Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २२, २०८२
|
|
४३ पटक हेरिएको
Shares
इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी

सारांश

  • टर्किये (साविकको टर्की)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरूद्ध वारेन्ट जारी गरेको छ ।
  • गाजा क्षेत्रमा नरसंहार गरेको आरोपमा टर्कियेले नेतन्याहु र उनको सरकारका वरिष्ठ अधिकारीहरू विरूद्ध वारेन्ट जारी गरेको हो ।
  • टर्किये सरकारले शुक्रबार गिरफतारीका लागि वारेन्ट जारीको घोषणा गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

२२ कात्तिक, काठमाडौं ।

टर्किये (साविकको टर्की)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरूद्ध वारेन्ट जारी गरेको छ । गाजा क्षेत्रमा नरसंहार गरेको आरोपमा टर्कियेले नेतन्याहु र उनको सरकारका वरिष्ठ अधिकारीहरू विरूद्ध वारेन्ट जारी गरेको हो । टर्किये सरकारले शुक्रबार गिरफतारीका लागि वारेन्ट जारीको घोषणा गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

इस्तान्बुल अभियोजक कार्यालयको कुल ३७ जनाविरूद्ध गिरफ्तारीका लागि वारेन्ट जारी गरिएको उल्लेख छ । तर, पूरै सूची भने जारी गरिएको छैन । वारेन्ट जारी हुनेमा इजरायलका रक्षामन्त्री इजराइल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इतेमार बेन गभिर र सेना प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरको नाम समावेश छ । टर्कियेले उनीहरूमाथि ‘जनसंहार र मानवताविरूद्ध अपराध’ गरेको आरोप लगाएको छ । टर्कियेले भनेको छ- इजरायलले गाजामा ‘व्यवस्थित तरिकाले जनसंहार’ गरेको छ ।

टर्कियेको पछिल्लो कदमको इजरायलले विरोध गरेको छ । इजरायलका विदेशमन्त्री गिदोन सारले टर्कियेले लगाएको आरोपको निन्दा गर्दै खारेज गरे । ‘यो तुर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन नामका ‘तानाशाह’ को नयाँ ‘पीआर शायरी’ हो,’ उनले भनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा, शुक्रबारबाट यातायात चल्ने
बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा, शुक्रबारबाट यातायात चल्ने
पाकिस्तानको साम्प्रदायिक हिंसामा ४५ जनाको मृत्यु, डेढ सय बढी घाइते
पाकिस्तानको साम्प्रदायिक हिंसामा ४५ जनाको मृत्यु, डेढ सय बढी घाइते
आज कांग्रेस संसदीय दलको बैठक बस्दै
आज कांग्रेस संसदीय दलको बैठक बस्दै
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन
सार्वजनिक यातायातको भाडा बढ्यो, आजैबाट लागू
सार्वजनिक यातायातको भाडा बढ्यो, आजैबाट लागू
जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली
जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली
संसद्को चालु अधिवेशन शुक्रबारदेखि अन्त्य हुने
संसद्को चालु अधिवेशन शुक्रबारदेखि अन्त्य हुने
अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा
अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा
मेची प्रादेशिक अस्पतालको कोठाभित्रै कर्मचारी झुन्डिएको अवस्थामा मृत भेटिए
मेची प्रादेशिक अस्पतालको कोठाभित्रै कर्मचारी झुन्डिएको अवस्थामा मृत भेटिए
चैतेदसैँमा मात्रै ४२ लाख भेटी सङ्कलन   
चैतेदसैँमा मात्रै ४२ लाख भेटी सङ्कलन