इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २२, २०८२
|
|
३४ पटक हेरिएको
Shares
इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी

सारांश

  • टर्किये (साविकको टर्की)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरूद्ध वारेन्ट जारी गरेको छ ।
  • गाजा क्षेत्रमा नरसंहार गरेको आरोपमा टर्कियेले नेतन्याहु र उनको सरकारका वरिष्ठ अधिकारीहरू विरूद्ध वारेन्ट जारी गरेको हो ।
  • टर्किये सरकारले शुक्रबार गिरफतारीका लागि वारेन्ट जारीको घोषणा गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

२२ कात्तिक, काठमाडौं ।

टर्किये (साविकको टर्की)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरूद्ध वारेन्ट जारी गरेको छ । गाजा क्षेत्रमा नरसंहार गरेको आरोपमा टर्कियेले नेतन्याहु र उनको सरकारका वरिष्ठ अधिकारीहरू विरूद्ध वारेन्ट जारी गरेको हो । टर्किये सरकारले शुक्रबार गिरफतारीका लागि वारेन्ट जारीको घोषणा गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

इस्तान्बुल अभियोजक कार्यालयको कुल ३७ जनाविरूद्ध गिरफ्तारीका लागि वारेन्ट जारी गरिएको उल्लेख छ । तर, पूरै सूची भने जारी गरिएको छैन । वारेन्ट जारी हुनेमा इजरायलका रक्षामन्त्री इजराइल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इतेमार बेन गभिर र सेना प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरको नाम समावेश छ । टर्कियेले उनीहरूमाथि ‘जनसंहार र मानवताविरूद्ध अपराध’ गरेको आरोप लगाएको छ । टर्कियेले भनेको छ- इजरायलले गाजामा ‘व्यवस्थित तरिकाले जनसंहार’ गरेको छ ।

टर्कियेको पछिल्लो कदमको इजरायलले विरोध गरेको छ । इजरायलका विदेशमन्त्री गिदोन सारले टर्कियेले लगाएको आरोपको निन्दा गर्दै खारेज गरे । ‘यो तुर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन नामका ‘तानाशाह’ को नयाँ ‘पीआर शायरी’ हो,’ उनले भनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुलमान र बेलायती राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?
कुलमान र बेलायती राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?
खोलाले बगाएर महिलाको मृ*त्यु, शव १ सय ५० मिटर टाढा फेला
खोलाले बगाएर महिलाको मृ*त्यु, शव १ सय ५० मिटर टाढा फेला
हिन्दूराष्ट्रका लागि संविधान संशोधन गरे रास्वपा सरकारलाई समर्थन गर्नेर्छौं : कमल थापा
हिन्दूराष्ट्रका लागि संविधान संशोधन गरे रास्वपा सरकारलाई समर्थन गर्नेर्छौं : कमल थापा
भोजपुरमा पनि ‘रेडपाण्डा’ संरक्षण अभियान
भोजपुरमा पनि ‘रेडपाण्डा’ संरक्षण अभियान
जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहर बनाउन गृहमन्त्रालयको पहल सुरु
जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहर बनाउन गृहमन्त्रालयको पहल सुरु
प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि
प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि
मुलुकी अपराध संहिता संशोधन प्रस्ताव फिर्ता लिन सांसद शाहीको माग
मुलुकी अपराध संहिता संशोधन प्रस्ताव फिर्ता लिन सांसद शाहीको माग
नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखला खेल्ने
नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखला खेल्ने
सुनको मूल्य निरन्तर उकालो : आज तोलाको रू एक लाख ८७ हजार कायम
सुनको मूल्य निरन्तर उकालो : आज तोलाको रू एक लाख ८७ हजार कायम
पूर्वप्रधानमन्त्री खनालकी श्रीमतीलाई ज्युँदै जलाइयो
पूर्वप्रधानमन्त्री खनालकी श्रीमतीलाई ज्युँदै जलाइयो