संविधान खारेजदेखि ऋण मिनाहासम्म गर्नुपर्ने भन्दै दुर्गा प्रसाईँ समूहले गृह मन्त्रालयमा बुझायो २७ बुँदे माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २६, २०८२
|
|
३३ पटक हेरिएको
Shares
संविधान खारेजदेखि ऋण मिनाहासम्म गर्नुपर्ने भन्दै दुर्गा प्रसाईँ समूहले गृह मन्त्रालयमा बुझायो २७ बुँदे माग

सारांश

  • दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले गृह मन्त्रालयमा २७ बुँदे माग पत्र बुझाएको छ ।
  • आज गृहमन्त्री ओमप्रकाश अर्यालसहितको वार्तामा प्रसाईं समूहका माधव प्रसाद खतिवडाले मागपत्र बुझाएका हुन् ।
  • मागपत्र बुझाएपछि सुरु भएको वार्ता आजलाई सकिएको वार्ताको सहजीकरण गरेका अधिवक्ता विनोदमणि भट्टराईले जानकारी दिए ।

२६ कात्तिक, काठमाडौं ।

दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले गृह मन्त्रालयमा २७ बुँदे माग पत्र बुझाएको छ । आज गृहमन्त्री ओमप्रकाश अर्यालसहितको वार्तामा प्रसाईं समूहका माधव प्रसाद खतिवडाले मागपत्र बुझाएका हुन् । मागपत्र बुझाएपछि सुरु भएको वार्ता आजलाई सकिएको वार्ताको सहजीकरण गरेका अधिवक्ता विनोदमणि भट्टराईले जानकारी दिए । मागपत्रमा संविधान खारेजदेखि, राजसंस्था पुनर्स्थापना र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसम्म छन् । साथै बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण मिनाहाका माग पनि प्रसाईंले राखेको छ ।

पहिलो नम्बरमा नेपाल नेपालीले नै बनाउने र यहाँको व्यापार पनि नेपालीले नै गर्न पाउने वातावरण बनाउन माग गरेका राखेका छन् । त्यस्तै संविधान खारेज गरी बौद्ध किराँत सहित वैदिक सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य र संवैधानिक राजसंस्थाको स्थापना गरिनुपर्ने माग गरिएको छ । यो विषय जनमत संग्रहमार्फत टुंग्याउनुपर्ने पनि माग उनको छ । त्यस्तै प्रदेश संरचना खारेज गरी ५ विकास क्षेत्र, १४ अञ्चल, ७५ जिल्ला पुरानै अवस्थामा कायम गर्नुपर्ने माग छ । बैंक वित्तीय संस्थालाई राष्ट्रियकरण गरी जोखिम रकम उठाई बैंक र व्यवसायीलाई छुट्याउनुपर्ने माग गरिएको छ ।

नेपालमै सीपअनुसारको रोजगारी र खाडीका जेलमा बस्न बाध्य करिब ७ हजार युवालाई सरकारको पहलमा स्वदेश फिर्ता गराउनुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख छ । सर्वहारा र भुईँमान्छले लघुवित्त र सहकारीबाट लिएको २० लाखभन्दा मुनिको ऋण मिनाहा गर्नुपर्ने माग प्रसाईं समूहले राखेको छ । यसैगरी २० लाख भन्दा बढीको ऋण २५ किस्ताबन्दीमा पाँच प्रतिशत ब्याजदरमा तिर्न पाउनुपर्ने सुविधाको माग पनि प्रसाईं समूहले राखेको छ ।

यस्ता छन् प्रसाईं समूहका २७ बुँदे माग–

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीविरूद्ध टुँडिखेलमा नाराबाजी गरेको आरोपमा दुई जना प्रहरीको नियन्त्रणमा
प्रधानमन्त्री ओलीविरूद्ध टुँडिखेलमा नाराबाजी गरेको आरोपमा दुई जना प्रहरीको नियन्त्रणमा
प्रतिनिधिसभाः मर्यादापालकलाई खाजा र भत्ताको व्यवस्था गर्न आग्रह
प्रतिनिधिसभाः मर्यादापालकलाई खाजा र भत्ताको व्यवस्था गर्न आग्रह
पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, आजै शपथ
पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, आजै शपथ
कोशीमा कोरोना सङ्क्रमणको जोखिम, के छ सरकारी तयारी ?
कोशीमा कोरोना सङ्क्रमणको जोखिम, के छ सरकारी तयारी ?
प्रधानमन्त्रीसँग वार्ताको तयारी भइरहेको छ: प्रसाईं
प्रधानमन्त्रीसँग वार्ताको तयारी भइरहेको छ: प्रसाईं
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश मुसलमानको इजलासमा
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश मुसलमानको इजलासमा
अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच शिष्टाचार भेटवार्ता
अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच शिष्टाचार भेटवार्ता
बुद्धजयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा
बुद्धजयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा
बर्दियाको समृद्धि विशेष प्राथमिकतामाः अध्यक्ष दाहाल
बर्दियाको समृद्धि विशेष प्राथमिकतामाः अध्यक्ष दाहाल
दार्चुलामा दुई लाख रुपैयाँसहित ८ जना जुवाडे पक्राउ
दार्चुलामा दुई लाख रुपैयाँसहित ८ जना जुवाडे पक्राउ