मनसुन सक्रिय, आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २०, २०८३
|
|
३८४ पटक हेरिएको
Shares
मनसुन सक्रिय, आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

सारांश

  • देशभर मनसुनी वायु सक्रिय रहेकाले आज विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।
  • मौसम पूर्वानुमान महाशाखाले विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
  • महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

काठमाडौं ।

देशभर मनसुनी वायु सक्रिय रहेकाले आज विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेश प्रदेशमा आंशिक बदली रहेको छ।

आज दिनभर हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेशसँगै कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार आज राति वर्षाको गतिविधि अझ बढ्ने सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। त्यसैगरी कोशी, मधेश र बागमती प्रदेशका पहाडी क्षेत्रका केही तथा तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुन सक्ने स्थानमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टनकपुर व्यारेजबाट पानी छोड्न भारतसँग निरन्तर समन्वय भइरहेको छ : मन्त्री घिसिङ
टनकपुर व्यारेजबाट पानी छोड्न भारतसँग निरन्तर समन्वय भइरहेको छ : मन्त्री घिसिङ
शिक्षा ऐनका लागि आन्दोलन थप सशक्त हुन्छ, सरकारलाई घुँडा टेकाउँछौं : कुमार बजगाईँ
शिक्षा ऐनका लागि आन्दोलन थप सशक्त हुन्छ, सरकारलाई घुँडा टेकाउँछौं : कुमार बजगाईँ
वर्षा रोकिएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै
वर्षा रोकिएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै
पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता
पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
कैलालीमा तीन किलो चरेशसहित दुई युवक पक्राउ
कैलालीमा तीन किलो चरेशसहित दुई युवक पक्राउ
चोरी भएका मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण
चोरी भएका मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण
मधेशको मुख्यमन्त्री कार्यालयबाट स्वच्छता र सफ्टवेयर खरिदका फाइलहरू अख्तियारको नियन्त्रणमा
मधेशको मुख्यमन्त्री कार्यालयबाट स्वच्छता र सफ्टवेयर खरिदका फाइलहरू अख्तियारको नियन्त्रणमा
सर्लाहीमा १६ क्विन्टलभन्दा बढी गाँजा बरामद
सर्लाहीमा १६ क्विन्टलभन्दा बढी गाँजा बरामद
नेपाल नामिबियासँग दोस्रो खेलमा पनि पराजित
नेपाल नामिबियासँग दोस्रो खेलमा पनि पराजित