जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २०, २०८२
|
|
३४ पटक हेरिएको
Shares
जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी

सारांश

  • जनता समाजावादी पार्टीका मधेश प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयले अपराधिक उपद्रवविरुद्ध जाहेरी लिएर अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।
  • बिहीबार राति जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई धम्काएपछि आज दिउँसो सर्लाही प्रहरीले उनीविरुद्ध जाहेरी लिएपछि अदालतबाट पक्राउ पुर्जी जारी गरेको हो।
  • अध्यक्ष यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपीलाई लुटेरा भन्दै धम्क्याएका थिए।

२० असार, सर्लाही ।

जनता समाजावादी पार्टीका मधेश प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयले अपराधिक उपद्रवविरुद्ध जाहेरी लिएर अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। बिहीबार राति जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई धम्काएपछि आज दिउँसो सर्लाही प्रहरीले उनीविरुद्ध जाहेरी लिएपछि अदालतबाट पक्राउ पुर्जी जारी गरेको हो।

अध्यक्ष यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपीलाई लुटेरा भन्दै धम्क्याएका थिए। सर्लाहीमा पछिल्लो समय तस्करी नियन्त्रणमा प्रहरी सक्रिय भएपछि विवाद पनि चुलिँदै गएको हो । जिल्लामा तस्करीको नाममा निर्दोष नागरिकलाई मुद्दामा फसाउने र असली तस्करलाई जोगाइएको आरोप खेप्दै आएको प्रहरीमाथि अध्यक्ष यादवले अपशब्द प्रयोग गरेका थिए । बिहीबार राति जिल्ला प्रहरी प्रमुख एसपी खड्कासँगको विवादमा जसपा नेपालका मधेश प्रदेश अध्यक्ष अशोक यादवले अश्लील शब्द प्रयोग गर्दै धम्की दिएका थिए। एसपीलाई मधेशमा लुट्न आएको भनेपछि विवाद चर्केको थियो।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?