Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मलेसिया पठाउने २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २८, २०८३
|
|
१६२ पटक हेरिएको
Shares
मलेसिया पठाउने २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु

सारांश

  • सरकारले मलेसिया श्रमिक पठाउने २५० वटा म्यानपावरकाे नयाँ पूर्वस्वीकृति प्रक्रिया तत्कालका लागि रोक्का गरेको छ ।
  • विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस)मा आबद्ध भएका २५० वटा इजाजतपत्रप्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थाको मलेसियासम्बन्धी नयाँ पूर्वस्वीकृति रोक्का गरिएको हो ।
  • वैदेशिक रोजगार विभागले एफडब्लूसीएमएसमा ‘मुख्य श्रमिक भर्ना संस्था’ का रूपमा सूचीकृत २५ वटा संस्थासँग आबद्ध वा सहयोगी संस्थाका रूपमा रहेका भनिएका २५० वटा संस्थाको पूर्वस्वीकृति रोक्का गरेको हो ।

 

२८ भदौ, काठमाडौं ।

सरकारले मलेसिया श्रमिक पठाउने २५० वटा म्यानपावरकाे नयाँ पूर्वस्वीकृति प्रक्रिया तत्कालका लागि रोक्का गरेको छ । विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस)मा आबद्ध भएका २५० वटा इजाजतपत्रप्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थाको मलेसियासम्बन्धी नयाँ पूर्वस्वीकृति रोक्का गरिएको हो ।

वैदेशिक रोजगार विभागले एफडब्लूसीएमएसमा ‘मुख्य श्रमिक भर्ना संस्था’ का रूपमा सूचीकृत २५ वटा संस्थासँग आबद्ध वा सहयोगी संस्थाका रूपमा रहेका भनिएका २५० वटा संस्थाको पूर्वस्वीकृति रोक्का गरेको हो । युवा, श्रम तथा रोजगार मन्त्रालयको निर्देशन तथा २०८३ भदौ २६ गतेको मन्त्रीस्तरीय निर्णयका आधारमा विभागले यस्तो निर्णय गरेको जनाएको छ । विभागका महानिर्देशक नवराज ढकालले एफडब्लूसीएमएसमा मुख्य संस्थाका रूपमा सूचीकृत २५ वटा संस्थाको कारोबार, छनोटको आधार, मलेसिया रोजगारीमा विगतको संलग्नता तथा उनीहरूले अन्य संस्थालाई आबद्ध गराउँदा अपनाइएको प्रक्रियामाथि छानबिन भइरहेको बताए । त्यस्तै, २५० संस्थासँग पनि उक्त प्रणालीमा आबद्ध हुनुको आधार, अपनाइएको प्रक्रिया र मुख्य संस्थासँगको सम्बन्धबारे स्पष्टीकरण माग्ने प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न माग गर्दै पशुपतिक्षेत्रमा बिरोध प्रदर्शन
पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न माग गर्दै पशुपतिक्षेत्रमा बिरोध प्रदर्शन
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग
चार देशीय टी-२० अन्तर्राष्ट्रिय सिरिज; कतारले नेपाललाई दियो १५२ रनको लक्ष्य
चार देशीय टी-२० अन्तर्राष्ट्रिय सिरिज; कतारले नेपाललाई दियो १५२ रनको लक्ष्य
जनता आवास कार्यक्रमबाट निर्माण गरिएका दुई सय ४८ घर हस्तान्तरण
जनता आवास कार्यक्रमबाट निर्माण गरिएका दुई सय ४८ घर हस्तान्तरण
रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त
रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त
युएई पठाइदिन्छु भनी ठगी गर्ने  एक जना पक्राउ
युएई पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ
पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग
पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग
दाउन्नेमा सडक पूर्णरूपमा अवरुद्ध, यात्रु घण्टौं जाममा
दाउन्नेमा सडक पूर्णरूपमा अवरुद्ध, यात्रु घण्टौं जाममा
साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से
साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से
प्रचण्डले धोका दिएकै कारण वर्तमान सरकार बनेको हो : सिटौला
प्रचण्डले धोका दिएकै कारण वर्तमान सरकार बनेको हो : सिटौला