Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

यु-१९ महिला विश्वकपमा अष्ट्रेलियासँग पराजित भएसँगै नेपालको यात्रा टुङ्गियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ९, २०८१
|
|
४२ पटक हेरिएको
Shares
यु-१९ महिला विश्वकपमा अष्ट्रेलियासँग पराजित भएसँगै नेपालको यात्रा टुङ्गियो

सारांश

  • बुधबार भएको समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग ८३ रनको फराकिलो हार व्यहोर्दै नेपालले विश्वकप यात्रा टुंग्याएको हो।
  • मलेसियाको बाङ्गीस्थित यूकेएल क्रिकेट ओभलमा बुधबार भएको खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको हो।
  •   यससँगै नेपालको प्रतियोगितामा यात्रा समाप्त भएको छ।

 

९ माघ,  काठमाडौं : आइसिसी महिला यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ। बुधबार भएको समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग ८३ रनको फराकिलो हार व्यहोर्दै नेपालले विश्वकप यात्रा टुंग्याएको हो। मलेसियाको बाङ्गीस्थित यूकेएल क्रिकेट ओभलमा बुधबार भएको खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको हो।

 

यससँगै नेपालको प्रतियोगितामा यात्रा समाप्त भएको छ। समूह चरणमा नेपालले एउटा खेल पनि जित्न सकेन। अष्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा ५६ रन मात्र बनाउन सक्यो। नेपालका लागि कप्तान पूजा महतोले १८ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन्। अष्ट्रेलियाका लागि हसरत गिल र जुलियट मोर्टनले २/२ विकेट लिइन्। यसअघि अष्ट्रेलियाले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १३९ रन बनाएको थियो।

अष्ट्रेलियाका लागि काइमोही ब्रेले ४५ रन बनाइन्। एलेनोर लारोसाले ३० रन बनाइन्। खेलको सुरुवाती ओभरमा नेपालकी कप्तान महतोले ३ विकेट लिएर अष्ट्रेलियालाई दबाबमा ल्याए पनि काइमोही र एलेनोरको ब्याटिङ नेपाललाई महँगो साबित भयो। नेपालका लागि पूजाले ३ विकेट लिइन्। पूजाले ४ ओभरमा रन खर्चेर ३ विकेट लिएकी हुन्। सीमाना केसीले लगातार २ विकेट लिइन्। उनले १७.१ र १७.२ ओभरमा विकेट लिइन्। रिया शर्माले १ विकेट लिइन्। विश्वकपमा नेपालको यो लगातार तेस्रो हार हो। नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहरी विकास मन्त्रालयमा मात्रै ३२ अर्ब जतिको चलखेल छ : वर्षमान पुन
सहरी विकास मन्त्रालयमा मात्रै ३२ अर्ब जतिको चलखेल छ : वर्षमान पुन
मन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला
मन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला
माघे संक्रान्तिको पूर्वसन्ध्यामा थारु संस्कृतिको अनुपम झल्को
माघे संक्रान्तिको पूर्वसन्ध्यामा थारु संस्कृतिको अनुपम झल्को
युरेसियन महिला फोरममा भाग लिन उपसभामुख राना रूस प्रस्थान
युरेसियन महिला फोरममा भाग लिन उपसभामुख राना रूस प्रस्थान
मकवानपुरमा साबेलले हानेर आफ्नै साथीको हत्या
मकवानपुरमा साबेलले हानेर आफ्नै साथीको हत्या
नयाँ कृषिमन्त्री आएपनि मन्त्रालयको प्रवेशद्वारमा कर्मचारीको धर्ना जारी
नयाँ कृषिमन्त्री आएपनि मन्त्रालयको प्रवेशद्वारमा कर्मचारीको धर्ना जारी
चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु, नेपालीको अवस्था के छ ?
चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु, नेपालीको अवस्था के छ ?
आरुघाटमा बेलीब्रिज सञ्चालनमा, यात्रुलाई सहज
आरुघाटमा बेलीब्रिज सञ्चालनमा, यात्रुलाई सहज
विश्वकप छनोटमा बहराइनविरुद्ध नेपालको सहज जित, कप्तान इन्दुको उत्कृष्ट ब्याटिङ
विश्वकप छनोटमा बहराइनविरुद्ध नेपालको सहज जित, कप्तान इन्दुको उत्कृष्ट ब्याटिङ
पूर्व सैनिक विष्फोटक पदार्थसहित पक्राउ
पूर्व सैनिक विष्फोटक पदार्थसहित पक्राउ