Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नगरकोटमा सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुरू

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन २२, २०८१
|
|
३८ पटक हेरिएको
Shares
नगरकोटमा सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुरू

सारांश

  • सैनिक अधिकृतका लागि नेपालमा सञ्चालन हुने उच्चस्तरको तालिम नगरकोटमा सुरु भएको छ ।
  • नगरकोटमास्थित नेपाली सैनिक वार कलेजमा बिहीबारदेखि हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
  •   बलाध्यक्ष रथी प्रदीप जंग केसीले एक कार्यक्रमका बिच तालिमको शुभारम्भ गर्दै तालिमले सहभागी अधिकृतहरूको पेसागत क्षमता, ज्ञान र आत्मविश्वासमा अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

२२ फागुन, काठमाडौँ ।

सैनिक अधिकृतका लागि नेपालमा सञ्चालन हुने उच्चस्तरको तालिम नगरकोटमा सुरु भएको छ । नगरकोटमास्थित नेपाली सैनिक वार कलेजमा बिहीबारदेखि हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  बलाध्यक्ष रथी प्रदीप जंग केसीले एक कार्यक्रमका बिच तालिमको शुभारम्भ गर्दै तालिमले सहभागी अधिकृतहरूको पेसागत क्षमता, ज्ञान र आत्मविश्वासमा अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

कुल ३५ जना महासेनानी दर्जाका अधिकृत शिक्षार्थीहरू (महिला-२ र पुरुष-३३) को सहभागिता रहेको  तालिम सैनिक अधिकृतका लागि नेपालमा सञ्चालन हुने तालिमहरू मध्ये सबैभन्दा उच्चस्तरको तालिम भएको सेनाको भनाइ छ ।  वि.सं. २०७१ सालदेखि नेपाली सैनिक वार कलेजमा सञ्चालन हुँदै आएको तालिमबाट हालसम्म महिला १३ जनासहित जम्मा ३४० जना अधिकृत प्रशिक्षित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ