सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सार्वजनिक यातायातको भाडा बढ्यो, आजैबाट लागू

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २२, २०८१
|
|
३६ पटक हेरिएको
Shares
सार्वजनिक यातायातको भाडा बढ्यो, आजैबाट लागू

सारांश

  • सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ ।
  • यातायात व्यवस्था विभागका अनुसार आजै (२२ पुस)बाट लागु हुने गरी सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा बढाएको हो ।
  • यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.

 

२२ पुस, काठमाडौं। सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागका अनुसार आजै (२२ पुस)बाट लागु हुने गरी सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा बढाएको हो ।

यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढाइएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाउने निर्णय भएको विभागले जनाएको छ ।

यसपटक दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागको भनाइ छ । पछिल्लो सयम ३१ साउन २०८० मा भाडा समायोजन भएपछि आज नयाँ भाडादर तोकिएको हो ।भाडा बढाउन भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ११ पुस २०८१ मा विभागलाई सहमति दिएका थिए ।

विभागका अनुसार सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा विभागले गरेको अध्ययन तथा विश्लेषण, सरोकारवाला पक्षसँग गरिएको परामर्श समेतका आधारमा भाडा बढाउने निर्णय लिइएको हो ।यसैगरी श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायत मूख्य सूचकमा देखिएको मूल्यवृद्धिको आधारमा सार्वजनिक सवारीको भाडा समायोजन गरिएको समेत विभागले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी ठगीमा रविमाथि नौ घण्टा बयान, इन्कारी बयानले नउम्कने संकेत
सहकारी ठगीमा रविमाथि नौ घण्टा बयान, इन्कारी बयानले नउम्कने संकेत
धादिङ बस दुर्घटनाबारे गृहमा बैठक, छानबिन समिति गठन
धादिङ बस दुर्घटनाबारे गृहमा बैठक, छानबिन समिति गठन
प्रधानमन्त्री ओलीको राज्य व्यवस्था समितिको बैठकमा सहभागी हुने कार्यक्रम रद्द
प्रधानमन्त्री ओलीको राज्य व्यवस्था समितिको बैठकमा सहभागी हुने कार्यक्रम रद्द
हावाहुरीसहितको वर्षाले मधेसको धानबालीमा व्यापक क्षति
हावाहुरीसहितको वर्षाले मधेसको धानबालीमा व्यापक क्षति
राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबिच भेटघाट
राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबिच भेटघाट
भ्रष्टाचारी ठहर सर्लाही सभापतिलाई पदमुक्त गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना
भ्रष्टाचारी ठहर सर्लाही सभापतिलाई पदमुक्त गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना
यु-१९ महिला विश्वकपमा अष्ट्रेलियासँग पराजित भएसँगै नेपालको यात्रा टुङ्गियो
यु-१९ महिला विश्वकपमा अष्ट्रेलियासँग पराजित भएसँगै नेपालको यात्रा टुङ्गियो
आज घोडेजात्रा पर्व मनाइँद
आज घोडेजात्रा पर्व मनाइँद
साहको हत्यामा संलग्न एक भारतीय नागरिक सहित ६ जना पक्राउ
साहको हत्यामा संलग्न एक भारतीय नागरिक सहित ६ जना पक्राउ
खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियरको मृ*त्यु
खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियरको मृ*त्यु