बुल्दीखोलामा छ करोडमा पक्की पुल निर्माण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३, २०८२
|
|
३८ पटक हेरिएको
Shares
बुल्दीखोलामा छ करोडमा पक्की पुल निर्माण

सारांश

  • तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने बुल्दीखोलामा रु छ करोडभन्दा बढी लागतमा पक्की पुल निर्माण गरिएको छ ।
  • सम्झौताभन्दा चार महिनाअगावै यहाँ पक्की पुल निर्माण सम्पन्न भएको हो ।
  • रु छ करोड ५६ लाख ४३ हजार २७२ लागत अनुमान गरिएको पुलको ठेक्का रु छ करोड एक लाख १७ हजार ३२४ मा लागेको थियो ।

 

 ३ जेठ,तनहुँ ।

तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने बुल्दीखोलामा रु छ करोडभन्दा बढी लागतमा पक्की पुल निर्माण गरिएको छ । सम्झौताभन्दा चार महिनाअगावै यहाँ पक्की पुल निर्माण सम्पन्न भएको हो । रु छ करोड ५६ लाख ४३ हजार २७२ लागत अनुमान गरिएको पुलको ठेक्का रु छ करोड एक लाख १७ हजार ३२४ मा लागेको थियो । पुल निर्माणका लागि सङ्घ सरकारबाट रु एक करोड ३५ लाख सहयोग भएको थियो भने बाँकी रकम नगरपालिकाको स्रोत रहेको नगरपालिकाका सहायक प्रशासकीय अधिकृत भेषराज तिवारीले जानकारी दिनुभयो ।

विसं २०८० फागुन २३ गते सम्झौता पुलको काम वैशाख २२ गते सम्पन्न भएको थियो । विसं २०८२ भदौ ३० गतेसम्म पुल सम्पन्न गर्ने म्याद रहेको छ । पच्चीस मिटर लामो पुल सिङ्गल स्पान प्रविधिको हो । ज्वालामुखी कन्स्ट्रक्सन प्रालिले पुल निर्माण गरेको हो । पुल निर्माणपश्चात् दुई वडाका सर्वसाधारण लाभान्वित हुनेछन् । पक्की पुल निर्माण भएको स्थानमा यसअघि ह्युमपाइप कल्र्भट राखेर यातायात सञ्चालन भइरहेको थियो । बर्सातको समयमा बुल्दीखोलामा बाढी आउँदा उक्त कल्भर्टले पानीको बहावलाई रोक्दा वरपरको स्थानमा डुबान हुने गरेको थियो । जसका कारण आसपासका घर जोखिममा परेको र बसपार्क जान समेत समस्या हुँदै आएकामा अब भने सहज हुने भएको छ ।

यसैबीच निर्माण सम्पन्न भएको पुलको शुक्रबार सार्वजनिक परीक्षण गरिएको छ । व्यास नगरपालिकाको आयोजनामा तेस्रो पक्ष मूल्याङ्कन, स्थलगत अनुगमन तथा सार्वजनिक परीक्षण गरिएको हो । उक्त कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, विभिन्न वडाका अध्यक्ष, टोल विकास संस्थाका प्रतिनिधिको सहभागिता थियो । सो अवसरमा नगरपालिका अनुगमन तथा मूल्याङ्कन समितिबाट पुलको अनुगमन हुनुका साथै पूर्वाधार विकास कार्यालय तनहुँका इञ्जिनियर विजय थापाको पुलको पुनः मूल्याङ्कन गर्ने काम गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदन गुरुङ गोरखा-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने
सुदन गुरुङ गोरखा-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने
संविधान खारेजदेखि ऋण मिनाहासम्म गर्नुपर्ने भन्दै दुर्गा प्रसाईँ समूहले गृह मन्त्रालयमा बुझायो २७ बुँदे माग
संविधान खारेजदेखि ऋण मिनाहासम्म गर्नुपर्ने भन्दै दुर्गा प्रसाईँ समूहले गृह मन्त्रालयमा बुझायो २७ बुँदे माग
बालेनले ओलीलाई भने– जति भ्रम फैलाए पनि, हामी तपाईँको कार्यकर्तासँग झुक्दैनौँ
बालेनले ओलीलाई भने– जति भ्रम फैलाए पनि, हामी तपाईँको कार्यकर्तासँग झुक्दैनौँ
दुर्गा प्रसाईलाई सर्वोच्च अदालत लगियो
दुर्गा प्रसाईलाई सर्वोच्च अदालत लगियो
विश्वकप क्रिकेट: नेदरल्यान्ड्समाथि अस्ट्रेलियाको कीर्तिमानी जित
विश्वकप क्रिकेट: नेदरल्यान्ड्समाथि अस्ट्रेलियाको कीर्तिमानी जित
काभ्रेमा बसको ठ*क्करबाट पैदलयात्रीको मृ*त्यु
काभ्रेमा बसको ठ*क्करबाट पैदलयात्रीको मृ*त्यु
प्रमुख प्रतिपक्ष दलद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना
प्रमुख प्रतिपक्ष दलद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना
एमालेको सचिवालय बैठक आज बस्दै
एमालेको सचिवालय बैठक आज बस्दै
असई हुँ भन्दै ठगी गर्ने २६ वर्षीय युवक पक्राउ
असई हुँ भन्दै ठगी गर्ने २६ वर्षीय युवक पक्राउ
ऊर्जा मन्त्रालयले दियो कुलमानलाई बर्खास्त गर्नुका १० कारण
ऊर्जा मन्त्रालयले दियो कुलमानलाई बर्खास्त गर्नुका १० कारण