बाराकाेमा बसको ठक्करबाट माेटरसाइकलमा सवार दुई जनाकाे मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १५, २०८२
|
|
२७ पटक हेरिएको
Shares
बाराकाेमा बसको ठक्करबाट माेटरसाइकलमा सवार दुई जनाकाे मृ*त्यु

सारांश

  • मकवानपुर र बाराको सीमा क्षेत्र चुरियामाईको उकालोमा बस र मोटरसाईकलको दुर्घटना हुँदा दुई परिवारका दुई जनाको मृत्यु भएको छ।
  • बाराको जितपुर सिमरा उपमहानगरपालिका- २२ स्थित चुरियामाई मन्दिरनजिकै पथलैया–हेटौंडा सडकखण्डको उकालोमा आज बिहान जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना.
  • ७ ख ८५३७ नम्बरको यात्रुबाहक बसको अचानक ब्रेक फेल भई ब्याक हुने क्रममा दुई वटा मोटरसाइकलमा ठक्कर दिएको थियो।

१५ असोज, हेटौंडा ।

मकवानपुर र बाराको सीमा क्षेत्र चुरियामाईको उकालोमा बस र मोटरसाईकलको दुर्घटना हुँदा दुई परिवारका दुई जनाको मृत्यु भएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिका- २२ स्थित चुरियामाई मन्दिरनजिकै पथलैया–हेटौंडा सडकखण्डको उकालोमा आज बिहान जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना. ७ ख ८५३७ नम्बरको यात्रुबाहक बसको अचानक ब्रेक फेल भई ब्याक हुने क्रममा दुई वटा मोटरसाइकलमा ठक्कर दिएको थियो। दुई वटा मोटरसाइकलमा सवार दुई वटा परिवारका ६ जना घाइते भएका थिए । उनीहरूलाई बारा र मकवानपुरका अस्पतालमा उपचारका लागि पठाइएकोमा दुई जनालाई चिकित्सकले मृत घोषणा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिलिपकुमार थापाले जानकारी दिए।

मृत्यु हुनेमा ना. १२ प ३३६० नम्बरका मोटरसाइकल चालक बाराको फेटा गाउँपालिका-१ भरवलिया बस्ने २५ वर्षीय मकेश्वर पटेल र मधेश प्रदेश ०३-०२४ प ४४९५ नम्बरको मोटरसाइकल चालक कञ्चनकुमार पटेलको श्रीमती २६ वर्षीय कविता देवी छन्। गम्भीर घाइते  दुवैलाई प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । पटेलकी २२ वर्षीया श्रीमती कलिता देवी  र २० महिनाकी छोरी तानेया पटेल घाइते भएका छन् । कलिता र छोरीको मकवानपुरको सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताए । त्यस्तै, अर्को मोटरसाइकलमा सवार पर्सा, वीरगञ्ज–३१ का मृतक कविता देवीका श्रीमान् मोटरसाइकल चालक २७ वर्षीय कञ्चनकुमार पटेल र ३ वर्षीय छोरा आयुष पटेल पनि घाइते भएका छन् । कञ्चन र आयुषको सहकारी अस्पताल मकवानपुरमा उपचार भइरहेको छ। बस दुर्घटनापछि फरार रहेका बस चालक सर्लाही लालबन्दीका ४७ वर्षीय विश्वनाथ चौधरीलाई नियन्त्रणमा लिइएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत चुरियामाई सडकमा एकतर्फी रूपमा सवारी सञ्चालनमा ल्याइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन्दरीजलमा युवतीको हत्या, दुई जना पक्राउ
सुन्दरीजलमा युवतीको हत्या, दुई जना पक्राउ
भिजिट भिसा प्रकरणको छलफलमा एमाले कांग्रेससँगै छ : योगेश भट्टराई
भिजिट भिसा प्रकरणको छलफलमा एमाले कांग्रेससँगै छ : योगेश भट्टराई
समानुपातिकतर्फ ७९ लाख मतगणना गर्दा रास्वपालाई मात्रै ३८ लाख बढी मत
समानुपातिकतर्फ ७९ लाख मतगणना गर्दा रास्वपालाई मात्रै ३८ लाख बढी मत
एमालेको नयाँ पार्टी कार्यालय कलंकीमा बन्‍ने, भोलि ओलीले शिलान्याश गर्ने
एमालेको नयाँ पार्टी कार्यालय कलंकीमा बन्‍ने, भोलि ओलीले शिलान्याश गर्ने
सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प
सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प
धनकुटामा ८ सय ९० किलो गाँजा बोकेको सवारीसहित १ जना पक्राउ
धनकुटामा ८ सय ९० किलो गाँजा बोकेको सवारीसहित १ जना पक्राउ
निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह
निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह
भन्सार नतिरेका २८ वटा भारतीय मोटरसाइकल बरामद
भन्सार नतिरेका २८ वटा भारतीय मोटरसाइकल बरामद
कांग्रेसका मन्त्रीहरु छलफलमा जुटे, शेखर पक्षका मन्त्रीहरु राजीनामाको तयारीमा
कांग्रेसका मन्त्रीहरु छलफलमा जुटे, शेखर पक्षका मन्त्रीहरु राजीनामाको तयारीमा
दुई महिनामा प्राकृतिक विपद्‌‌बाट १६८ जनाको मृत्यु, ५० बेपत्ता
दुई महिनामा प्राकृतिक विपद्‌‌बाट १६८ जनाको मृत्यु, ५० बेपत्ता