रास्वपा केन्द्रीय समिति बैठक सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ७, २०८३
|
|
१९४ पटक हेरिएको
Shares
रास्वपा केन्द्रीय समिति बैठक सुरु

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ ।
  • आजको बैठकका लागि ९ एजेन्डा तय भएको प्रवक्ता मनिष झाले बताएका छन् उनका अनुसार बैठकमा पार्टीका गतिविधि ब्रिफिङ, केन्द्रीय सदस्यहरूको रिपोर्टिङ बैठकमा हुनेछ ।
  • यसका लागि २० जनालाई २ मिनेटको दरले समय छुट्याइएको झाको भनाइ छ ।

 

७ वैशाख, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । आजको बैठकका लागि ९ एजेन्डा तय भएको प्रवक्ता मनिष झाले बताएका छन् उनका अनुसार बैठकमा पार्टीका गतिविधि ब्रिफिङ, केन्द्रीय सदस्यहरूको रिपोर्टिङ बैठकमा हुनेछ । यसका लागि २० जनालाई २ मिनेटको दरले समय छुट्याइएको झाको भनाइ छ ।

त्यस्तै महाधिवेशन कार्यविधि मस्यौदाबारे, विधान संशोधनबारे, स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आह्वान सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ । बैठकमा प्रवासमा रहेका नेपालीलाई प्रवासबाटै मताधिकार दिने सम्बन्धमा, सचिवालयका निर्णय अनुमोदन सम्बन्धमा छलफल हुँदैछ । रास्वपाले विविध शिर्षमा तीन वटा प्रस्तावमा छलफल हुने बताएको छ । विभिन्न आयोग, निकाय, पदाधिकारीबाट प्राप्त पत्राचार सम्बन्धमा, विषयगत विभागको योजना तयारी र नीति मन्थनबारे निर्देशन र संशदीय दलको विधान संशोधनबारे उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?