सर्लाहीको सुरक्षा अवस्थाप्रति सांसद भण्डारीद्वारा सरकारको ध्यानाकर्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ २५, २०८३
|
|
१८३ पटक हेरिएको
Shares
सर्लाहीको सुरक्षा अवस्थाप्रति सांसद भण्डारीद्वारा सरकारको ध्यानाकर्षण

सारांश

  • बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भण्डारीले सर्लाहीमा पछिल्लो समय आपराधिक घटना बढ्दै गएको दाबी गर्दै नागरिकले असुरक्षित महसुस गर्ने अवस्था आएको बताइन् ।
  • उनले लालबन्दी नगरपालिका–७ बाट ९ तर्फ जाँदै गरेका मोबाइल व्यवसायी नवराज सापकोटामाथि तीन जनाको समूहले आक्रमण गरी लुटपाटको प्रयास गरेको र चार राउण्ड गोली चलाएको घटना उल्लेख गरिन् ।
  • प्रहरी चौकी नजिकै यस्तो घटना हुनु गम्भीर विषय भएको उनको भनाइ थियो ।

 

२५ असार, काठमाडौं 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद नितिमा भण्डारीले सर्लाही जिल्लामा शान्ति सुरक्षा र कानुन व्यवस्था कमजोर बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भण्डारीले सर्लाहीमा पछिल्लो समय आपराधिक घटना बढ्दै गएको दाबी गर्दै नागरिकले असुरक्षित महसुस गर्ने अवस्था आएको बताइन् । उनले लालबन्दी नगरपालिका–७ बाट ९ तर्फ जाँदै गरेका मोबाइल व्यवसायी नवराज सापकोटामाथि तीन जनाको समूहले आक्रमण गरी लुटपाटको प्रयास गरेको र चार राउण्ड गोली चलाएको घटना उल्लेख गरिन् ।

प्रहरी चौकी नजिकै यस्तो घटना हुनु गम्भीर विषय भएको उनको भनाइ थियो । सांसद भण्डारीले ईश्वरपुर–३ मा रामनरेश साहकी श्रीमतीमाथि भएको कुटपिटको घटनाबारे पनि सरकारको ध्यानाकर्षण गराइन् । जग्गामा पोल गाड्ने विषयलाई लिएर विवाद भएको र अदालतले समेत रोक लगाइसकेको अवस्थामा जबरजस्ती गरिएको उनको भनाइ थियो । उनले भनिन्, ‘सर्लाहीमा कानुन व्यवस्थाको धज्जी उडाइएको छ । गोली चल्नु, कुटपिट हुनु अहिले सामान्य घटना जस्तो बन्दै गएको छ ।’ शान्ति सुरक्षा कायम गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै उनले गृहमन्त्रीसँग पटक–पटक यस्ता घटना हुँदा पनि प्रभावकारी कारबाही किन हुन नसकेको भन्दै प्रश्न गरिन् । उनले अपराधमा संलग्न जोसुकै भएपनि कानुनी दायरामा ल्याएर निष्पक्ष अनुसन्धान र कडा कारबाही गर्न सरकारसँग माग गरिन् । साथै सर्लाहीमा सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउन र दोषीलाई तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मौद्रिक नीतिको समीक्षालगत्तै नेप्सेमा हरियाली- ४९.१५ अंकले बढ्दा ११ अर्ब ३९ करोडको कारोबार
मौद्रिक नीतिको समीक्षालगत्तै नेप्सेमा हरियाली- ४९.१५ अंकले बढ्दा ११ अर्ब ३९ करोडको कारोबार
सुनसहित विमानस्थलबाट २ जना पक्राउ
सुनसहित विमानस्थलबाट २ जना पक्राउ
एनएआईएमएद्वारा नेपालको सबैभन्दा ठूलो मोबिलिटी शोको घोषणा
एनएआईएमएद्वारा नेपालको सबैभन्दा ठूलो मोबिलिटी शोको घोषणा
नेपालको शैक्षिक पूर्वाधार विकासमा थप लगानी गर्न विश्व बैंक इच्छुक
नेपालको शैक्षिक पूर्वाधार विकासमा थप लगानी गर्न विश्व बैंक इच्छुक
चार सय केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसन निर्माण सम्पन्न
चार सय केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसन निर्माण सम्पन्न
जलविद्युत् आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्यो गृह र ऊर्जामन्त्री
जलविद्युत् आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्यो गृह र ऊर्जामन्त्री
रौतहटबाट चार महिनामा एक करोड बढीका अवैध सामान बरामद
संविधान शंसोधन नभए संविधान नै बाँच्दैन : रघुजी पन्त
संविधान शंसोधन नभए संविधान नै बाँच्दैन : रघुजी पन्त
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
१०.२५ अंक घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
१०.२५ अंक घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि