मुनिभैरवमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृ*त्यु, ३ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २५, २०८२
|
|
४२ पटक हेरिएको
Shares
मुनिभैरवमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृ*त्यु, ३ जना घाइते

सारांश

  • काठमाडौंको कोटेश्वर–तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
  • तीन जना घाइते भएका छन् ।
  • सडकमा रातो बत्ती बलेको बेला रोकिएको भ्यान र मोटरसाइकललाई पछाडिबाट बसले ठक्कर दिंदा दुर्घटना भएको हो ।

२५ वैशाख, काठमाडौं ।

काठमाडौंको कोटेश्वर–तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । सडकमा रातो बत्ती बलेको बेला रोकिएको भ्यान र मोटरसाइकललाई पछाडिबाट बसले ठक्कर दिंदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी नुवाकोट घर भई ललितपुर बस्ने २३ वर्षीया नागिना तामाङको मृत्यु भएको छ ।

उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिए ।मोटरसाइकल चालक २७ वर्षीय पदम थापामगर, भ्यानका चालक शान्तिनगरका रत्न सार्की र बसकी यात्रु काँडाघारीकी २० वर्षीया मेनुका बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटना आज बिहान साढे ६ बजे भएको हो । उनका अनुसार बा३ख ७०६२ नम्बर बसले रोकिराखेका बा प्र ०१-०२६ च २९२७ नम्बरको भ्यान र बा.प्र. ०२-०५३ प ३८२७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । बसका चालक इलामको सूर्योदय नगरपालिका-५ का ५९ वर्षीय रामकुमार खड्कालाई नियन्त्रणमा लिइएको गिरीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
धरान उपमहानगरमा भुक्तानी विवाद: मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृतसँग मागे लिखित जवाफ
धरान उपमहानगरमा भुक्तानी विवाद: मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृतसँग मागे लिखित जवाफ
महोत्तरीमा बालेनको पुर्ख्यौली घरमा तोडफोड गरिएको भिडिओ, सत्यता के हो?
महोत्तरीमा बालेनको पुर्ख्यौली घरमा तोडफोड गरिएको भिडिओ, सत्यता के हो?
विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छ : गृहमन्त्री लामिछाने
विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छ : गृहमन्त्री लामिछाने
जेन-जी आन्दोलन : ढल्यो तीन प्रहरी परिवारको सहारा
जेन-जी आन्दोलन : ढल्यो तीन प्रहरी परिवारको सहारा
प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा
प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा
भारतको दाबी : पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनायो
भारतको दाबी : पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनायो
लागुऔषध र साढे १९ हजार नगदसहित बल्खुबाट ४ युवक पक्राउ
लागुऔषध र साढे १९ हजार नगदसहित बल्खुबाट ४ युवक पक्राउ
विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै
विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर