदेश र उपनिर्वाचनबारे छलफल गर्न मोर्चाले बोलायो बैठक
गौर हत्याकाण्डमा सर्वोच्चको आदेश र उपनिर्वाचनबारे छलफल गर्न मोर्चाले बोलायो बैठक
नेपाल आईपुगिन् देवि प्रतिभा, पोखरामा गरियो स्वागत
नेपाल आईपुगिन् देवि प्रतिभा, पोखरामा गरियो स्वागत
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
कार्यकर्तालाई ओलीको निर्देशन– १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा राख्नेगरी लाग्नुहोस्
कार्यकर्तालाई ओलीको निर्देशन– १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा राख्नेगरी लाग्नुहोस्
ऊर्जामन्त्री घिसिङको भारत भ्रमण स्वीकृत (मन्त्रिपरिषद् निर्णयसहित)
ऊर्जामन्त्री घिसिङको भारत भ्रमण स्वीकृत (मन्त्रिपरिषद् निर्णयसहित)