Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भारतको तमिलनाडुमा दुईवटा बस ठो*क्किँदा ११ जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १५, २०८२
|
|
४० पटक हेरिएको
Shares
भारतको तमिलनाडुमा दुईवटा बस ठो*क्किँदा ११ जनाको मृ*त्यु

सारांश

  • तमिलनाडुको शिवगंगा जिल्लामा दुईवटा सरकारी बस ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।
  • ४० जना घाइते भएका छन् ।
  • तीमध्ये २० जनाको अवस्था चिन्ताजनक छ ।

१५ मंसिर, काठमाडौं ।

तमिलनाडुको शिवगंगा जिल्लामा दुईवटा सरकारी बस ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । ४० जना घाइते भएका छन् । तीमध्ये २० जनाको अवस्था चिन्ताजनक छ । विपरीत दिशामा रहेका दुईवटा बस घुमाउरो बाटोमा आइतबार ठोक्किएका थिए । ती बसहरु यति तीव्र गतिमा थिए कि अगाडिको भाग क्षतविक्षत भएको थियो । धेरै यात्रुहरु बसभित्रै अड्किएका थिए ।

स्थानीय बासिन्दाहरू तत्काल घटनास्थल पुगेर उद्धार अभियान सुरु गरेका थिए । त्यसपछि प्रहरी समेत आइपछि घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल पुर्‍याइएको थियो । सो दुर्घटनामा सुरुमा ७ जनाको मृत्यु पुष्टि भएको थियो, तर उद्धार कार्य पूरा भएपछि मृतकको संख्या बढेर ११ पुगेको हो । तमिलनाडुका मुख्यमन्त्री एम.के. स्टालिनले दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा आफू गहिरो पीडामा भएको उल्लेख गरेका छन् । स्टालिनले मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । पुलिसले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । प्रारम्भिक अनुमानअनुसार दुर्घटना तीव्र गति र सडकको मोडका कारण हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बझाङमा चट्याङले ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति, विद्युत् सेवा पूर्णरूपमा ठप्प
बझाङमा चट्याङले ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति, विद्युत् सेवा पूर्णरूपमा ठप्प
प्रधानन्यायाधीश राउतको पहिलो विदेश भ्रमण मलेसिया
प्रधानन्यायाधीश राउतको पहिलो विदेश भ्रमण मलेसिया
आलमको निधनप्रति कांग्रेस गहिरो दुःखमा, ३ दिने शोक कार्यक्रम घोषणा
आलमको निधनप्रति कांग्रेस गहिरो दुःखमा, ३ दिने शोक कार्यक्रम घोषणा
त्रिभुवन विश्वविद्यालयको आज ५१औँ दीक्षान्त समारोह गरिदै
त्रिभुवन विश्वविद्यालयको आज ५१औँ दीक्षान्त समारोह गरिदै
इजरायल-हमास युद्धविराम, १५ महिनादेखि जारी युद्ध अन्त्य
इजरायल-हमास युद्धविराम, १५ महिनादेखि जारी युद्ध अन्त्य
सूचना टाँस गरेर सारियो प्रतिनिधिसभा बैठकको समय
सूचना टाँस गरेर सारियो प्रतिनिधिसभा बैठकको समय
प्रधानमन्त्रीओलीलाई महामन्त्री थापाको सुझाव
प्रधानमन्त्रीओलीलाई महामन्त्री थापाको सुझाव
सामाखुसीमा ढलभित्र छिरेका ३० वर्षीय युवकको उद्धार
सामाखुसीमा ढलभित्र छिरेका ३० वर्षीय युवकको उद्धार
झन्डै ४० घण्टापछि बल्ल नियन्त्रणमा आयो प्लाइ उद्योगको आगो
झन्डै ४० घण्टापछि बल्ल नियन्त्रणमा आयो प्लाइ उद्योगको आगो
बसमा आगलागी हुँदा चालक घाइते, उपचारको लागि कीर्तिपुर लगियो
बसमा आगलागी हुँदा चालक घाइते, उपचारको लागि कीर्तिपुर लगियो