महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्छ : बालेन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र १४, २०८२
|
|
२६ पटक हेरिएको
Shares
महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्छ : बालेन

सारांश

  • काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको टिप्पणी गरेका छन् ।
  • ३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
  • सानोमा आफूले हलिउड फिल्म हेर्दाखेरी सिटी पुलिसले गरेको जस्तो काम अहिले काठमाडौं महानगर प्रहरीले गरिरहेको मेयर शाहले बताए ।

१४ भदौ, काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको टिप्पणी गरेका छन् । ३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । सानोमा आफूले हलिउड फिल्म हेर्दाखेरी सिटी पुलिसले गरेको जस्तो काम अहिले काठमाडौं महानगर प्रहरीले गरिरहेको मेयर शाहले बताए । फिल्ममा देखाइएको काम रियलमा हुनु खुशीको कुरा भएको उनको भनाइ थियो ।

‘सानोमा हुँदा रमाइलो याद आउँछ, हामी हलिउड फिल्महरू हेर्थ्यौं, पुराना पुराना फिल्महरू हेर्दाखेरी त्यसमा न्युओर्क सिटी पुलिस को काम कारबाही हेर्दाखेरी लाग्थ्यो काठमाडौं लगायत देशका विभिन्न पालिकाहरुमा सिटी पुलिस कस्तो हुनुपर्छ भन्ने कुराहरू सिनेमामा मात्रै हेर्न पाइन्थ्यो,’ मेयर शाहले भने, ‘अचेल चाहीँ तपाईहरुको काम हेर्दाखेरी कहिलेकाही सिनेमा हेरेजस्तो पनि लाग्छ । त्यो चाहीँ खुशीको कुरा हो ।’ काठमाडौं महानगरपलिका भित्रका सार्वजानिक सम्पतीको संरक्षण गर्ने, अतिक्रमण हटाउने, महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरूमा नगर प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए ।

‘काठमाडौं महानगरपालिकालाई जसरी एउटा राजधानीको रुपमा चिनिन्छ, महानगर प्रहरी बल पनि काठमाडौको एउटा पर्यायबाची पहिचानको रुपमा स्थापित भएको छ,’ मेयर शाहले भने, ‘तपाईंहरूले देखाउनुभएको कर्मनिष्ठा, योगदानहरु अहिलेको वितेको ३ वर्षमा मात्रै नभएर आगामी दिनहरुमा पनि विभिन्न सिटी पुलिस तथा स्थानिय सरकारहरूलाई एउटा सिकाईको रुपमा रहनेछ ।’ महानगर प्रहरी आगामी दिनमा पनि अन्य सिटी प्रहरी र स्थानीय तहका सरकारहरुको लागि सिकाइको रूपमा रहने विश्वास पनि उनले व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेदरल्यान्ड्सद्वारा नेपाललाई १४१ रनको लक्ष्य
नेदरल्यान्ड्सद्वारा नेपाललाई १४१ रनको लक्ष्य
स्कटल्याण्डमा हुने लिग २ शृंखलाका लागि नेपाली टोली घोषणा
स्कटल्याण्डमा हुने लिग २ शृंखलाका लागि नेपाली टोली घोषणा
एयरपोर्टको गेष्ट हाउसमा महिला र पुरुष मृत फेला
एयरपोर्टको गेष्ट हाउसमा महिला र पुरुष मृत फेला
रुवी कुमारीद्वारा दाइजो र बेरोजगारीको मुद्दामा ध्यानाकर्षण
रुवी कुमारीद्वारा दाइजो र बेरोजगारीको मुद्दामा ध्यानाकर्षण
कञ्चनपुरमा जुवातास खेल्दै गरेका ७ जना पक्राउ
कञ्चनपुरमा जुवातास खेल्दै गरेका ७ जना पक्राउ
प्रतिनिधिसभा सञ्चालन गर्न विपक्षी कुरिरहेका छन् सभामुख
प्रतिनिधिसभा सञ्चालन गर्न विपक्षी कुरिरहेका छन् सभामुख
सबैको सहमतिमा संविधान संसोधन हुन्छ : गृहमन्त्री लेखक
सबैको सहमतिमा संविधान संसोधन हुन्छ : गृहमन्त्री लेखक
नदी किनारको मापदण्ड २० मिटर बढाउने सर्वोच्चको फैसला पुनरावलोकन हुनुपर्छ: मेयर्स फोरम
नदी किनारको मापदण्ड २० मिटर बढाउने सर्वोच्चको फैसला पुनरावलोकन हुनुपर्छ: मेयर्स फोरम
पोखरामा पहिलो पटक नेपाली प्रशिक्षकद्वारा स्काई डाइभिङ
पोखरामा पहिलो पटक नेपाली प्रशिक्षकद्वारा स्काई डाइभिङ
गृहमन्त्री गुरुङ र स्वीस राजदूत डेनिएल मैवलीबीच शिष्टाचार भेटघाट
गृहमन्त्री गुरुङ र स्वीस राजदूत डेनिएल मैवलीबीच शिष्टाचार भेटघाट