सूचना टाँस गरेर सारियो प्रतिनिधिसभा बैठकको समय

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २१, २०८२
|
|
३७ पटक हेरिएको
Shares
सूचना टाँस गरेर सारियो प्रतिनिधिसभा बैठकको समय

सारांश

  • प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर सारिएको छ ।
  • सभामुखको सचिवालयले सूचना टाँस गरेर सवा ३ बजेसम्मका लागि सरेको जानकारी गराएको छ ।
  • आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

२१ जेठ, काठमाडौं ।

प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर सारिएको छ । सभामुखको सचिवालयले सूचना टाँस गरेर सवा ३ बजेसम्मका लागि सरेको जानकारी गराएको छ । आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो । विपक्षी दलहरूसँग सहमति जुट्न नसक्दा बैठक बस्न नसकेको हो । गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका विपक्षी दलहरू आफ्ना अडानमा कायमै छन् ।

सत्तापक्ष पनि पुरानै अडानबाट पछि हटेको छैन । सहमति नजुटेपछि सभामुख देवराज घिमिरे बैठक अघि बढाउने वा अर्को मितिका लागि सार्ने भन्ने निर्णय लिन आन्तरिक छलफलमा जुटेका  थिए । सदनमा पहिले गृहमन्त्रीलाई बोल्न दिनुपर्ने भन्दै सत्तापक्षले बाँकी विषयमा त्यसपछि छलफल गरिने बताउँदै आएको छ । सत्तापक्ष यो अडानबाट पछि नहटेपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागमा विपक्षी पनि अडिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?