शरीरमा आगो लगाएका गणेश नेपालीको उपचारका क्रममा नि*धन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २६, २०८३
|
|
१७४ पटक हेरिएको
Shares
शरीरमा आगो लगाएका गणेश नेपालीको उपचारका क्रममा नि*धन

सारांश

  • हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको निधन भएको छ ।
  • वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत् नेपालीको अहिले बिहान ११:२० मा निधन भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले नेपाल प्रेसलाई बताए ।
  • राति उनलाई भारत उपचारका लागि लाने तयारी गरिएकोमा स्वास्थ्य झन् जटिल बनेको भन्दै चिकित्सकले अस्थिर अवस्थामा नलैजान सुझाएपछि रोकिएको थियो ।

काठमाडौं ।

हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको निधन भएको छ । वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत् नेपालीको अहिले बिहान ११:२० मा निधन भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले नेपाल प्रेसलाई बताए ।

राति उनलाई भारत उपचारका लागि लाने तयारी गरिएकोमा स्वास्थ्य झन् जटिल बनेको भन्दै चिकित्सकले अस्थिर अवस्थामा नलैजान सुझाएपछि रोकिएको थियो । वीर अस्पतालका चिकित्सकले नेपालीको पहिलो शल्यक्रिया भए पनि अवस्थामा सुधार नआएको बताएका थिए । नेपालीको अनुहार, टाउको, घाँटी छाती जलेकाले अवस्था क्रिटिकल भएको डाक्टरले बताएका थिए । शरीरको भित्री अंगहरूमा पनि असर पुगेको उनीहरूको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?
लिङ्देनको आरोप- लुटतन्त्रको रक्षाका लागि माओवादीले समझदारी गर्‍यो
लिङ्देनको आरोप- लुटतन्त्रको रक्षाका लागि माओवादीले समझदारी गर्‍यो
गण्डकीका ऊर्जामन्त्रीले दिए राजीनामा
गण्डकीका ऊर्जामन्त्रीले दिए राजीनामा
आन्दोलनरत शिक्षकसँग प्रधानमन्त्रीले वार्ता गर्नुपर्छ, काङ्ग्रेस
आन्दोलनरत शिक्षकसँग प्रधानमन्त्रीले वार्ता गर्नुपर्छ, काङ्ग्रेस
पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो
पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो
पर्यटन ११ लाखमै थिचिएको, समाधान अन्तरमहादेशीय उडान : बस्नेत
पर्यटन ११ लाखमै थिचिएको, समाधान अन्तरमहादेशीय उडान : बस्नेत
वीरगञ्जमा राजस्व उठाउन घरदैलो अभियान
वीरगञ्जमा राजस्व उठाउन घरदैलो अभियान
क्रिसमसले सामाजिक सद्भाव र सहिष्णुतालाई बलियो बनाओस् : राष्ट्रपति पौडेल
क्रिसमसले सामाजिक सद्भाव र सहिष्णुतालाई बलियो बनाओस् : राष्ट्रपति पौडेल
जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ ।
जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ ।
प्रहरीले ओली र लेखकविरुद्धको जाहेरी बुझेर जाँचबुझ आयोगमा पठायो
प्रहरीले ओली र लेखकविरुद्धको जाहेरी बुझेर जाँचबुझ आयोगमा पठायो