मिटरब्याज सम्बन्धी उजुरी लिन जिल्ला प्रशासन कार्यालयमा सहजीकरण डेस्क

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र ६, २०८०
|
|
३५ पटक हेरिएको
Shares
मिटरब्याज सम्बन्धी उजुरी लिन जिल्ला प्रशासन कार्यालयमा सहजीकरण डेस्क

सारांश

  • मिटरब्याज सम्बन्धी उजुरी लिन जिल्ला प्रशासन कार्यालयहरूमा सहजीकरण डेस्क स्थापना गरिने भएको छ ।
  • गृह मन्त्रालय र मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समितिबिच गत फागुन २८ गते भएको सहमति अनुसार गृह मन्त्रालयले सहजीकरण डेस्क स्थापनाको काम अघि बढाउन निर्देशन दिएको हो ।
  •  ‘मिटरब्याज सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सुनुवाइ गर्न जिल्ला प्रशासन कार्यालयहरूमा अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोकी सो सम्बन्धी विषय हेर्ने सहजीकरण डेस्क समेत स्थापना गर्न र डेस्कमा खटिने कर्मचारीहरूको विवरण (नामथर पद, इमेल, सम्पर्क नं.

६ चैत, काठमाडौँ । मिटरब्याज सम्बन्धी उजुरी लिन जिल्ला प्रशासन कार्यालयहरूमा सहजीकरण डेस्क स्थापना गरिने भएको छ ।

गृह मन्त्रालय र मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समितिबिच गत फागुन २८ गते भएको सहमति अनुसार गृह मन्त्रालयले सहजीकरण डेस्क स्थापनाको काम अघि बढाउन निर्देशन दिएको हो । ‘मिटरब्याज सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सुनुवाइ गर्न जिल्ला प्रशासन कार्यालयहरूमा अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोकी सो सम्बन्धी विषय हेर्ने सहजीकरण डेस्क समेत स्थापना गर्न र डेस्कमा खटिने कर्मचारीहरूको विवरण (नामथर पद, इमेल, सम्पर्क नं., मोबाइल नं., तथा अन्य सम्पर्कका माध्यमहरू) कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालयहरूमा पठाइसकिएको छ’ , मन्त्रालयले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

साथै मिटरब्याज सम्बन्धी पीडितहरूका गुनासो तत्काल सम्बोधन गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयमा शाखा अधिकृत चिरञ्जीवी जिएमलाई मन्त्रालयको सम्पर्क व्यक्ति तोकिएको मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झ्याप्ले खोलाको पहिरोमा थप सवारीसाधन पुरिएको आशङ्कामा पुनः खोजी गरिँदै
झ्याप्ले खोलाको पहिरोमा थप सवारीसाधन पुरिएको आशङ्कामा पुनः खोजी गरिँदै
पुराना कार र भ्यानलाई विद्युतीय गाडीमा परिणत गर्न अनुमति दिने तयारी हुँदै छ: शिक्षामन्त्री पुन
पुराना कार र भ्यानलाई विद्युतीय गाडीमा परिणत गर्न अनुमति दिने तयारी हुँदै छ: शिक्षामन्त्री पुन
काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज
सुकुम्वासी राखिएका होल्डिङ सेन्टरको अनुगमनमा संसदीय समिति
सुकुम्वासी राखिएका होल्डिङ सेन्टरको अनुगमनमा संसदीय समिति
आज मध्यरातदेखि संसद् अधिवेशन अन्त्य
आज मध्यरातदेखि संसद् अधिवेशन अन्त्य
भारतविरुद्ध ४०० किलोमिटरसम्म हान्न सक्ने फतेह मिसाइल तैनाथ
भारतविरुद्ध ४०० किलोमिटरसम्म हान्न सक्ने फतेह मिसाइल तैनाथ
आठ महिनामा १४ खर्ब ८० अर्बको वैदेशिक व्यापार, ११ खर्ब व्यापार घाटा
आठ महिनामा १४ खर्ब ८० अर्बको वैदेशिक व्यापार, ११ खर्ब व्यापार घाटा
बृहत् नागरिक आन्दोलनका अभियन्ताहरु पक्राउ
बृहत् नागरिक आन्दोलनका अभियन्ताहरु पक्राउ
नेपालले आज अन्तिम खेल यूएईसँग खेल्दै
नेपालले आज अन्तिम खेल यूएईसँग खेल्दै
महानगरमा चुलियो विवाद: सुनिताको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र, ७ दिनभित्र बैठकको माग
महानगरमा चुलियो विवाद: सुनिताको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र, ७ दिनभित्र बैठकको माग