Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मिटरब्याज सम्बन्धी उजुरी लिन जिल्ला प्रशासन कार्यालयमा सहजीकरण डेस्क

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र ६, २०८०
|
|
६१ पटक हेरिएको
Shares
मिटरब्याज सम्बन्धी उजुरी लिन जिल्ला प्रशासन कार्यालयमा सहजीकरण डेस्क

सारांश

  • मिटरब्याज सम्बन्धी उजुरी लिन जिल्ला प्रशासन कार्यालयहरूमा सहजीकरण डेस्क स्थापना गरिने भएको छ ।
  • गृह मन्त्रालय र मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समितिबिच गत फागुन २८ गते भएको सहमति अनुसार गृह मन्त्रालयले सहजीकरण डेस्क स्थापनाको काम अघि बढाउन निर्देशन दिएको हो ।
  •  ‘मिटरब्याज सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सुनुवाइ गर्न जिल्ला प्रशासन कार्यालयहरूमा अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोकी सो सम्बन्धी विषय हेर्ने सहजीकरण डेस्क समेत स्थापना गर्न र डेस्कमा खटिने कर्मचारीहरूको विवरण (नामथर पद, इमेल, सम्पर्क नं.

६ चैत, काठमाडौँ । मिटरब्याज सम्बन्धी उजुरी लिन जिल्ला प्रशासन कार्यालयहरूमा सहजीकरण डेस्क स्थापना गरिने भएको छ ।

गृह मन्त्रालय र मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समितिबिच गत फागुन २८ गते भएको सहमति अनुसार गृह मन्त्रालयले सहजीकरण डेस्क स्थापनाको काम अघि बढाउन निर्देशन दिएको हो । ‘मिटरब्याज सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सुनुवाइ गर्न जिल्ला प्रशासन कार्यालयहरूमा अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोकी सो सम्बन्धी विषय हेर्ने सहजीकरण डेस्क समेत स्थापना गर्न र डेस्कमा खटिने कर्मचारीहरूको विवरण (नामथर पद, इमेल, सम्पर्क नं., मोबाइल नं., तथा अन्य सम्पर्कका माध्यमहरू) कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालयहरूमा पठाइसकिएको छ’ , मन्त्रालयले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

साथै मिटरब्याज सम्बन्धी पीडितहरूका गुनासो तत्काल सम्बोधन गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयमा शाखा अधिकृत चिरञ्जीवी जिएमलाई मन्त्रालयको सम्पर्क व्यक्ति तोकिएको मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडकमै महिलाले बच्चा जन्माएको घटना संसद्‍मा उठ्यो
सडकमै महिलाले बच्चा जन्माएको घटना संसद्‍मा उठ्यो
कृषि र वनलाई सँगसँगै जोडेर लगानीको वातावरण बनाउँछौँ : मन्त्री चौधरी
कृषि र वनलाई सँगसँगै जोडेर लगानीको वातावरण बनाउँछौँ : मन्त्री चौधरी
एसईई : प्रश्नपत्र आउट भएको घटनामा एक विद्यार्थी पक्राउ
एसईई : प्रश्नपत्र आउट भएको घटनामा एक विद्यार्थी पक्राउ
एमाले सचिवालय बैठकः विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा
एमाले सचिवालय बैठकः विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा
सर्लाहीको कविलासीमा स्थापना गरिएको आँखा उपचार केन्द्र सञ्चालनमा
सर्लाहीको कविलासीमा स्थापना गरिएको आँखा उपचार केन्द्र सञ्चालनमा
गुजरातको पटका गोदाममा विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
गुजरातको पटका गोदाममा विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
च्याम्पियन्स ट्रफी –पहिलो राउन्डको अन्तिम खेलमा इङ्ग्ल्याण्ड र अस्ट्रेलिया भिड्दै
च्याम्पियन्स ट्रफी –पहिलो राउन्डको अन्तिम खेलमा इङ्ग्ल्याण्ड र अस्ट्रेलिया भिड्दै
कांग्रेसमा जुट्यो सहमति, २६–२९ पुसमा महाधिवेशन हुने
कांग्रेसमा जुट्यो सहमति, २६–२९ पुसमा महाधिवेशन हुने
इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी
इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी
देशको समृद्धि र सीमा सुरक्षामा मिडियाको भूमिका महत्वपूर्ण : खानेपानी मन्त्री यादव
देशको समृद्धि र सीमा सुरक्षामा मिडियाको भूमिका महत्वपूर्ण : खानेपानी मन्त्री यादव