बोलिभियामा २ बस एक आपसमा ठोक्किँदा भयानक दुर्घटना, ३७ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन १८, २०८१
|
|
३८ पटक हेरिएको
Shares
बोलिभियामा २ बस एक आपसमा ठोक्किँदा भयानक दुर्घटना, ३७ जनाको मृत्यु

सारांश

  • करिब ४० जना घाइते भएका छन्।
  • सन्तुलन गुमाएका कारण एउटा बस डिभाइडर तोडेर अर्को बससँग ठोक्किँदा दुर्घटना भएको हो।
  • दुर्घटनामा ज्यान गुमाउनेमा दुई बालबालिका समेत रहेका छन्।

१८ फागुन,  काठमाडौँ – दक्षिण बोलिभियाको राजमार्गमा भएको सडक दुर्घटनामा ३७ जनाको मृत्यु भएको छ। करिब ४० जना घाइते भएका छन्।सन्तुलन गुमाएका कारण एउटा बस डिभाइडर तोडेर अर्को बससँग ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा ज्यान गुमाउनेमा दुई बालबालिका समेत रहेका छन्।

प्रहरी कमान्डर विल्सन फ्लोरेसले दुर्घटनाको पुष्टि गर्दै एउटा बसका चालकको अवस्था गम्भीर रहेको र अर्को बसका चालकको अवस्था स्थिर रहेको बताए। घाइतेहरू खतरामुक्त छन्। मृतकको शवलाई नियन्त्रणमा लिई आफन्तलाई बुझाइएको छ। दुर्घटनाको कारण खोजी भइरहेको छ। पुलिस कमान्डर विल्सन फ्लोरेसले उयुनी र कोलचाबिचको राजमार्गमा दुर्घटना भएको बताए।

उयुनीबाट करिब ५ किलोमिटर पर दुर्घटना भएको बस ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो पर्व मध्येको एक प्रसिद्ध ओरो कार्निभल आयोजना भइरहेको ओरुरो सहरतर्फ जाँदै थियो। उक्त कार्निवलमा सहभागी हुन गएका मानिसहरू दुर्घटनाको सिकार भएका थिए। यस कार्निवलमा हजारौँ मानिस सहभागी हुन्छन्। प्रहरीले दुवै चालकको मदिरा परीक्षणको रिपोर्ट पर्खिरहेको छ। रिपोर्ट पोजेटिभ आएमा चालकलाई कडा कारबाही गरिने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन सुरक्षाका लागि एक लाख २० हजार म्यादी प्रहरी भर्ती गर्ने निर्णय
निर्वाचन सुरक्षाका लागि एक लाख २० हजार म्यादी प्रहरी भर्ती गर्ने निर्णय
आज विश्व मुटुरोग दिवस मनाइँदै
आज विश्व मुटुरोग दिवस मनाइँदै
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको माग गर्दै आन्दोलन
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको माग गर्दै आन्दोलन
प्रधानमन्त्री ओली भन्छन्- एमालेमाथि हमला भयो, अब चुनावमा जवाफ दिन्छौँ
प्रधानमन्त्री ओली भन्छन्- एमालेमाथि हमला भयो, अब चुनावमा जवाफ दिन्छौँ
एनपीएल : विराटनगर किंग्स १२७ रन बनाएर अलआउट
एनपीएल : विराटनगर किंग्स १२७ रन बनाएर अलआउट
प्राइम बैंकले बाढीपीडितलाई ३१ लाख सहयोग गर्ने
प्राइम बैंकले बाढीपीडितलाई ३१ लाख सहयोग गर्ने
महेश बस्नेत सहितका नेतामाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति एमालेको आपत्ति
महेश बस्नेत सहितका नेतामाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति एमालेको आपत्ति
ठमेलबाट २ केजी सुनसहित २ चिनियाँ नागरिक पक्राउ
ठमेलबाट २ केजी सुनसहित २ चिनियाँ नागरिक पक्राउ
जसपाका प्रदेश अध्यक्ष अशोक यादवले छाडे पार्टी, साधारण सदस्यसमेत नरहने गरी दिए राजीनामा
जसपाका प्रदेश अध्यक्ष अशोक यादवले छाडे पार्टी, साधारण सदस्यसमेत नरहने गरी दिए राजीनामा
५८ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
५८ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो