यु-१९ महिला विश्वकपमा अष्ट्रेलियासँग पराजित भएसँगै नेपालको यात्रा टुङ्गियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ९, २०८१
|
|
३१ पटक हेरिएको
Shares
यु-१९ महिला विश्वकपमा अष्ट्रेलियासँग पराजित भएसँगै नेपालको यात्रा टुङ्गियो

सारांश

  • बुधबार भएको समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग ८३ रनको फराकिलो हार व्यहोर्दै नेपालले विश्वकप यात्रा टुंग्याएको हो।
  • मलेसियाको बाङ्गीस्थित यूकेएल क्रिकेट ओभलमा बुधबार भएको खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको हो।
  •   यससँगै नेपालको प्रतियोगितामा यात्रा समाप्त भएको छ।

९ माघ,  काठमाडौं : आइसिसी महिला यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ। बुधबार भएको समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग ८३ रनको फराकिलो हार व्यहोर्दै नेपालले विश्वकप यात्रा टुंग्याएको हो। मलेसियाको बाङ्गीस्थित यूकेएल क्रिकेट ओभलमा बुधबार भएको खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको हो।

यससँगै नेपालको प्रतियोगितामा यात्रा समाप्त भएको छ। समूह चरणमा नेपालले एउटा खेल पनि जित्न सकेन। अष्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा ५६ रन मात्र बनाउन सक्यो। नेपालका लागि कप्तान पूजा महतोले १८ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन्। अष्ट्रेलियाका लागि हसरत गिल र जुलियट मोर्टनले २/२ विकेट लिइन्। यसअघि अष्ट्रेलियाले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १३९ रन बनाएको थियो।

अष्ट्रेलियाका लागि काइमोही ब्रेले ४५ रन बनाइन्। एलेनोर लारोसाले ३० रन बनाइन्। खेलको सुरुवाती ओभरमा नेपालकी कप्तान महतोले ३ विकेट लिएर अष्ट्रेलियालाई दबाबमा ल्याए पनि काइमोही र एलेनोरको ब्याटिङ नेपाललाई महँगो साबित भयो। नेपालका लागि पूजाले ३ विकेट लिइन्। पूजाले ४ ओभरमा रन खर्चेर ३ विकेट लिएकी हुन्। सीमाना केसीले लगातार २ विकेट लिइन्। उनले १७.१ र १७.२ ओभरमा विकेट लिइन्। रिया शर्माले १ विकेट लिइन्। विश्वकपमा नेपालको यो लगातार तेस्रो हार हो। नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति जापानको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता
राष्ट्रपति जापानको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता
जेनजी प्रदर्शन : मृ*त्यु हुनेको संख्या ९ पुग्यो
जेनजी प्रदर्शन : मृ*त्यु हुनेको संख्या ९ पुग्यो
तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन नेपाली कम्युनिष्ट पार्टीको अपील
तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन नेपाली कम्युनिष्ट पार्टीको अपील
दुई छोरासहित हमासका वरिष्ठ नेता ड्रोन आक्रमणमा मारिए
दुई छोरासहित हमासका वरिष्ठ नेता ड्रोन आक्रमणमा मारिए
जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ
जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ
९६ दिनदेखि माइतीघरमा न्याय खोज्दै सर्लाहीका महतो दम्पती
९६ दिनदेखि माइतीघरमा न्याय खोज्दै सर्लाहीका महतो दम्पती
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आगलागी पीडितलाई तत्काल १५ हजार र अस्थायी आवासका लागि ५० हजार दिने तयारी
आगलागी पीडितलाई तत्काल १५ हजार र अस्थायी आवासका लागि ५० हजार दिने तयारी
जेनजीका नाममा कर्मचारी धम्क्याउँदै हिँडेका शाहीसँग प्रहरीकै असईको परिचय पत्र
जेनजीका नाममा कर्मचारी धम्क्याउँदै हिँडेका शाहीसँग प्रहरीकै असईको परिचय पत्र
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर